स्याङ्जा : पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित खहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए । बर्षाको समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे । गाडी भन जेसीबीको प्रयोग गरी बाहिर निकालियो ।
Khaobaadi_Netaa · Jun 11, 2019 5:27 AM · 2,259 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion