[VIEWED 38295
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-20-15 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
11
?
Liked by
|
|
“हरि डन” ----------- हामी भारतमा इन्जिनियरिंग पढ्दा बखतको कुरो हो | त्यतिबेला प्राय जस्तो उत्तरी भारतमा जंगली राज थियो जस्तो हिजो आज नेपालको संसदभवनमा देख्न पाइन्छ| भर्खर कलेज स्थानीय भाषामा कालेज पुगेका थियौं | नेपाली अझ भनुं बिदेशी भएकाले मात्र इन्जिनियरिंग कालेज जस्तो आवासीय महा बिद्यालयहरुमा हुने ताण्डव चाड रेगिंगबाट प्राबिधिक रुपमा बचिए पनि अनुहारको बान्की मिलेको कारण धानमा घ्रुण हुने सम्भावना रहन्थ्यो र त्रसित समय बाच्नु पर्थ्यो | त्यो कालेज भरि एउटा किस्सा बहुत “पापुलर” थियो | “हरि डन”को | तराइमूलका नेपाली बिद्यार्थी थिए हरि सर | हामी त्यो कलेज जानु भन्दा २ ब्याच अघि दीक्षित भएर जानु भएका हरि सर | हरि सर बाट “हरि डन” कसरी हुनु भयो त्यसको बारे धेरैलाई थोरै मात्र जानकारी थियो | हामीले सुने अनुसार, सिनियरको रेगिंग निकै खाएको हरि सरले एक दिन शहरको त्यो इलाकाको डन भेटे छ | हरि सरको कुराले प्रभावित भए छ र हरि सरलाई कुट्ने, सताउने सिनियरहरुलाई कालेजबाट नै उठाई लगी राम धुलाई गरेछ | हरि सर लाई केही नगर्न मात्र हैन हरि सर नै कालेज भित्र डन को प्रतिनिधि भएको खबर सम्प्रेषण गरे छ | त्यस पछी के चाहियो, हरि सर भेट्यो देख्यो कि कालेजका सिनियर जुनियर सबले धनुष्टंकार नमस्कार गर्न थाले | चाकडी गर्नेहरु समेत पछी लागे | हेर्दा हेर्दै कालेजको “बोस” बन्नु भए छ | पीडितहरुको रक्षक | “आज से फस्ट इअरवालों का रेगिंग बन्द “ हरि बोस को क्रान्तिकारी घोषणाले फस्ट इअरका छात्रहरुको पूर्ण समर्थन मात्र प्राप्त गर्नु भएन रेगिंग खाँदा खाँदा भात ( रोटी ) खान बिर्सेकाहरुको मसिहा पनि हुनु भए छ | रेगिंग गर्नी सनियरहरुको नैसर्गिक अधिकार मानिन्थ्यो | रेगिंगका परिकारहरुका पिटपाट त सामान्य भौतिक खुराक थियो भने अन्य अनेक मानसिक यातना समेत पस्किन्थ्यो | सेकेन्ड इअर देखि फाइनल इअर सम्मका सबै दादाहरुले हरि बोसको सेखी झार्ने गोप्य मन्त्रणा गरे र हरि सर माथि सांघातिक हमला भयो| “ बाल बाल, बच्नु भयो “ | त्यस पछी त हरि सर पूर्ण रुपमा बोस बाट “ डन “ मा रुपान्तरण हुनु भए छ | यसरी सुरु भएको डन यात्रा क्रमश: झाँगिदै इलाका कै प्रमुख डन हुनु भयो रे | कालेज जाँदा आगे पिछे दुइ नाले बन्दूक भिरेका बाडी गार्ड हुन्थे | कम्मरमा ८ बोरको देशी तमन्चा हुन्थ्यो | क्लासमा ध्यान दिएर पढ्ने बिद्यार्थी भए पनि पढाइ मा कमजोर हुनुहुन्थ्यो रे | सामन्यतया एक जनाको लागि एउटा कोठा हुन्थ्यो होस्टलमा | हरिबोसको लागि तेस्रो तल्लामा ट्वाइलेट संग जोडिएको डिलक्स ३ कोठा | एउटा आफ्नो लागि , एउटा गार्डको लागि अर्को किचेन | पढ्न चाहि खूब पढ्नु हुन्थ्यो रे | पढाइमा कमजोर भएकाले क्लासका टपर ( स्थानीय भाषामा टापर)हरुको लागि ट्युशन पढाउन आउन फरमान जारि गरिएको हुन्थ्यो रे | यति बेला फलाना टापर आउने , फलानो साब्जेक्त पढाउने | सेमेस्टरको परिक्षाको समयमा हरि साहेब छतमा बसेर पढ्न रुचाउनु हुन्थ्यो रे| जाडो याममा घाम ताप्दै , गम्छा ओढी पुस्तक कापी र साथ् मा एउटा १२ बोरको दुइ नाले बन्दूक | घण्टा दुइ घण्टा पढाइ सढाइ सके पछी ड्याम्म एक गोलि को हर्ख बढाई गर्नु हुन्थ्यो रे | सारा कालेजबासीलाई चेतना भया “ हरि डन” ले एक च्याप्टर पढी भ्याई सक्यो | क्रमश:
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 01-20-15 2:06
PM [Snapshot: 313]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि डनको किस्सा पनि रोचक होला जस्तो छ सधाझैँ !!
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 01-20-15 2:22
PM [Snapshot: 420]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यै हरि डन नेपालमा आएर चरी डन भाको त हैन? अरु जावोस.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 01-20-15 4:01
PM [Snapshot: 510]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 01-21-15 9:56
AM [Snapshot: 836]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरेक हर्ष बढाई संगै ति पढाउन आउने 'टापर' कति छुल्छुलि हुन्थे होला.... ठुल्दाई ल बसें म नि पलेंटी कसेर पढ्नलाइ ..... झट्ट पढ्न पाउँछु भन्ने आशाका साथ् .....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-26-15 10:38
AM [Snapshot: 1135]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
हरि डन -भाग २ -------------------- फस्ट इअर देखि सुरु भएको डनगिरी फाइनल इअरमा पुग्दा उत्कर्षमा थियो | कालेज वरिपरी बाक्लो बजार थियो | र अलि पर दुइटा बिशाल कोलोनीहरु थियो | कालेजका बिद्यार्थीहरुकोको लागि आबश्यक बन्दोबस्तीका सामान तथा खाजा खाना खुवाउने पसलहरु लहरै थिए| हरि सर जब बजारमा निस्कनु हुन्थ्यो तब बजारको रौनक अर्कै हुन्थ्यो | साहुजीहरु लाम लागेर सरको स्वागतमा पाउ पर्थे | डन गिरी भित्र हफ्ता वसुली थिएन रे | उल्टो अरु हफ्ते गुण्डाहरुबाट सुरक्षित | हरि सर संरक्षक | खाजा अनि बन्दोबस्तीका कुनै समानको चाहि पैसा लिदैनथे सहुजीहरु | बरु कोठैमा पुग्थे सरसामानहरु | त्यसो त पैसा माग्ने हिम्मत कसको हुन्थ्यो र | “सब बाल बच्चे वाले आदमी “ थियो नै | त्यसो त त्यो जमानामा पाउने छात्रवृत्ती नै मनग्य थियो | राजदूताबास मार्फत सांस्कृतिक आदान प्रदान कोटामा पढ्नेको महिनाको छात्रवृत्ती ७०० भारु थियो | मुश्किलले साढे ३ सय खर्च हुने बखतको कुरा हो यो | एउटा रमाइलो किस्सा पुस्तौं पुस्ता कालेज भरि गुन्जिरह्यो | हरेक साल माघे संक्रान्तिमा कालेजको नजिकै ठुलो मेला लाग्ने गर्दछ | पबित्र गङ्गामा माघे संक्रान्तिमा स्नान गर्ने र मेला भर्ने चलन अद्यापि छदै छ | कालेज गङ्गा किनार मै रहेकोले कालेजका बोकाहरुको लागि मेलाको मज्जा अर्कै हुन्थ्यो | छिल्लिएका, चिल्लिएकाहरुको लागि रंगीन माहौल हुन्थ्यो | त्यै मेलामा एक जना खारिएको बोकाले मेला भर्ना आएकी एउटीको संबेदनशिल अंगमा हात हालेछ | लरकीले हङ्गामा मच्चाए पछी केटोको सामान्य धुलाई गरे छ , उद्दारक हिरोहरुले | केटो ज्यान जोगाएर सुइकुच्चा ठोकी हरि सरको पाउमा पुगेछ| हरि सरकोमा “ हम को बहुत मारा इन अ’रामजादों ने “ बिलौना गरे छ | हरि सर , सबैको संरक्षक | कालेजको छात्र माथि हात हाल्नु भनेको हरि डनको गूंडमा हात हाल्नु हो | “ किसने मारा, कौन हे बे “ “ मा***चो* मिठाइके दुकान वालों ने “ के चाहियो त्यस पछी | हरि सर ले फरमान जारी गरे छ - हास्टलका सबै बिद्यार्थी गङ्गा किनार भेला हुने | गङ्गा किनारमा वालुवाको लागि आएका सबै ट्रकहरु कब्जामा लिई, मेलामा भेला भए छ | हतारमा हरि सर ले कुन चाहि मिठाइको दोकानवालाले पिटेको सोध्न नै बिर्से छ | मेला भरिका सबै मिठाइका दोकानहरुको मिठाइ जम्मै ट्रकमा लोड गर्न केटाहरुलाई अह्राए छ | पुग न पुग १५ ट्रक मिठाइ कालेज भित्र | कति दिन सम्म मिठाइ फालाफाल थिए रे | यस्तै घटनाहरु सुन्थेम हामी| “येह यस्तो पनि भाथ्यो” भन्दै जिब्रो काट्थेम हामी | मान्नै पर्छ हरि डनको कारनामालाई | धेरै काराणहरु मध्ये हरि डनको कारनामा पनि एउटा कारण हुनु पर्छ , नेपाली लगायत बिदेशीलाई देशीहरुले रेगिंग गर्न नपाउने अघोषित सम्झौता हुनुमा | एक साँझ हामी क्यान्टिनमा चिया खाँदै गफिदै थियौं | एकजना थर्ड इअर्को सिनियर दाइ आउनु भयो र उहाँ संगै आउनु भएको व्यक्तिको परिचय दिनु भयो | “उहाँ हाम्रो सिनियर हरि दाइ” | क्रमश:
|
|
|
aalukojhol
Please log in to subscribe to aalukojhol's postings.
Posted on 01-26-15 10:49
AM [Snapshot: 1141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Funny story , thanks Rahul dai but seems like hari dai's incidents had be exaggerated by every person telling the story, 1 truck mithai became 15 :-) By the way we need 1 Hari dai for our politicians, where is he now ? Please send him to the parliament as soon as you can and I am serious dai .
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-15 2:31
PM [Snapshot: 1265]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल पो हरि दाइ को इन्ट्री भएछ - अब कास्टिङ्ग नै त्यस्तो खतरा थियो अब पुरै फिलिम झन् कस्तो हुने होला ल ठुल्दाई अलि चाडै चाडै लेख्नु पर्यो
|
|
|
Karnali Blues
Please log in to subscribe to Karnali Blues's postings.
Posted on 01-27-15 12:10
AM [Snapshot: 1452]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह्ह्ह गाठे ठुल्दाईको सवारी भैसकेको रहेछ अनि कथा पनि पस्किसक्नु भएको रहेछ नि लौ / हामीलाई त सुइँको पनि छैन / यो मुला अम्रिकामा कैले कुन समय कैले कुन समयमा बस्नु पर्ने भएर पनि बर्बाद नै गर्यो / हुदा हुदा साझामा एस्सो चियाउने बानी पनि गएछ अब त / कुनै दिन थियो उठ्ने बित्तिकै चौतारीमा चिया ल्याएपछि बल्ल दिन सुरु हुन्थ्यो , ऐहिले हेर, ठुल्दैको कथाको भाग दुइ आइसकेपछि बल्ल थाहा भयो / ल ठुल्दाई जयोस है जयोस / हरि दाइको को कहानी गज्जब होला जस्तो छ /
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-15 11:02
AM [Snapshot: 1656]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
6
?
Liked by
|
|
हरि डन ----------- अन्तिम भाग ************** हाम्रो सामु अनेक किम्बदन्तीहरुका नायक हरि दाइ ?? बिश्वास भएन | हैन भनुं कसरी ? सोध्ने हिम्मत पनि त भएन | सिनियर राजन दाईले परिचय गराई दिनु भयो | “यिनीहरु हुन् यसपाली आएका , एक से एक होनहार छन् “| हामीले आफ-आफ्नो परिचय दियौं | हरि दाई संगै फेरी एक कप चिया सुर्क्यायौ| जागिर को सिलसिलामा हो कि उच्च अध्ययनको सिलसिलामा उहाँ डिग्री लिन आउनु भएको रहेछ | भर्खरै कालेज परिसरमा आउनु भएकोले एउटा सानो सुटकेस पनि साथै थियो | सम्भवत हुलिया परिवर्तन भएको हुनु पर्छ हरि सरको नत्र डन हरि लाई नचिन्ने को थियो होला | सामान्य भन्दा अग्लो तर दुब्लो पातलो, गहुँ गोह्रो, हेर्दै भलादमी मान्छे कसरी डन हुन सक्छ जस्तो लाग्यो | भोलि पल्ट नै काम सक्याईवरी पर्सि नै नेपाल फर्किने योजना साथ आउनु भएको र बस्ने बन्दोबस्त चाहि हामी मध्ये कसैको कोठामा हुने भयो | मैले आफ्नो कोठा ग्राउण्डफ्लोरमा भएकोले मेरो मै बस्ने आग्रह गरें र उहाँले मान्नु भयो | “लौ भाइहरु हो ! मेरो बारेमा तिमीहरुले अनेक कथा सुनेको होला नै | “ हामीले एक साथ् भन्यौं – हो सर , धेरै सुनेको , आज दर्शन पाउँदा त्यो कथा दन्त्य कथा जस्तै लाग्यो | “हो हैन म भन्दिन , एक छिन बाहिर बजार घुम्न जाउँ न त |” हरि सरको प्रस्ताब नाइँ भन्ने दुस्साहस कसको ? “ हुन्छ सर भन्दै हामी ३ जना र हरि संग कालेजको क्यान्टिन छेउ कै गेट हुँदै बजारमा पुग्यौं | रेल्वे क्रसिंगको छेउ मै पानको दोकान थियो , राम भरोसेको | “क्या हाल है राम भरोसे” हरि सरको सम्बोधनले पानवाला झसंग भयो | अगाडी साक्षात् हरि डन| हत्तपत्त त्यो सानो माथि उठेको दुकान बाट झरेर हरि सर्को पाउ लागे | “ ख्वामित , मालिक , हमने नहीं देखा , माफ किजिए , मालिक | हम त बाल बच्चे वाले आदमी है “ | मानौं हरि डनलाई नदेखे झैँ गरेको र अभिवादन नगरेको कारण उसको ज्यान खतरा मा छ र उ ज्यान माफी मागी रहेको छ | उ भित्र डर कांपिरेहेको थियो | “नहीं बे , एक मिठा बना रे “| हरि सर नर्मल हुने कोशिश गर्दै थियो | काँपेको हातले एक बिरा पान बनाइ “और कुछा साहेब “ भन्दै टाउको झुकायो | एक बिरा पानको पच्चीस पैसा, हरि सरले एक रुपैयाको नोट दिनु भयो | राम भरोसे अब रुना थाल्यो, “साहेब इस गरीबको ज्यान बक्स दिजिए, हमने आप को नहीं देखा |” मानौं पैसा लिनु भनेको एक गोलि खानु हो | “नहीं रे राम भरोसे, अब हम वो वाला नहीं रे | इन सबको एक एक पान देना और येह लेना” भन्दै पानको पात सजाउने सानो बक्सा मै पैसा राखिदिनु भयो | अरु साथीहरुले पान खाए , मलाइ पान मन पर्दैन र नलिकन गएँ अघिल्लो पसलमा | बब्लुको समोसा चाट दोकान मा | पसल बाहिर बेन्चहरु राखिएको हुन्थ्यो | बेन्चमा बस्यौं | हरि सर ले “ अबे बब्लु , चार चाट लेआना” | अब होश गुम्ने पालो बब्लु को | कराइमा पकौडा फ्राई गरिराखेको बब्लुको भेजा फ्राई भो | हत्त न पत्त हरि सर को पाउ समात आइपुग्यो | साहेब , क्या सा करुं ? मालिक ज्यान हाजिर है | "कुच नहीं बब्लु, फस्ट क्लास चाट खिलाउ आज |" हामी बसेको बेन्चमा आफ्नो गम्छाले सफा गरी चार वटा सफा गिलास मा पानी ल्यायो | उ काँपिरहेको देखिन्थ्यो नै | केही तलमाथि होला भन्ने पीर | चाट नि खाइयो | पैसा लिन मानेन | पाउ समाएर रोए | यतिन्जेल अरु पसलवालाहरुले हरि डनको उपस्थितिको सुइँको पाइसकेको रहेछ | एक एक गर्दै त्यै चाटवालाको आएर पाउ पर्न थालि सकेको थियो | एउता तमाशा बनीसकेको अवस्था | हरि सरले “अब जाउँ होस्टलमा | धेरै तमाशा नगरौ |” भन्नु भयो र हामी मुश्किलले त्यो भीडबाट एउटा साक्षात् डन को त्रास हेरेर फर्क्यौं | त्यसको दुइ दिन पछी हरि सर आफ्नो काम सक्याई नेपाल फर्किनु भयो | एउटा दन्त्यकथाको पात्रले दर्शन दिए जस्तो गरी आउनु भयो र जानु भयो | पछी त्यताका नेपाली बिद्यार्थी समाजले पत्रिका निकाल्ने क्रममा नेपाल मै भेटें उहाँलाई कार्यालय मै | तत्कालिन श्री ५ को सरकारको अधिकृत | यति सोझो इन्जिनियर साहेब पनि हुन्छ? भन्ने ब्यङ्ग गर्थ्यो रे सहकर्मीहरु | कहिलेइ कसै संग ठुलो स्वरले कुरा नगर्ने, चाकडी नगर्ने हरि सर सरकारी सेवामा पीडित हुनु हुन्छ | सहकर्मीहरु सचिब भैसक्दा पनि उहाँ अझै उप-सचिब मै जागिरे जीवन घिसार्दै हुनु हुन्छ | यस्तो लाग्छ , हरि डन एउटा मिथ थियो | हामीले भेटेको हरि सर र घटना एउटा सपना मात्र थियो | तर सत्य यही हो , हरि सर कुनै जमानामा हरि डन, हुनुहुन्थ्यो | अस्तु !!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-15 1:45
PM [Snapshot: 1739]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेपछि त खतरै डन रैछ नि त - तर यो डन मा एक्कासी यस्तो १८० डिग्री परिवर्तन कसरि आयो - त्यो पनि लेख्ने हो कि न ठुल्दाई - गज्जब छ कथा - कथा लागि धन्यबाद
|
|
|
KaliKoPoi
Please log in to subscribe to KaliKoPoi's postings.
Posted on 01-28-15 1:52
PM [Snapshot: 1738]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह क्या डन! ओरिपरि ढावामा र ढोकामा मात्र नेपाली उर्फ 'बहादुर' देख्ने बानि भाको दिल्लीबासीहरुलाई नेपालबाट पढ्न आको भन्दा, कोइ कोइ लाइ पानि छर्कने अबस्था र एउटाले ओइ बहादुर भन्दा घुरेर दिएको हेरान को तरंगित असर देखेर कुनै दिन आफुलाई दिल्ली को सान्तिनो 'डन' नै सम्झ्याथ्या आफुलाई |
|
|
|
ne0
Please log in to subscribe to ne0's postings.
Posted on 01-28-15 1:53
PM [Snapshot: 1752]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल फर्के पछि त हरि डन को हरि बिजोग नै भयेछ ! नेपालको नेताहरुलाई भारतको खुङ्ख्वार डनले पनि नसक्ने रहेछ !
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 01-28-15 2:04
PM [Snapshot: 1769]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It is a story of "Survival" . Hope the city learned to respect Nepali during and after the legacy of Hari Dan. Otherwise they always shout to us " abe bahaadur " I spent about a month in Patana and Banarasi. During my first week stay in Patana I was called by Bahadur. I did some ritual in Banarasi in the name of late mother. Then I got tiny pony tail did not wear any hat or topi. Bihari thought I was from Kasmir and I was often asked "Kasmiri panda ho kyaa"? I used to answer them back "do I look like Madraasi " ?
Last edited: 28-Jan-15 02:15 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-15 9:16
AM [Snapshot: 1962]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रबि, सेरिअल, नेपालिलाउरे, फंतुस, भक्ते दाइ , मगोर्खे१, थाने भाइ , kiddo , ne0 , काली , कर्ने भाइ, आलुकोझोल लगायत सबैमा आभार ब्यक्त गर्न चाहन्छु |
|
|
|
DJ-Dev
Please log in to subscribe to DJ-Dev's postings.
Posted on 01-29-15 10:18
AM [Snapshot: 2012]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिले त ठुल्दाईलै कथा को लागि धेरै धेरै धन्यवाद. हामी सबैमा "हरि डन" छ . एउटा सिक्का जस्तै. कैले यो पाटो त कहिले त्यो.
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 01-29-15 12:56
PM [Snapshot: 2053]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
America ma tannai hari dan haru chan. Good read. Thanks Rahul Dai.
|
|
|
Karnali Blues
Please log in to subscribe to Karnali Blues's postings.
Posted on 01-30-15 12:19
AM [Snapshot: 2192]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गज्जब लाग्यो ठुल्दाई हरि डनको दोहोरो चरित्र पढेर / आशा गरौ यस्तै हरि डनहरुले देशको संबिधान लेख्नेछन कुनै दिन / अरु पनि पुरानो कहानीहरु जावोस ठुल्दाई / साझामा कथा पद्न नपाएको नि धेरै भयो नि गाठे /
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 01-30-15 8:28
AM [Snapshot: 2262]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai, wonderful story and narration as always. Hajurko kathale tanera luaucha sajha ma 😊
|
|
|
yacc
Please log in to subscribe to yacc's postings.
Posted on 01-30-15 8:35
AM [Snapshot: 2270]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Rahul Dai.. Wonderful story...
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 01-30-15 9:00
AM [Snapshot: 2271]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ - हजुरको तीक्ष्ण स्मरण शक्तिको त कायल हो बा म ..... फेरी सम्झेर तेसैलाई यति मज्जाले कसिलो गरि बाट्ने तरिका नि हेर न ..... कर्ने ले भने जस्तै फेरी फेरी पढ्न पाइरहु हजुरका संस्मरणहरु .....
|
|
|