हिजो भोगे माया आज भोग्दै थिए घात सानु जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु। आॅसु पुछ्दै सोंचिरहें किन गयौ छाडी मलाई बुझें अब म भुईंको धुलो त्यही मेरो औकात सानु। ती मीठा पल अनि सम्झें ती रसिला सांझहरू फगत त्यही मीठो विगत तिम्लेद्या सौगात सानु। खोज्छु बाहना जिउनलाई जुटाउंदैछु आँट तर हार्छु जस्तै लाछ आज सक्दिन कुर्न प्रभात सानु।
Mrigtrishna · Mar 8, 2016 9:59 AM · 14,242 views
तन्द्रामै छु शायद, तिमि आई स्पर्श पो गर्यौ कि जस्तो रुनु रोएँ, भो अब बाच्छु भन्छ दिल अकास्मात सानु| kam se kam mero wish hazur lai
Altijdgoede · Mar 8, 2016 10:35 AM
@Altijdgoede धन्यवाद | :)
Mrigtrishna · Mar 8, 2016 11:38 PM
सम्झी हिजो, तिमि अनि तिम्रा कुराहरु रुझेको जीवनमा पनि पाउँछु केहि मात सानु बढ्छु अगि, अतितका त्यागि यादहरु रसाउँछन् मनमा फेरी तिम्रा मायाका बात सानु लु मैले नि सानो कोशिश गरें है . हजुरको गजल साह्रै मिठो लाग्यो . - थाहा छैन Last edited: 09-Mar-16 01:42 PM
ThahaChaena · Mar 9, 2016 1:42 PM
बढ्छु अगि, अतितका त्यागि यादहरु रसाउँछन् मनमा फेरी तिम्रा मायाका बात सानु Damdaar Thaha Chha ji!
Altijdgoede · Mar 9, 2016 6:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion