[Show all top banners]

magorkhe1

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 Personalized दशैँ तिहार
[VIEWED 6870 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-17 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

यो बिज्ञान र बिज्ञापन को संसारमा हरेक कुरा व्यक्ति बिसेष लाइ मद्य नजर गरेर तयार पारिएको हुन्छ | मेडिकल छेत्रमा persaonalized medicine , नया आधुनिक प्राईभेट स्कुल, कलेज मा प्राईभेट ट्युसन जस्तो personalized गरिन्छ | यसको सुची बनाउदा २-४ पाना भरिएला तेसैले त्रिभुवन राजपथ नघुमाई हेटौडा पुर्याउला | यो प्रसंग मेरा मित्र संगको विजयादशमीको कामना आदान प्रदानमा गरिएका बार्तालाप लाइ आफ्नै  True story बनाएको छु |

मेरो धर्म प्रतिको धारणामा मन्दिर गएर,   ब्राहणलाइ दान गरेर दशैँ तिहार मनाएर हामी धार्मिक हुईञ्छ जस्तो लाग्दैन | मन्दिर जानु मा आफ्नै महत्व छ, कुनै सरोबर नजिक समय बिताउनुस त्यो एकान्त पनले तपाईलाई नया अनुभूति दिनेछ , एकै क्षण भए पनि स्वच्छ स्फुर्त महसुस गर्नु होला, तेसैले मन्दिर धर्मत्मी हुन लाई होइन अरु कारणले जान्छु | मैले पनि यो दशैँ तिहारलाइ धार्मिक भन्दा पनि एउटा सामाजिक कार्यकर्मको घेरा मा राखेको छु |
तागाधारी हुनु र बैबाहिक जीबनमा प्रबेस गरे पछि सोह्र शाद्द भनेको आफ्ना बम्सज लाइ सम्झने दिन को रुपमा लिएको छु | तिथि मिलाउनु पर्छ भन्ने श्रीमतिजिको बिस्वास्लाई मान्यता दिन घर फोन गरिएको बेला यो बर्स हामीले टिका लगाउने नलगाउने कुरा बारे पनि सोधेको थिए किनकि ३-४ महिना अघि मात्र हाम्रा काकाको निधन भएको थियो | यो बर्स हामि लगाउदैनौ भने पछि मैले पनि तेही मनस्थिति तयार पारे | गएको शाप्ताहन्तमा मेरा काइला भाइले सम्झीए | दसैको शुभकामना दिनलाइ गरेको हो भने यो पल्ट टिका थापिदैन |
कुरा दशैँ कै रहेछ | भाई बुहारी बसेको ठाउमा धेरै नेपालीहरु भएको हुनाले कहिले काही नेपाल मै छौ जस्तो लाग्छ | उनले भने छोरा छोरीले यो किन टिका नलगाउने भनि सोधे र आमालाई सोधेको लगाए हुन्छ भन्नु भयो रे ?

मैले मन मनै सोचे अब त दशैँ तिहार पनि Personalized हुन् थालेछ | मैले सोध्दा लगाउन्दैनौ भन्नु भयो | कुराको चुरो चै यतिनै भए पनि दिमाग भने बिगतलाई कोतर्न थाल्यो |

हाम्रो हाजुर्बाका २ श्रीमती : अर्को हजुरआमा पट्टिको नाति याने कि कजन को असमायिक निधन मा, एउटा काकीको निधनको बर्स , अनि आफनै भतिजीको असामयिक निधका बर्स हामीले दशैँ तिहार मनाएनौ | तिनै काकीको - काकाको निधन का बर्स नलगाउने निधो भएको , | हैन माइली भाउजुले के गर्छिन सोध्नु पर्यो भनि सोधेर लगाउने रे भनि सुनाए | एसो सम्झे उनलाई छोरि, ज्वाई र नाती नातिनालाई रमाइलो बनाउनु पर्ने नेपालमा श्रीमान्ले लगाउदैनन होला | यो पनि व्यक्तिगत बिचार हो उनले के गर्छिन संग मेरो निर्णय को कुनै संगो पाङ्गो छैन र राख्दैन |
अर्को तर्क सुनेर बिचार गर्न बाद्य तुल्याएको कुरा चै हाम्रो बा खसेको बेलामा सबै काका काकी हरुले टिका थापेका थिए रे ? बा खस्दा म बिदेशमै थिए , मैले देखिन | उनले देखे , भोगे तर अहिले आएर त्यो कुराको खासै के महत्व राख्छ र ? अनि तेसैका आधारमा टिका थाप्ने कि नथाप्ने निर्णायक बिसय नभएको ले अहिले किन अगाडी ल्याउनु पर्यो ?
  यिनै गलफती मा सम्प्ताहंत बित्यो | समय अनुसार मान्यताहरु मा  केहि छाट काट हुनु पर्ने र गर्नु पर्ने अनि आफ्नो आबस्यकता अनुसार चलाउनु पर्ने कुरा मा असहति होईन तर मासु खाएको नातिले छुयो भनि नुहाउन जाने हाम्री आमा एति चाडै र एति सजिलै आधुनिक भएको देख्दा आचार्य भन्दा खुसि लागेको छ 

Last edited: 01-Oct-17 08:13 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters