[Show all top banners]

jhilkeJetho

More by jhilkeJetho
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Shitasma
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 म यस्तै छु
Keywords associated with this thread

poem kabita gajal
[VIEWED 2666 TIMES]
SAVE! for ease of future access.
Posted on 04-04-18 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

म यस्तै छु !

आफुले लाउँदा त्यहि लुगा चिटिक्क
अरुले लाउँदा कति भद्दा
आफुले मान्ने सबै मान्छे कति राम्रा
बाँकी माथि न भक्ति न श्रद्धा !

अरुले बिए पास गर्दै के भो र
आफ्नोले एस एल सी गर्दा कस्तो पढ्या
आफुले खाने रक्सि बेला मौकामा मात्र हो
अरुले खाँदा ति त सबै जड्या !

म त दयालु छु, अस्ति भर्खर फेसबुकले भन्यो
कति लाईक र कमेन्ट आऊछ त्यहि गन्यो
भेट्दा एक सब्द नबोले पनि
फेसबुकमा चाई हप्यापी बिर्थ्दडे भन्यो !

नेतालाई गाली गर्न कति रमाईलो लाग्छ
आफ्नो नामर्दी त्यति बेला स्वाटै भाग्छ
अर्कालाई दोस लगाउन कति सजिलो मज्जा
आफुले भनसुन गरेर लाइसेन्स बनाको चाई का जा?

म त अब फेसबुक बन्द गर्छु
फेसबुक मै घोषणा गरिदिन्छु
२-४ दिनमा केहि पो भयो कि भनेर
फेरी लुसुक्क फेसबुकमा आएर पलेटी मारेर बस्छु !

कहाँ के भयो यो संसारमा
मलाई सबै को चिन्ता छ
अरुले गरिदिए हुन्थ्यो तिनका उद्दार
मेरो त अलि नमिल्ने आफ्नै टन्टा छ !

हिजो टोलमा धाक लगाउनेे मेरो बानि
आज फेसबुकमा पनि त्यहि गर्दैछु
हिजो पनि नेताको पछी लागेको
आज पनि फेसबुकमा तिनको गुण गाउदै छु !

अरुले के खायो अनि के लायो
मलाई नि हुन्छ नि हेर्ने रहर
साथि भाइलाई येसो हेलो
भन्ने बानि पनि छ मेरो रातको दोस्रो प्रहर !

मैले के गर्दै छु, कहाँ जादै छु
संसारलाई थाहा नभए के मज्जा होला
राम्रो फोटो छानेर राख्नु पर्छ है
नत्र फेरी नराम्रो छ भन्ने अरुलाई आभास होला !

आज फेसबुकमै राख्न एउटा कविता लेख्छु
राम्रो छ, कति मजा भन्ने कमेन्टको आशा गर्छु
सबैको वाल मा गएर एक एक लाइक गर्छु
पैचो तिर्ने थुप्रै छन्, तिनै लाईकले फेरी आफ्नो फेसबुक भर्छु !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Returning to Nepal
~चौतारी १९९~
Mnang, Mustang Treking and Our Engagement
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
वाह ! मन्त्री ज्यु वाह !
Four Characters and My Funeral
ICE RAID
TPS FEDERAL NOTICE
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
Need some serious suggestion on Traveling to Nepal on Advance Parole
IT Consultancy Dons and Donts
थुक्क प्रियंका कार्कीजी …
बिजया दशमीको मंगलमय शुभकामना !
How long does it take to get I485 approved?
Anyone renewed their passport through DC embassy lately?
TPS to GC (PERM-I140-I485) TimeLine
नफर्किने गरि नेपाल जाने सोच
TPS ma ghanta hannu paryo re IT matra hamro job bikalpa?
Former U.S. President Bill Clinton in Nepal
~चौतारी १९९~
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters