तपाईको शरण!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पैसा हुँदैमा किताब छाप्ने, मसी हुँदैमा कविता लेख्ने अरु त छुद्र हुन्, आफ्नो महान अस्तित्व मात्र देख्ने कविजी... हामीलाई पनि त्यो देशको माया छ, जसको शुक्रकिटबाट हामी, "हामी" भयौ तर माया मात्रले,  मोह मात्रले, संसारको अजीवता बुझ्न खोज्दा... यो सानो जीवन लिएर आएका हामी... संसारिक चित्रमा बेरंग भएर अल्झियौ | सबै क्रान्तिकारी काँ हुन्छन र ? वाद र दर्शनको ठेली पेलेर, खोक्रो देशभक्तिमा सहिद हुने, सहिद बनाउने, र जीउँदो सहिद भएर बाँच्ने... ती आत्माहरुबाट पर..... एउटा जीवन छ, जो बाँचेको देख्छ, हाँसेको देख्छ...  आँफु देख्छ, आँफ्ना देख्छ जो नयाँ  पींढीलाई,  युद्ध दिन चाहदैन.. घृणा र छुवाछुत दिन चाहदैन, बिज्ञान र प्रबिधिको चेतना दिन चाहन्छ , आफुले नबांचेको, आफुले नभोगेको ....सभ्यता दिन चाहन्छ | कति गाह्रो छ, निर्लाज़ भएर (अ) सहिद हुन, गृहस्त हुन, एउटा सामान्य जीवन बाँच्न, प्रबासी भएर देशलाई माया गर्न खाडीदेखि यो कुबेरलोकसम्म पुग्ने कौयन आत्माहरु जो सहिद भएनन्, जसले सहिद बनाएनन् , जो जीउँदो सहिद भएर बाँचेनन्...  जो हामी हौँ ... हामीलाई पनि त्यो देशको माया छ , तँपाई जत्तिकै ....अझ तँपाई भन्दा बढी | हामीले ढाँटयौं, त्यो भविष्यकोलागि | शरणमा को छैन र कविजी? यो धरातलमा जीवात्मा, जो स्वार्थको DNA लिएर आए कृतिम र प्राकृतिक, केही न केही, कोही न कोही, को शरणमा छन् | तँपाईले हामीलाई शरणार्थी देख्नु भो,  हामीले तँपाईलाई लाचार देखेउं तँपाई पनि त्यही शुक्रकिटबाट आउनु भा'को तँपाई र हामीमा के फरक ? Last edited: 28-Apr-17 05:32 PM Last edited: 28-Apr-17 05:50 PM

jhaukiri · Apr 28, 2017 2:22 PM · 24,483 views

3 Replies

Wow

Public · Apr 28, 2017 10:35 PM

THANKS!

jhaukiri · Apr 30, 2017 6:59 AM

राम्रो लाग्यो, झ्यौकिरी जी कविता . छुट्टै प्रसङ्ग , देश माताबाट पिताको रुपमा देखिए तपाईको कवितामा .

ThahaChaena · May 3, 2017 12:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion