कथा : सुन साईली साईली परदेशबाट म आउँला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्लस टु सक्छ अनि हरियो पासपोर्ट बोकेर कन्सल्ट्यान्सी धाउँछ,प्रणाम पत्र बुझाउँछ आईएल्टीएसको मिती बुक गर्छ।पैसाको जोहो गर्छ।सके आफ्नैबाट जुटाउँछ,नजुटे आफन्तलाई ढक्ढक्याउँछ।त्यताबाट नजुटे बैंक र धितो अनि चर्को ब्याजमा पैसा निकाल्छ।डकुमेन्ट पेस गर्छ।भिसाकोलागि प्रतिक्षा गर्छ।अनि अन्तर्वार्ताको लागि तयारी गर्छ।डराई डराई अन्तर्बार्ता दिन्छ। केही दिनमा कन्सल्ट्यान्सीको फोन आउँछ।भिसा आयो।लौ लड्डडु लिएर आउ। खुसीको सिमा रहन्न।साथीभाईलाई हतार हतार पाटी दिन्छ।लगेज किन्छ।राम्राराम्रा पेन्ट अनि टिसट र नर्थफेसको ज्याकेट किन्छ।आमाले मायाँले केही चाउचाउ अनि छुर्पी र पुस्टकारी हाल्दिन्छीन्।टिकट काट्छ राता टिका र परिवारको आशिर्वाद र माला लगाउँछ। एयरपोर्ट आउँछ।केही क्षणको रुवाबासी पछि प्लेन चड्छ। मनमा केही उत्साह अनि केही डर। नयाँ देश,फरक परिवेश।गगन चुम्बी भवनको बास, ठुलो कम्पनीको काम।कलेज जिन्दगी।यस्तै सोच्दै प्लेनबाट काठमाण्डौलाई नियाल्दै उड्छ।अर्को तिर नयाँ ठाउँ, कस्ता मान्छे भेट्ने होला।काम पाउने नपाउने तनाब। पाईला टेक्छ नयाँ देश। नयाँ मान्छे नयाँ सङ्गत।नयाँ व्यबहार।नयाँ साथी।कामको तलास।रेजुमेको ड्राफ्ट तयार।अफिस वर्कसमा पचास कपि प्रिन्ट।साथीहरुलाई कामको भन्सुन्।कतै निरास अनि कतै भरोसा।बिछोडको पिडा।भाईबर र स्काईपमा च्याट।कहिले किचेन ह्यान्डको ट्राईल कहिले क्लिनीङको ट्रायल।कहिले पिज्जा डेलीभरी।अनि कहिले हाउसकिपीङ। कतै पास त कहिले फेल।हप्ताको तिन दिन कलेज। कतै साँझको काम,कतै बिहानको। अपुग निन्द्रा।कलेज फिको तनाब,असाईन्मेन्ट ड्यु डेट।अनि अन्तिम परिक्षा।भ्याई न भ्याई।मरेर छुट्टी त्यो पनि दुई हप्तामा एक दिन।सुतेरै बित्छ। परिक्षफल।पास भए दुई हजार डलर जोगीयो एउटा बिषयको। नत्र दई हजार डलर झ्वाम।कनिकुथी पढाई सक्यो।पिआरको लफडा।परिवर्तीत ईमिग्रेसनको निती नियम।तनाब माथि तनाब। समय दिन नसक्दा उता मायालुसँगको खटपट।प्रेमलाई टिकाउन गार्हो। अर्कैसँग हुने बिवाहको प्रेसर।कामको अस्थिरता।फोनमा टर्चर।रुवाबासी।घर खर्च।भाई बहिनी माथीको जिम्बेवारी। अनि बज्छ गीत साईली… सुन साईली साईली परदेशबाट म आउँला सुन साईली साईली चालीस लगेसी रमाउँला #Copied

Rudramati · Feb 15, 2017 12:56 PM · 12,540 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion