लोडसेदिंग घट्दा इन्भर्टर बेच्ने ब्येबसायीहरुलाई आपत्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् । इन्भर्टरका ब्यबसायीहरु मिलेर कुलमान घिसिङ्गलाइ कसरि निकाल्ने भन्ने षड्यन्त्र भैराखेको खबर प्राप्त भएको छ http://www.onlinekhabar.com/20...

ktmpost · Nov 18, 2016 8:42 AM · 10,656 views

5 Replies

If this is true then who needs to take action against them? Who takes them to court?

mancini · Nov 18, 2016 10:47 AM

yo loadshedding hatayeko kathmandu ma matra ho ki sabai tira ho?

mancini · Nov 18, 2016 10:57 AM

चिरिप्पा समाएर जेलमा हाल्नु नि तोर्पे हरुलाई जता पनि आन्दोलन

gaulejetho · Nov 18, 2016 10:58 AM

सोझो औलाले घिउ आउदैन भन्ने उखान सबै नेपालीले बुझेका मात्र हैनन् मनन पनि गरेका छन् | छिमेकी सरकारी कार्यालयमा काम गरेको छ भने घर छिर्ने सिडी देखि आची गर्ने कोठा सम्म मोजाइक घोटॆर घर बनाएको देखेर डाहा हुने हरु त्यो चिल्लो मोजाइकमा चिप्प्लेर करंग देखि खुट्टा भाच्चिदा मन मनै खुसि मनाउनेको सुचिमा तपाइँ हामि धेरै छौ | अर्को थरि पनि छन् दशौ बर्स श्रीमती बनाएर लुटेर २-३ जना बच्चाको आमा बनाए पछि पनि पैसा कमाउनलाइ बम्बै को लालटिन बजार पुर्याउने हाम्रै दाजु भाइ हुन् | पैसा भने पछि महादेवका तिन हैन पाच नेत्र भन्नु पर्ने र नया उखान बनाउनु पर्ने बेला आएको छ | पैसा कमाउने र पैसा बनाउने ( टक्सार खोल्ने ) काम दुई ध्रुबिय कुरा हुन् | छक्का पन्ज्जा नगरी सोझो जागिर र काम गरि खाने काम पैसा कमाउने हो भने साम दाम दण्ड भेद देखि जे जस्ता हतखनडा अपनाई पैसा बनाउने काम नगरी २-४ बर्समा करोड पति ( आज भोलि करोडपति को ठाउमा खर्ब पति राख्नु पर्ने हुन्छ) हुईदैन | हरेक पैसा बनाउने हरुको आफ्नो आफ्नो ग्यांग हुन्छ र छ | मलाइ लेख्न पनि डर लागि रहेछ किन यो व्यक्ति त्यो ठाउमा पुगे अनि यिनलाई हटाउने अभियानमा कहिँ सुनियोजित योजना त बनिरहेका छैनन् ? आजभोलि मोटर दुर्घटना सबै भन्दा सजिलो र जेल पनि नजानु पर्ने कुख्यात नियम ल्याईएको छ कै प्रयोग त गरिने हैन ? आजभोली भारतीय चलचित्रमा देखाए झैँ ८-१० लाखमा सुपाडी लिने को कमि छैन जस्तो लाग्छ ? यस्तो नहोस र सुन्न नपरोस | जय होस् तिम्रो | जय होस् हाम्रो देशको |

MaGorkhe1 · Nov 18, 2016 11:06 AM

malai barsau paila ni lageko thiyo yesto hola bhanera. ajja jhan afu bhandha kei barsa,2-3yrs ko senior, ceo bhaye pachi ta, dal ma kuch kaala cha bhanni sure thiyo

nohup · Nov 18, 2016 12:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion