न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो । कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । https://vishwanews.com/archive...
ktmpost · Mar 24, 2020 1:30 PM · 7,165 views
अमेरिकाको न्युयोर्कमा एकै रात चार जना नेपाली आप्रवासीको मृत्यु न्युयोर्क अमेरिकामा कोरोना संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या प्रत्येक मिनेट बढ्दै जाँदा न्युयोर्कस्थित नेपाली समुदायले भने एकै रातमा ४ सदश्यलाई गुमाएर स्तब्ध बनेको छ । अमेरिका कै कोरोना ईपिसेन्टर न्युयोर्क कुईन्समा बसोबास गर्ने हजारौं नेपाली प्रताडित बन्दै गर्दा त्यही आप्रबासी बस्तीका ४ जना नेपाली एकै रातमा गुमाउनुको पिडामा नेपाली समुदाय शोकमा डुब्न पुगेको छन् । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका अजय छोच्छें, थोक्मे बिष्ट, सोनाम लामा तथा निमा तेम्बा शेर्पाको एकै दिन मृत्यु भएको हो । अमेरिकास्थित बिभिन्न सामाजिक कृयाकलापमा सकृय सहभागिता जनाउँदै आएका अजय छोच्छें बिगत केही हप्तादेखि स्थानीय अस्पतालमा उपचारको क्रममा थिए । यद्यपी उनको मृत्युको कारण स्ट्रोक भएको उनको पारिवारिक श्रोतले जनाएको छ । छोचेन कोरोना भाईरस नेगेटिभ भएको र केही दिन भित्रै अस्पतालबाट डिस्चार्ज हुने क्रममा भएको समेत उनको पत्नी संगिता मुखिया छोचेनले आफ्नो फेसबुकमा लेखेकी छिन् । छोचेन काठमाडौंका स्थानीयबासी हुन । शनिबार नै मृत्यु हुने अन्य दुई सोनाम लामा र थोक्मे बिष्टको भने आफ्नै घरमा आराम गरिरहेको अवस्थामा मृत्यु भएको र मृत्युको खबर पछि स्थानीय प्रहरीले मृतकको शरीर लिएर गएको श्रोतको दाबी छ । नेपालको मुस्ताङ घर भएका लामा र बिष्टको मृत्युको कारण खुलाईएको छैन । ५४ वर्षीय बिष्ट मुस्ताङ् जिल्लाको लोमान्थाङ् गाउँपालिका निवासी हुन् । सोही दिन अर्का नेपाली ४४ बर्षीय ङिमा तेम्बा शेर्पाको पनि स्थानीय एल्महर्स्ट अस्पातलमा मृत्यु भएको जनाईएको छ । उनी सोलुखुम्बु जिल्ला कुरिमा गाउँपालिकाका थिए । कोरोना महामारी पछि नेपाली समुदायबाट न्युयोर्कमा मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । Last edited: 05-Apr-20 01:07 PM
Nas · Apr 5, 2020 12:28 PM
मिन... व्हाइल इन चाइना ! सारो दुखि लाग्यो यो निउज हेरेर ! थुक्क कमिउनिस्टहरु ! https://youtu.be/DU5Vu7XBpzg
Nas · Apr 7, 2020 7:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion