शुन्यता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज मलाई शुन्यतामा हराउन देऊ हल्लै-हल्लाले भरिएको संसार कान थुनेर एकछिन मौन हुन देऊ मारा-मार काटा-काट जता ततै आँखा चिम्लेर सब भुल्न देऊ आज मलाई शुन्यतामा हराउन देऊ ढोंगीहरुले लुटिएको संसार एकछिन भए पनि असल हुन देऊ अज्ञानताले ढाकिएको यो कस्तो जीवन मलाई ज्ञानको प्रकाश ल्याउन देऊ जता गयो तेतै मुर्खहरुको बिगबिगी बिन्ति छ, एकछिन शुन्यतामा हराउन देऊ!

ujl · May 1, 2017 9:27 PM · 23,149 views

2 Replies

आऊ येतै कतै कुरी बस. अलिकति धैर्य गर्न सिक , कान थुनेर हल्ला रोकिन्न. आँखा चिम्लेर भुल्न सकिन्न , मनै थुन्न सक्नु पर्छ काट मार गर्ने हरु , आफै काटिन छन् तिम्ले ओम मणि पद्मे हुम भन्नु पर्छ | ढोंगी हरु ले बोक्रा हात पार्ने हुन् गुदी तिम्रै लागि हो , तिमि आफु नै बन , असल बन्नु पर्दैन , नम्बरी सुनलाई , पालिस चल्दैन , आफ्नो आयाम र आयतन न बिर्स , ज्ञान ज्ञानेद्र मै रहन देउ , हराउने कुरै न गर , बरु अरु जस्तै मुर्ख बनिदेउ |

prabhat41 · Dec 3, 2017 8:50 PM

LOL

ujl · Dec 4, 2017 12:27 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion