Religious - Boston Saptaha Aug 6 - Aug 12
 
Date: Sunday, Aug 06, 2017
   
EVENT INFO:


Program / कार्यक्रम

न्यू इङ्गल्याण्डका ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीहरुको जनसंख्या उल्लेख्य रुपमा बढेको छ तर हाम्रो संस्कृति, धर्मकर्म र रीति परम्पराको निरन्तरताको लागि आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको अभाव छ।

आफ्नै नेपाली सांस्कृतिक केन्द्रको रुपमा श्री पशुतिपतिनाथको मन्दिर  र  भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने कुरामा यस क्षेत्रका सम्पूर्ण नेपालीहरु दिलो ज्यानले लागेका छन्।  यसै उद्देश्यका लागि २०१२ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्ड, PABFONE को स्थापना भएको हो। यस अभियानलाई मूर्त रुप दिन अर्थात PABFONE को सहयोगार्थ यस क्षेत्रका नेपाली भाषी तथा विभिन्न संघसंस्थाको संयोजनमा आगामी अगस्त ८ तारिख देखि शुरु भै  १४ अर्थात् श्रीकृष्ण जन्माष्ठमीको दिन समापन गर्ने गरी एक साताब्यापी बहु-धार्मिक, बहु-सांस्कृतिक बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिंदै छ।

श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब, बोस्टन सप्ताह २०१७ महायज्ञको लागि नेपालका सुप्रसिद्ध वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल आउँदैहुनुहुन्छ। भागवत सप्ताहको सांगीतिक वाचन तथा आध्यात्मिक कार्यक्रम प्रस्तुतिका लागि अन्तर्रराष्ट्रिय रुपमा ख्याति कमाएका पण्डितज्यू ले हाल सम्म करिब ५००  धार्मिक सप्ताह तथा महायज्ञको सफल आयोजना गर्नु भएको जानकारीमा आएको छ।  यो बोस्टन सप्ताह अभूतपूर्व रूपमा सफल हुने अपेक्षा गरिएको छ।

PAPFONE को सहयोगार्थ बोस्टन सप्ताह २०१७ आयोजनाका लागि  १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन भएको छ जसमा न्यू इङ्गल्यान्ड क्षेत्रमा बस्ने  सम्पूर्ण नेपालीहरुको उल्लासपूर्ण सहभागिता छ।  कार्य संचालन र ब्यबस्थापन सहजताको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन भएका छन् र हुने क्रम जारी छ। यस कार्यको स्वयं सेवाकोलागि सबै मा अनुरोध छ।    

यस महोत्सबमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको सांगीतिक बाचनका आतिरिक्त, बौद्ध गुरुहरुको पाठ तथा प्रबचन, गुभाजु पूजा, रिले मेडिटेशन (ध्यान), सामुहिक ब्रतबन्ध, चौरासी पूजा, ब्रत समापन, तुला दान जस्ता अनुष्ठान सम्पन्न गरिने छन्।

 अमेरिकामा सम्पन हुन लागेको यो  सम्भवत: सबै भन्दा ठुलो नेपाली आध्यात्मिक महोत्सब तथा तीर्थ स्थलमा प्रत्यक्ष रुपमा आफ्नो परिवार, नालनाता र साथी-भाइसहित सहभागि भई पुण्य लाभ गर्न  यहाहरु सबैमा हार्दिक निमन्त्रणा छ।


Visit https://bostonsaptaha.org/schedule/ for schedule

 

Venue: 407R Mystic Ave Medford MA
Viewed 6665 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters