[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 विश्वाशमा परेका
[VIEWED 7339 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-20 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही दिन अघी टोप बहादुर जिसी ले बच्चा हेर्ने र पढाउने आया " बर्षा" लाई आफ्नो बैठक कोठामा बोलाए |
'बस बर्षा " टोप बहादुरले भने, "तिमीले पाउने पैसाको हिसाब किताब गरौ | मैले तिमीलाई महिनाको ३० दिन्छु भनेको थिए हो , होईन?
"चालिस" बर्षाले भनि |
टोप बहादुरले भने "मैले लेखी राखेको छु अनी जहिलै पनि आयालाई तिस दिने गरेको छु " | "तिमी २ महिना देखी काम गरेकी छौ"
बर्षाले भनिन " दुई महिना ५ दिन"
" होईन पुरै दुई महिना" त्यो पनि लेखेको छु, तेस्को माने तिमीले साठी पाउछौ | टोप बहादुर भन्छन " तेस्मा नौ वटा शनिबार घटाऊ, तिमीले असिशलाई हेरेनौ | तिमीले ३ दिन छुट्टी लियौ .. "
बर्षाको अनुहार रातो पिरो हुँदै गयो | एक शब्द पनि बोलिन औलाले पछौराको एक कुना अर्को औलामा घुमाउन थालि |
३ दिन छुट्टीको १० घटाऊ , ४ दिन अशिम बिरामी थियो , तिमीले अशिम लाइ मात्र हेर्यौ, तिम्रो दात दुखेर तिम्लाई बिदा लिएकी थियौ तेसैले १९ घटाऊदा ४१ पाउछौ , होईन् त ? टोप बहादुरले भन्यो |
बर्षाको आँखा झनै रातो भएर आसु देखा पर्‍यो, चिउडो काम्यो , असजिलो मानेर खोकी तर केही बोलिन |
टोप बहादुरले भन्यो " नयाँ बर्स्को दिन एउटा कप र प्लेट फुटायौ, चिनिया कप प्लेट महङा छ्न तर पनि मैले कम्ती नै घटाए, तेस बाट २ घटाऊ | नोक्सान भएको मन नपर्ने टोप बहादुरले बर्षाको लापर्वाहिले आशिस रुख चढेर ज्याकेट च्यात्यो तेस्को १० घटाऊ | अशिमले पार्कमा जुत्ता हराएर आयो त्यो पनि तिम्रै लपर्वाहिले गर्दा भएको हुनाले अर्को ३ घटाऊ सबै | हेर्न भनेर तिमीलाई तलब दीई राखेको हो, होइन र ? "
"माघ १० मा तिम्लाई १० दिएको हुँ" टोप बहादुर ले भन्यो |
बर्षाले बिस्तारै दिनु भएन भने पछी टोप बहादुरले यो पनि लेखी राखेको छु भनी नोट् बुक पल्टायो | "४१ बाट पच्चिस घटाऊ बाँकी १६ हुन्छ, होईन ?"
बर्षाका दुबै आँखा आशुले टल्पल भए, नाकमा पसिना देखिए | बर्षाले भनी " मैले हजुरको श्रीमती सँग एक पल्ट् ३ मात्र लिएकी छु , त्यो भन्दा बढी होईन "
" हो त्यो पनि लेखेको रहेछु , १६ बाट ३ घटाऊ, तिम्ले पाउने १३ हो , लौ लेउ तिम्रो पैसा , एक दश र ३ एक यहाँ छ " भन्दै टोप बहादुरले खाम थमाए |
बर्षाले काम्दै गरेको हातले खाम थामी र बिस्तारै दबेको स्वरमा "दया गर्नु भएको मा धन्यवाद" भनी |
टोप बहादुरले के को लागि धन्यवाद भनी सोधे |
बर्षाले उत्तर दीइ " पैसाको लागि धन्यबाद"
टोप बहादुरले भने " मैले तिम्लाई ठगेको छु , तिम्लाई थाहा छ ? मैले दया गरेको छैन  "
बर्षाले भनी "अरु ठाममा त झनै धेरै कटाउछन , एती पनि हात लाग्दैन् !"
टोप बहादुर भन्छ " धेरै कटाउछन ? मैले त  ठट्टा मात्र गरेको हुँ , खाममा ८० नै छ , मनिष यती कमजोर पनि हुनु हुँदैन , किन बिरोध गरिनौ, चुप चाप बस्यौ, के यसरी बाँच्न सकिन्छ ?"
बर्षाको अनुहारमा हर्स अनी अनौठो हासो झल्कियो "सकिन्छ " सङै " दया गर्नु भएको मा धन्यवाद"" दया गर्नु भएको मा धन्यवाद" गुनगुनाउदै बाहीरीई |
टोप बहादुर बर्षा गए तिर हेरी रहन्छ अनी अनायास उसको मुख बाट निस्कन्छ "विश्वाशमा परेका र कम्जोरलाई लाई ठग्नमा के को चलाखी चाहिन्छ र ?"
(यो कथाको बिषय "बिसेमिरा" कथा सँग मिल्दो जुल्दो छ)

Last edited: 13-Jul-20 03:09 PM

 
Posted on 07-13-20 6:11 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये लोगन दाईं यो “बिसेमिरा” भन्ने कथा मा आधारित भएर तिमिले लेखेको हो? मनन योग्य छ ।
साझा का भुइफ़ुट्टा हो , लोगन दाईं जत्तिको sense of humor भएको (भैरब अर्याल लाई आदर्स मान्ने), जिबन उपयोगी कुरा टास्ने, घुस खाएको पैसा वा कालों बाज़ारी गरेको वा bank ठगेर करोड़ पति भएको वा राणा को पंचेको चकड़ि गरेर कमएको पैसाले महँगा स्कूल मा पढ़ेका को तुलना मा आफनै मेहेनत ले दुःख गरेर पढेर यहाँ सम्म आएको मांछे को सफलता साँचों सफलता हो भन्ने बुझ ।
 
Posted on 07-13-20 8:55 PM     [Snapshot: 87]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साभर् : अन्तरराष्ट्रिय बाल कथा कथा सङ्रह बाट

सधैं जस्तो जूममा अरु हरुको background राम्रो देखिने आफ्नो चै लथालिङ तेसैले यो सप्ताहन्तमा re-arrange गर्दा बाल कथा सङ्रह भेट्टाए र पढ्दा रमाइलो लाग्यो | अनी बिसेमिरा कथा सँग मिल्दो जुल्दो बच्चा हरुको लागि शिक्षा प्रद कुरा भएर साझामा टास्न पुगेको हुँ |

Last edited: 14-Jul-20 09:47 AM

 
Posted on 07-18-20 2:45 PM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ब्यङ नबुझ्ने बाबुरा हरुको लागि मिल्ने कथा हो, पढेर चित्त बुझायौ होला | सके भने फेरी मेरा यि लेभेलका पाठक को चित्त बुझाउने कोशीस गर्ने छु | एस्लाई पनि सत्य कथा मानेर पढदा फरक पर्दैन | एक थरी कसरी ठगौ ढाटौ भनी २४ सै घण्टा यिन्का दिमागमा घण्टा बजी रहेको हुन्छ , कही कतै केही गर्न सकेनन भने घरैका मनिषामा पनि अज्माउन पछी पर्दैनन |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters