अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु खसोखास अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका गएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको रेकर्ड छ । अमेरिकामा नेपाली विद्यार्थीहरुको आत्महत्या दर कम गर्न त्यहाँका सामाजिक संस्थाहरुको पहल आवश्यक रहेको छ । http://www.khasokhas.com/22399
ktmpost · Oct 11, 2017 7:49 AM · 23,732 views
दयालु महानुभावहरुले तलको लिंकमा क्लिक्कगरेर सक्दो सहयोग गर्नुहोला! https://www.gofundme.com/help-... https://www.gofundme.com/help-...
pokhara1977 · Oct 13, 2017 1:40 PM
दयालु महानुभावहरुले तलको लिंकमा क्लिक्कगरेर सक्दो सहयोग गर्नुहोला! https://www.gofundme.com/help-...
Pokhara1977 · Oct 14, 2017 3:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion