Movie Shows - Bir Bikram In Baltimore, MD
 
Date: Sunday, Sep 25, 2016
   
EVENT INFO:


..बाँचें तिम्रै काखमा लै लै..
मरे तिम्रै काखमा लै लै..
https://youtu.be/9PocmmfaClI

मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा, यहि आउँदो आईतवार सेप्टेम्बर २५ तथा २७ तारिख मंगलबार,  प्रदर्शनीको तयारीमा रहेको यस समयको हिट नेपाली कथानक चलचित्र "वीर बिक्रम" को नयाँ गीत "टल टल ट्ल्किने" सार्वजनिक भएको छ।  मात्र दुईचार दिन मै लाखौं दर्शकश्रोताहरुको मन जित्न सफल यस गितमा गाउँघर मेलापातको मनोरम बातावरणका दृश्यहरुलाई पर्दामा ज्यादै मनोरञ्जनात्मक ढंगले उतारिएको छ। नायिका दिया पुनको आकर्षक नृत्य अनि सौर्न्दर्यताले गितलाई अझै सुन्दर बनाएको छ भने सधैं जसो भावुक भुमिकामा बेजोड अभिनय गर्दै आएका अहिलेका एक मात्र चर्चित अनि सफल नायक दयाहांग राईले पनि यस गितमा भने आकर्षक अनि मनोरञ्जनात्मक प्रस्तुति दिएका छ्न। यस नयाँ गीतको शब्द यमन सुवेदीले रचेका हुन भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ।

सफल अनि चर्चित निर्देशक मिलन च्याम्पस् निर्माण र निर्देशनमा रहेको यस चलचित्रले प्रदर्शनी भएका सबै ठाउँका हलहरुमा राम्रो व्यापार गरिरहेको र हरेक बर्गका दर्शकहरुले ज्यादै रुचाईएको चलचित्र समिक्षकहरुको बिश्लेषण रहेको पाईएको छ। बाल्टिमोर शहरमा पनि यस चलचित्रले धेरै भन्दा धेरै दर्शकहरुको माया पाउने बिस्वास चलचित्र युनिटले राखेको छ। नेपाली चलचित्र बजारका हालका एक मात्र व्यावसायिक सफल अनि चर्चित नायक दयाहांग राईको अभिनय मनपराउनु हुने थुप्रै बाल्टिमोरवासी उनका नेपाली दर्शक तथा शुभचिन्तकहरु कै विशेष अनुरोधमा यस चलचित्रको प्रदर्शनी गरिन लागेकोले दर्शकहरुको उल्लेख्य सहभागिता र उपस्थिति रहनेमा आफुहरु बिश्वस्त रहेको एभरेस्ट इन्टरटेन्टमेन्टका अपार श्रेष्ठ र दिलिप श्रेष्ठ ज्युले हामीलाई जानकारी गराउनु भएको छ।

 च्याम्स इन्टरटेन्मेन्ट नेपालको निर्माणमा बनेको यस चलचित्रलाई "एभरेस्ट इन्टरटेन्टमेन्ट" को प्रस्तुतिमा हाम्रो यस बाल्टिमोर शहरमा यहि सेप्टेम्बर २५ तारिख आईतवार र २७ तारीख मंगलबार साँझ ८:०० बजेका शो: हरुमा स्थानीय Beltway Movie 6, 7660 Belair Road, Nottingham, MD 21236 को भब्य सिनेमा हलमा प्रदर्शन गरिने भएको छ भने अमेरिकाका अन्य नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेका सबै राज्यका शहरहरुमा पनि क्रमशः प्रदर्शनी गरिने पक्का भएको छ।

    अमेरिकाको कुनै पनि राज्यको आ- आफ्नो शहरहरुमा यो चलचित्र प्रदर्शन गर्न चाहनुहुने इच्छुक माहनुभाव वा संस्थाहरुले अमेरिकाभरका लागि यस चलचित्रको आधिकारिक बितरक "एभरेस्ट इन्टरटेन्टमेन्ट" मा कुनैपनी बेला सम्पर्क गर्न सक्नुहुनेछ।

थप जानकारी तथा सम्पर्कका लागि:

एभरेस्ट इन्टरटेन्टमेन्ट,
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Aakash Shrestha: 443-762-9227
Srijan Tamrakar: 443-675-8889

© मेरिल्याण्डका हामी नेपाली, 2016
 

Venue: 7660 Belair Road Nottingham MD 21236
Viewed 4010 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters