[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरो आकाश....

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 10378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-15-08 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

म धरातलमा छु, एक्लो र आफै संग  । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु ।

 लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु हुदैन । केरकार शुरु । म हजार कोशिस गरौ, अपवाद हुन कहिले सकिन । मेरो कमजोरि पनि हुन सक्छ वा प्रकृति । मैले ध्यान नदिएको पनि होईन । बिचारलाई रोकेको पनि हो । अझ भनौ बिचार रोक्ने प्रयास पनि गरेको हो । तर पनि कहिले कांहि कमजोर भईन्छ । यो मेरो आफै संगको बहाना पनि हुन्छ । तर अहिले यो सत्य बाट सबै भन्दा पिडित म नै छु । त्यसैले यो बहाना को कुनै धरातल छैन । मेरो अहिले को अवस्था न श्रृजित हो न एउटा समय को लहरसँगैको कुनै उठाव । यो पूर्ण वैचारिक भइदियो  र म यसैमा घरि डुब्दै घरि उत्रदै गर्दै छु । न यस बाट म केहि जित्ने छु । न हारेको नै छु । यो खालि बिचार संगै सुरु भएको हो । यदि बिचार संगै यस्को मृत्यु भएन भने मेरो मृत्यु पछि यो अमर रहंदैन ।

 हिजो एक्वारियम का ३ वटा माछा मरे । कारण अझै पत्ता लागेको छैन । फ्लाटको साथीले २ छाक भयो खाना खाएको छैन । दु:खी छ । ५ वटा थिए । २ अझै जिउँदा छन् । उ पत्ता लाउन खोज्दै छ । किन माछा मरे भनेर । मलाई न शोक छ न खुशि नै । २ जिउदा रहेकामा मलाई खुसि पनि छैन, न ३ वटा मरेकोमा दुख । म संसारको नियम भनेर माछाको मृत्युलाई सामान्य बनाउने असफल प्रयासका साथ मेरो साथीलाई आध्यात्मीक दिलासा दिने दाउमा पनि छैन । फिलोसोफि उसले मेरो भन्दा धेरै पढेको छ । मेरा दिलासा हलुका हुने छ उसको पीडाको अगाडि ।

 एक किसिमले उ भाग्यमानि पनि छ । उसलाई पीडा हुन्छ । सत्य सार्वजनिक छ, उसलाई खुशि पनि हुन्छ । उ उफ्रन्छ पनि । हांस्छ । रुन्छ । जीवनका भोगाई हरु भोग्छ । म के त? जिवन देखि निराशावादि? फेरि के यो? किन कम्प्यारिजन । मेरो अवस्था अर्कै छ । म जोगि होईन । तर मेरा यी दिनहरुमा मलाई यी व्यवहार ले छुन्न । मेरो वर्तमान यहि हो ।

 त्यो दिन पनि कुकुर यसरि नै भुकेको हुदो हो । मैले न सुनेको हुन् सक्छ । बिचार को द्वन्द थियो । उनि त्यसरि नै आएकि थिईन् । म आफ्ना तर्क संग त्यसरि नै उभिएको थिए, रुखो । म त्यस्तो बिचार प्रधान पनि थिईन । मलाई तर्कमा जित्नु र हार्नु ले खास फरक राख्दैन थियो । म माया गर्छु भन्थीन्, उनि पनि।  को कति सत्य मा  थियो । दैव जानोस, यदि भए देखि, नत्र कसैलाई थाह छैन ।

 उनि उनका बिचार राख्दै गईन् । मलाई उनका कुरा डबलिमा राखिएका सजावट जस्तो लाग्थ्यो। कुनै राम्रा,  उपयुक्त, राख्न पाए हुँदो हो जस्तो लाग्ने, कुनै अर्थ न बर्थका । यस्तो पनि किन बनाएको जस्तो लाग्ने ।  जस्ता भए पनि, अलि पर तलेजु को मन्दिर पुग्दा कुनै पनि सम्झना मा नरहने ।

 उनी रहरले भन्थिन् या मायाले, म खालि सुनि मात्र रहन्थे । जित उनैको हुन्थ्यो र उनलाई जिताएर म उनलाई जिति रहन्थे, अनवरत । उनी रिसाउँथीन् म बोरिन्ग छु भनेर । म हासी मात्र दिन्थे । उनी मुख बिगार्थीन् । म तत्व खोज्दथे मायाका ।

 रुघा लागेको थियो उनलाई । भदौको गर्मी मा पनि । म कहां भदौ को कुरा गर्छु । जेठ हो क्यार । आँप पाकेका थिए । गर्मी गर्छ, धेरै नखानु भनेर आमाले भनेको  मैले कहिले माने र ! कुलेश्वर फलफुल बजारमा सस्तो त थियो तर  ट्याक्सि खर्च नै मंहंगो । नेपाल यातायात सम्म ल्याउन मलाई नै बोकाईन् उसले। मलाई के को लाज । उनि साथमा भएपछि । चढि त हालियो । मीठो त हुने तर साह्रै फोहोरि बनाउने खाँदा । फेरि,  मैले किन खान्थे र उनलाई भनेर किनेको । एकै ठाउँ बसेर कहिले खाने ! उनि सँधै भन्दथिन् । म खोई के भनि दिन्थे । रहर मेरो नभएको कहाँ हो र । सबै कुरा मिलाउन पर्दथ्यो ।

 फोन गरेकि थिईन्। काममा कसरि उठाउने । प्राईभेट ब्याङ्क।  काम सकेर फोन गरेको थिए । केटा हेर्न आए रे । अहिले बिहे गर्न मन छैन रे ।  कस्तो कस्तो लाग्दछ मलाई, हाम्रो समाज बेला बेला । किन हेर्नु पर्ने होला । नहेरि बिहे गर्न मिल्दैन ? वा अर्को कुनै राम्रो तरिका छैन । हुन त राम्रो भनेको के हो र? खालि बिचार  कुरा हुन् । अभ्यस्थ कुरा मा धेरै प्रश्न कहिले पो गरिन्छ र !!

साउन संगै कुरा सेलाएर गयो । उ सामान्य भएकि थिईन्  ।

म नामैले माया गर्दथे । उसका साथीका साथीले आफ्नो-आफ्नो बोलाउने नाम राखेका थिए । मायालुलाई बोलाउने मायाका निजि  नाम । मैले खोज्न सकिन । वा भनौ जानिन । म नाम ले नै बोलाउँथे उनलाई । त्यो दिन पनि बोलाए । उनि बोलिनन् । मलाई फकाउने कला कहां आउँछ र । के भयो भनेर नाम ले बोलाई रहे । उनि नबोलेपछि, डर पनि लाग्यो । आवार मधुरो हुदै गयो । किन हुन्छ यस्ता कुरा हरु । खोई म यकिन गरेर कहिले भन्न सक्दिन । म भावना मा कहाँ लेखाजोखा गर्दथे र । उनी एकै छिन मा  आफै फकिन्थिन् । मलाई राहत हुन्थ्यो ।

मीठाइ मलाई मन पर्ने । उनी गुलियो मन पराउँथिन् ।  कसरि भेटियौ पनि थाह छैन ।

उ पनि नबोल्ने म पनि कमक्कल । खोई कसरी जुधेको थियो हाम्रो कुरो । जागिर पाईनन् उनले । म ब्यांङ्कको काम मा लागे ।

साह्रै चित्त दु:खाएकि, राम्रो पढेर पनि जागिर नपाएको मा ।  भेट्न पनि गाह्रो मान्थिन त्यो बेला । बल्ल तल्ल प्रोजेक्टमा पाईन । अनि दंग, अनि अथाह कुरा । अनि खुसी । कति सजिलो हुने छोरी मान्छेको मन । कति स्पष्ट र कति सरल । म त्यस्तो कहिले भईन । म बिगत मा झुण्डिएको हुन्छु, वर्तमान बितिसक्छ ।

मलाई उनले के लगाएको मन पर्ने भन्ने कुरा नै छैन । सबै मन पर्ने । उ त साथी थिई । न लवाई संग मतलव, न सुर संग । केवल साथ चाहिने, बाकि सबै कुरा  प्यारो हुँदो रहेछ । शायद माया भनेको यसै मा हुंदो हो । बाहिरि रुप छोडाए पछि रहेको आकर्षण । एक्लिएको मनले मागेको साथ । अनुपस्थितिमा खट्किने दौतरि ।

उ त्यस्तै थिई  । केटि साथि पनि खासै नभएकि । हामी किन कसरि नजिकियौ । खोई थाह पनि छैन । उसको सुताई उठाईको समया मलाई याद पनि हुन्न थियो । सुति रहेकि थिए, तिम्रो फोन ले उठायो भन्दथिन् । उ नियम मा नै बस्दिन थिईन् । दिउँसो सुत्नु उसको बानि । उनलाई खोई समयको कहिले होश भएन 

खोइ के हुन्थ्यो । उनि पनि हराउँथिन् कुरा कुरै मा बेला बेला ।  एक दिन यहि लेख्दै गरेको कलम दिएकि थिई । मेरो कलम पुरानो भयो भनेर । मेरो जन्म दिन थियो । उनले शुभकामना  भनिन्। मैले लिए । म जन्मदिन मनाउँदिन । उनलाई थाह थियो । मेरो लागि एउटा अर्को दिन मात्र । उ पनि उस्तै । तर किन हो, त्यो दिन उसले मलाई उपहार दिईन् ।

 साथीले आज, ४ वटा माछा किनेर ल्याएछ । रातो र पहिलो । खानामा हिसाब मिलेन र मरेका रे । सफा गर्दै थियो । पानी कोठा भरि । मलाई बरु दिंङ्ग दिङ्ग लाग्यो । त्यसै उभिई रहे । उसले भात खायो । म त्यसै झोक्राएर बसे ।

 फोन नगर्दा रिसाएकि हुन्न थिईन् । तर त्यो दिन मेरो मन पनि कस्तो कस्तो थियो । खोई किन मलाई खल्लो लागेको थियो ।

 मोटरसाईकल को स्पार्क प्लग बिग्रिएको थियो । सिटमुनिको टुल बक्स हराएको रहेछ । मलाई होश नै भएन । उनले  मिस कल कहिले नगर्ने त्यो दिन  किन हो गरिन्  । बनाएर पुगिहाल्थे । थापागाउँको ओरालोको पसल पुर्याउदा ढिला भयो । उ रिसाउँदा बोल्दिन थिईन् । म नामले बोलाई रहन्थे ।

 उनी कुरि रहेकि थिईन् । बल्ल बल्ल स्पार्क प्ल्ग फेरेको । अनि पुगे । के भयो भनि, एक्सिडेन्ट भयो भनेर डराईछ। मोटरसाईकलमा हिड्नु पनि डर हुन्छ । हिड्ने भन्दा कुर्ने लाई सास्ती ।

 साथी भनेर चिनाईन् । म झसंङ्ग भए । मेरो मनले शंका गर्यो । अनुहार मा बास्तविक हांसो आएन मेरो ।  मलाई पल हरु गाह्रो हुदै गए, एक पछि अर्को ..............

to be continued...

meaninglessthinkings@somewhereondearth

Last edited: 16-Oct-08 12:08 AM
Last edited: 16-Oct-08 03:39 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-16-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Awesone, Really Awesome(james bond style ma re kya)

धेरै राम्रो लाग्यो मलाई। मनोबिज्ञान जस्तो पनि कथा-कथा जस्तो पनि जे होश धेरै पछी राम्रो piece पढन पाइयो.
लेखदै गर्नुहोला। thanks for sharing
अनी हाम्रो बिस्टे ले चै दोहोर्याएर तेह्र्याएर पढेरनी mistake गर्ने त। मरेको त ३ वटा माछा हो ४ वटा चै साथी ले पछी  किनेर ल्यको नि। 

here you go
"हिजो एक्वारियम का ३ वटा माछा मरे । कारण अझै पत्ता लागेको छैन "

"साथीले आज, ४ वटा माछा किनेर ल्याएछ । रातो र पहिलो "


 
Posted on 10-16-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सोमे प्रभो,

"मेरो आकाश" भनेर राती हुँदी त्यो पनि बादललाग्या बेला अनि जुन पनि कृष्ण पक्षमा गहिरो डुबुल्कि लाउँदै गर्या बेलाको आकाश देखाएर हिन्देको? आकाशै देखीएन -- झिलिक्क बिजुली चम्किदा उनले " साथी भनेर चिनाईन् " अनि फेरी आकाश देखिएन --

उसै त बिराटनगरको पात नहल्लिने गर्मी झन किन लोडसेडिङ्ग गर्देर हिन्देको होला?

आफ्नो अन्तरद्वन्दको मुद्दा उनको अदालतमा बिना आदेश पेशी गरेर न्यायिक फैसलाको अपेक्षा त गरेको हैन कतै?


 
Posted on 10-16-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

समय आउछ पर्खिदैन --कहिलेकाहि हिड्दै  जादा गर्दा यात्राले  अर्कै ठाँउको आकाश देखाइदिन्छ

 कथा बुझ्न गाह्रो भैराबेल दिपप्रभुले फेरि नबुझ्ने गरि के भनेको ?


 
Posted on 10-16-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथा पढेर उसै त फन फनी घुमी रा बेला, दीप ब्रो ले अझ थपेको, नसकिने बा साहित्यकारहरु सँग

That was good one though


 
Posted on 10-16-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

गजब गयो सोमेजी!

हल्का जलनको आभाष नभए सम्म कुनै पनि पूरुषले, स्त्रीले गरेको प्रेम, उनको अनुराग, उनको केयर, उनलाई सुहाएको नसुहाएको, उनि खुसि भएको नभएको, उनि थाकेको नथाकेको, भोकै भएको वा खाना खाएको, सुतेको वा उठेको केहि पनि कुरा गहिरो रुपमा लिन त परै जावस शायद पटक्कै याद नै हुँदैन होला! जहाँ जलन आउँछ, त्यहाँ गुमाउन सक्ने डर आउँछ, अनि सबैकुरा याद हुन थाल्छ हे हे हे!

छिटै जावस बाँकि....


 
Posted on 10-18-08 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नतमस्तक भएँ दाइ , साझामा नयाँ प्रयोग।।।।।।सफल,सबल।।।।।
Story not for the mass but for the class.....................
plzzzzzzzzzzzकथा आधामा नछोड्नुहोला!!!!!!!!!!!!!!!

 
Posted on 10-19-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चेली,

किन गाह्रो भयो र, जीवन हो हेर न बुझि हाल्छ्यौ नि ।

बिस्टे ज्यु,

समय निकालि दिनु भएको मा धन्यबाद । नबुझिने गरि लेख्नु मेरो उद्देश्य होईन तर बहाव यो पाली त्यस्तै पर्यो  । यती मीठो सपोर्टको लागि धन्यबाद ।

Brain Malfunction जी

Thank you for such nice words of support.. its feeling  and im not depressed

Bubly जी

ल मैले पनि बन्ड को स्टाईल मा थ्यान्स भने है!!

मन पराई दिनु भएको मा धन्यबाद ।  and thank you so much for making बिस्टे jyu clear on the माछाको हिसाब!!!

दीप प्रभो,

लौ न आंखा खोलेर यो आकाश कहां देखिन्छ र प्रभो । आंखा चिम्लम न प्रभो, छर्लन्ग हुन्छ के रे ।

अनि प्रभो, बिराटनगर संग बिदा भईयो  ।

 अब  त ति रन्जितको चिया को   संम्झना मात्र छ, युनिकको मिठास मात्र छ ।  

 त्यो नरेको सेकुवा को स्वाद बाकि छ । त्यो नागेन्द्र भण्डारका पान को सगुन बाकि छ ।

त्यो अस्तव्यस्त मेन रोडको मीठो यात्राको भोगाई बाकि छ, त्यो रोड शेष को नरामाईलो बाकि छ ।

शहिद रंगशाला को कुदाई म सग छैन अब । पसिना छैनन्, मीठो थकान बाकि छ ।

माछालाईन का माछा छैनन् यहां तर रामदाइ को बट्टाईका खुवाई झल्किन्छ बेला बेला ।

  ट्राफिक चोक का  ति पानी पुरि बाकी छन् ।

 ति कुर्ता सलवारमा सजिएका मायालुहरुलाई के नै फरक पर्छ  र म नहुंदा । तिनै अन्जान हेराई को को याद बाकि छ  । त्यो नक्कल बाकि छ  । त्यो रिसाएर बिगारेको मुहार बाकि छ ।

न अब म त्यो सरस्वति टोलमा छु, न टेलिकम को नाता नै छ म संग ।

खालि म त यो एरिजोना का ठिन्ग उभिएका सल्ला का घना जंगलमा  एक्लिएको छु ।

sky ji, mauj_garau ji, शायद यो भाग ले कुरा हरु फुकाउँछन् होला । समय निकालेर पढिदिनु भएको मा धन्यबाद ।

बिर्खे माईला दाई,

हजुरको हेराई बिना मेरा हरेक लेखाई अधुरा लाग्छन् । माया कहां मर्छ र, हैन र दाजै??

 

फुच्चै भाई,

तिमी यति भन्छौ कि मलाई लेख्न नै गाह्रो हुन्छ । thanks for support.

ani khoi  timile aru lekheko? घनकुट्टामा अझै कति कथा हरु छन् । पस्क न ।

 

समय निकालेर पढिदिनु हुने सबै साझाबासि मा धन्यबाद ।

-somewhereondearth

 

 

 

 


 
Posted on 10-19-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

क्लोरीन पनि धेरै हाल्न हुदो रहेनछ । पानी सफा गर्ने अर्को झोल किनेर ल्यायो साथीले । उसलाई लगाव छ, ति माछामा । तिनको अस्तित्व मा । तिनको जीवनमा । उ आफ्नो जीवनका पलहरु खर्चिन्छ माछामा । उसलाई सन्तुष्टी मिल्दछ । एक प्रकार ले ब्यक्त गर्न नसकिने  आभाष ।  यो मुल्यवान हुन्छ । मलाई त्यो लगाव छैन । म त्यो भावना पाउँदिन । यो उसको जीवन हो । म भिन्न छु ।

 पानी मात्र कति पिउनु । निन्द्रा लागेन त्यो रात। खालि मन भट्की रह्यो । बिचार भट्की रहे । उनले साथी चिनाए पछि, मेरो मन शान्त रहेन सकेन । किन ल्याएकी थिईन् न मैले कहिले सोधे, न उनले भनिन् । बाटोमा त्यसै भेटिएर आएको पनि हुन सक्थ्यो । नहुन पनि सक्थ्यो । तर मनले सधै सजिलो कहाँ सोच्छ र ! बहकिनु, उत्ताउलिनु, अल्मल्याउनु थियो । मैले अनेकन कुरा सोचे । त्यो भेट मेरो हात मा थिएन, तर यि बिचार  मेरो मनका उपज थिए। म प्रसारित भई दिए ।

 तर उसको त्यो उपस्थिति नै मेरो माया को मियो हल्लाउने पहिलो कडि भईदियो । मैले परिवर्तन देखे उनमा । जुन थिए पनि होलान वा मेरो अति सुक्ष्म अवलोक भईदियो । मेरो दृष्टी दोष हुन पनि सक्छ । उ त उ नै थिईन् ।

 सगै काम गर्ने रे । जागिर लाउन पनि सहयोग गरेको । सहयोग बिना जीवन कहां सम्भव छ र हाम्रो । तर सम्बन्धहरु नै प्रभाव परे?? म  बैङ्क मा नै थिए । मेरो जागिर थियो । म धाउंथे । प्रोजेक्ट रमाईलो नै हुन्छ प्राय: । मैले त्यहि सोचे । नाम अनुराग रे । हाम्रो हरेक भेटमा जब उसको नाम आउँथ्यो, मलाई उसको साक्षात उपस्थिति आभाष हुन्थ्यो । उसका यो गर्यो र उ गर्यो । प्रोजेक्टमा हाम्रो टिम राम्रो आदि । के के के के । मेरो मन उनको उपलब्धी भन्दा अनुराग को प्रभावशाली र अदृष्य उपस्थिति ले कुडिई रहन्थ्यो ।  म उनको खुशीमा अन्तरमनबाट हास्न सकिन ।

 मन किन हुन्छ यस्तो!  अनुराग को नाम मात्र हुन्थ्यो, म त तन र मन का साथ हुन्थे उनी संग। उनी मसंग भिजेकि थिईन् । म उनी संग गासिंएको थिए । तर पनि उनी रेशा रेशा गरेर मबाट चुडिनु मेरो कत्रो दरिद्रता!!

 उ फोटो देखाउथिन् । मोफसल घुमाईका । म हेर्दथे । पोखरा उनि सगै जाने भन्ने मेरो सपना त्यहि  तुईयो । कस्तो छोप्छ है बिचार ले बेला बेला । हामी हावाको बेग आँक्नमा ब्यस्त हुन्छौ, हातको फूल सबै उडाई सक्छ । पछि न हावा हुन्छ न फूल नै । नियति पनि के भन्नु यसलाई!!!

 अनामनगर आफैमा छरिएको थियो । उहि परिचित ब्यस्तता । उ उस्तै भएर आएकी थिई । कपाल सदा झै बाधेकी । कान को टप अर्कै थियो । मेरो आँखा पुग्यो । खै उनमा के थियो । मलाई तान्दथ्यो ।  उसलाई भेट्ने पलमा म आफुलाइ पनि बिर्सन्थे, अनुरागहरु त धेरै पर । शुक्रबारको दिन थियो क्यार । सोह्र श्राद्ध को  नवमी हुँदो हो । मेरो हजुरआमाको श्राद्ध । होसै भएन । मासु खाएछु ।


उनले तर्क राख्दै गईन् । कता कता अनुराग को प्रसंग आई रहन्थ्यो । मेरो हांसो बिस्तारै सुक्दथ्यो । मेरा खुशीहरु हराउँथे ।  उनि अगाडि हुदां हुदै मेरो मन मा बिचार को द्वन्द शुरु हुनु थियो, भयो । जरुरी थियो वा थिएन म भन्न पनि सक्दिन । मैले रोक्न सकिन मनलाई  । हो मलाई उनको  माया लाग्दथ्यो । लाग्दथ्यो भन्न उपयुक्त हुन्न । लाग्दछ । माया कहां मर्छ र!!   उ मेरो एउटा अंश ओगटेर बसेकि छन् ।

म रुखो नै भए ।  अनुराग भन्ने ब्यक्तित्व ले उपस्तथित नभईकन मलाई उ प्रति ईष्या जगायो । उनलाइ उनको तर्क प्यारो भयो । म तपि रहे । खरो भए । मलाई बिचार र तर्कमा जित्नु थिएन । उ आफ्ना बिचार लाई जिताई रहि । उनलाई अनुराग पाउनु थिएन । म उनलाई आफ्नो मन बाट गुमाई रहे, मेरै अगाडि । मैले केहि गर्न सकिन ।

यदि तिम्रो उपस्थितिको रत्ति भर महत्व हुदैन भने तिम्रो अनुपस्थिति स्वागत योग्य हुन्छ  । यहि भावना आयो । मैले कुनै तर्कलाई प्रतिवाद गरिन । प्रतिवाद त्यहां गरिन्छ जहां जित्नु पर्ने हुन्छ । म त मैले जिति सकेकि उनलाई हार्दै थिए । उनि आफ्ना तर्क राख्दै गईन् । मलाई के भएको , शायद उनले बुझिनन् या बुझ्न चाहिनन् । उनका तर्क संगै हाम्रो सम्बन्दको डोरो छिन्दै गयो । टुट्दै गयो ।

म जलेको थिए । मेरा शब्द मा मीठास भेटिनन् उनले । माया दुवै गर्थ्यो हामी एक अर्कालाई । तर हाम्रो बिछोड, मीलन भन्दा उपयुक्त ठान्यौ दुबैले । दुबै दु:खी थियौ । मेरो मात्र पनि थिएन उनको मात्र पनि थिएन, दुबै मीलेर निर्णय गरेका थियौ । 

अनाम नगरमा कुकुर भुकिरह्यो एकोहोरो । मैले न आफुलाई हार्न सके, न उनलाई जित्न ।

सांझ पर्यो । हामी छुट्टिनु थियो । मैले मोटरसाईकल एकनास ले कुराई रहे । उनलाई कुपनडोल पुर्याउने  शायद मेरो अन्तिम यात्रा थियो । त्यो बाग्मतीको पुलमा मैले जति नै जतन गरे नि ब्रेकरले हामीलाई उफार्यो । उनी पाँचै  पटक झस्किन र मेरो पाखुरा समातिन । ति अति नै मीठा पल थिए, हाम्रो धरातल त्यो बेला जे भए पनि ।

बाटो भरि उनि पनि बोलिनन् म पनि । उनको घर अगाडी उनलाई मैले छोडे । मैले मेरो एउटा अंश त्यहि छोडे । आँखा उनका पनि टिलपिल थिए, मेरा पनि । दुबै का खसेनन् । अहिले सोच्दछु । किन खसेनन् त्यो बेला । खसेका भए शायद म म नै हुन्नै उनि उनि नै । तर अहिले यि तर्क को केहि अस्तित्व छैन । जे भयो, त्यो बिगत हो । यो बर्तमान हो । मसंग उनि छैनन्  उनी संग म छैन । उनि कुपनडोल मा नै छिन । म मिलन चौक मा ।

 म आधा मन लिएर  फर्किए । मोटरसाईकल गह्रौ कुदि रह्यो । कुकुर हरु भुकि रहे । मलाई केहि भन्नु थिएन, उनिहरु को भुकाई लाई ।

 साथी दंग छ । माछा को चर्तिकला हेरेर । उ हेरि बस्छ घण्टौं । बयान गर्छ । नाम राख्छ । मैले उनलाई बोलाउने नाम कहिले राखीन । म पनि बेला बेला एकोहोरिए ति माछा मा । त्यो सिसा को बाकस मा जीवन छ । जुन बास्तविक संसार बाट बेग्लिएर पनि पुर्ण छ । संचालित छ । त्यहां जीवनका रंग छन ।

म खोक्रिएको हुं त? खोई यो पूर्ण बैचारिक हो । सापेक्षिक पनि होला शायद । न मलाई गल्ति बोधले पिरोलेको हो न अस्तित्व रक्षाको बिजय बोध । अहिले न म मा यि कुरा को बहाव छ । न जलन को लेप नै । अहिले त उनी छिन  मेरो मन मा, सबै तपसिलका कुरा फुकाएर । शुद्ध र एक्ली उ । उ अब मेरो जीवन मा आउँदिन । यो बास्तविकता हो । बिहे भई सक्यो रे । अनुराग संग होईन । उसले बोलाएकि थिई । म गईन । जानु नजानु को खासै महत्व थिएन ।  तर उ मेरो मन बाट हट्दिन । यो मेरो प्राप्ती हो । उसका लागि मेरो माया न अब घट्ने वाला नै छ । अहिले पनि उ मेरो एउटा अंश नै हो । शायद उसलाई पनि यो भाव हुंदो हो । उसको प्राप्ति त्यहि हो ।

अहिले मेरो मन स्वतन्त्र छ । म मन लागेको बेला हांस्दछु । मन  बगेको बेला रुने पनि गर्छु । यो मेरो जीवन हो । म यसलाई बाच्दै छु । म मेरो आफ्नो धरातलमा छु मेरो आफ्नो आकाश मुनि , जहां मेरा बिगतहरु, मेरा भोगाईहरु मेरा भावहरु सजिएका छन् । अनि यीनै  ले म मेरो आकाश अझ बुन्दै छु । जीवन बु्न्दै छु …………………….

 यति नै ।।।

 

meaninglessthinkings@somewhereondearth

Last edited: 19-Oct-08 03:37 PM

 
Posted on 10-20-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Waah kya story cha!

k khayo bhane yasto ramro lekhna aaucha? tips pani pau na....................plz!


 
Posted on 10-20-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गजब!

बाहिरबाट हेर्दा सानो घटना तर मनमा चलेको बिशाल आँधीलाई आँधी जसरी नै बगाएर पोखिदिनुभयो!

अब त धेरै समय बितिसक्यो क्यारे, आजकल त तपाइँलाई पनि माछाका नामहरु याद हुन थाल्यो होला नि? कि कतै एक्वेरियममा कुनै माछा देखियो कि, बागमती पूलको दुखद तर मिठो जोल्टिङ र निरस कुकुर भुकाईहरु याद आउँदन अझै?


 
Posted on 10-20-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गजब लेख्नुभयो

 पढ्दैजादा आँखा टिलपिल भए तर खसेनन्


 
Posted on 10-20-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरा जराहरु कमला थिए
डर लाग्थ्यो
कतै कुनै आँधिमा
 म उख्लेर पर उछिट्टिने पो हुँ कि !
मलाई के थाहा त्यो बर्षौँ देखि डराएको आँधि
म भित्र थियो !
 तँपाइको आकाशको बारेमा त म के भनौँ तर you r adding new horizon in sajha.....

 
Posted on 10-20-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

haawaa जी,
मन पराई दिनु भएको मा धन्यबाद ।
tip:
1) just listen to your heart and start writing..  she will help you...(मायालु का हेराई बिना हरेक लेखाई अधुरा हुन्छन् । मायालुको भाव बिना हरेक बिचार अर्थहिन हुन्छन् . मेरा बिचार को अर्थ छैन ।  Im a meaningless thinker @ some where on the earth!!

तपाई लेख्नुहोस, हामी पढ्छम नि!!

Birkhe_Maila दाई,
जतन गर्दै थिए पोखियो । खोई के आयो मन मा बगाई दिए । पढिदिनु भयो, धन्यबाद ।
खाट्टि कुरा चाहि, साथीले माछा किनेको छैन । मलाई मोटरसाईकल कुदाउन आउँदैन!!!
sky जी,
भिजेर पढिदिनु भएको मा धन्यबाद ।
fucheketo  भाई
तिमी न अनलाईन धेरै बेर बस्छौ, न कथा लामो लेख्छौ? कता गयो राजा तिम्रो मन?
कि पोख्रेलको अति गुलियो लालमोहन जस्तै...................
मैले कुरो बुझेको को त होईन?

धन्यबाद ।









 
Posted on 10-20-08 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यो एउटा झट्ट प्राविधिक टिप्पणी मात्र:

 

छोटा वाक्यहरु प्रबोधक भाषा (persuasive language) को अनेक उपकरणहरु मध्ये एक मानिन्छ । त्यस्तो प्रयोजनको लागि सामान्यतया व्याख्यानको खास खास स्थानहरुमा मात्र छोटा वाक्यहरु प्रयोग गरिन्छ ।

 

प्रस्तुत कथामा भने छोटा वाक्यहरुको अतिप्रयोगबाट यसलाई प्रबोधक भाषाको प्रयोजनमा नभएर विशिष्ट शैलीको रुपमा प्रयोग गरेको स्पष्टै छ ।

 

त्यसको वावजुद पनि छोटा वाक्यहरुले कतिपय स्थानमा प्रबोधन प्रभाव (persuasive effect), कतिपय स्थानमा गुरुच्चरण प्रभाव (emphatic effect) र विक्षेपण प्रभाव (deflective effect) उत्पन्न गरेका छन् भने कतिपय स्थानमा यी प्रयोजनविहिन वा झिंजोलाग्दा समेत छन् ।

 

समग्रमा, छोटा वाक्यहरुको अति प्रयोग सहयोगी र वाधक दुवै हुँदो रहेछ भनेर देख्‍न सकिन्छ यहाँ भन्ने लाग्छ मलाई ।

 

जे भएपनि यो विरल शैलीको विरलतानि:सृत विरल पठन आनन्द आयो पढेर ।

 

सर्जकलाई अभिवादन !

 

यसो समालोचक भईटोपलेको,

Nepe
 
Posted on 10-21-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nepe ज्यु,

लेखाईमा छोटा वाक्य कुनै बिशिष्ट प्रभाव पार्न नभई शैलिको रुपमा प्रयोग गरेको कुरा म स्वीकार्द छु । नजानिदो गरि यसको बानी बस्यो र अहिले यसको लत लागेको छ ।
यसको अति प्रयोग र त्यसका प्रभावहरु मा मैले याद गरेको थिएन । औल्याईदिनु भएको मा धन्यबाद ।

अब अगाडि  लेख्दा बखत म यो कुरा सम्झेर राख्ने प्रयास गर्ने छु ।

अनि साझा मा बिरलै पाईने यस्ता समालोचना को मा हार्दिक स्वागत गर्दछु । फेरि पनि सुझाव हरु पाउने आशा  छ ।
धन्यबाद,

-somewhereondearth

 
Posted on 10-22-08 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Somewhere ji

लौन अर्को भाग आईसकेछ।

 

म बिगत मा झुण्डिएको हुन्छु, वर्तमान बितिसक्छ.......................

मैले न आफुलाई हार्न सके, न उनलाई जित्न......................................

 

सार्है मन छुने आँखालाई गा्र्हो पो भयो त।


 
Posted on 10-22-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sarai ramro lagyo.  :)


 
Posted on 11-14-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ur words are amezing,,,the way u start and then the wat u end,,,its mind blowing,,,i just love ur every srijana,,,perfect,,,i always found completeness in ur lekh
 
Posted on 11-16-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कस्ता गहिरा गहिरा कुरा !!!!

हजुरलाई त कथाको पनि गुरु मानेर लेख्न शुरु गर्नु पर्यो!!!  


 
Posted on 11-17-08 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्कार

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
लिङ्ग को आकर कत्रो?
ChatSansar.com Naya Nepal Chat
I met her on Sajha ...
chat girl -आजो सुक्रबार-२
हाकिमनी संग- आज सुक्रबार -३
Gauri Malla Sex Scandal
What stocks to buy -- Any recommendation
पुन्टर पिन्कु र नाज ब्रो
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Looking for Potential Match
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
राडले बल्ल आज पूजा गरी !
travel from nepal to US amid corona virus
नेपाली समुदायको भारी समर्थन Iowa caucus मा Bernie Sanders लाई - PHOTOS
Kattu dherai dekhaye pachhi
Looking for a man
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters