अन्तिम पटक टीपीएस पुनदर्ता नगरेका नेपालीले समेत अब पुनदर्ताका लागि आवेदन दिन सक्ने भएका छन् । सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टीपीएस रि रजिस्ट्रेशन नगरेका नेपाली टीपीएसवाहकले अहिले टीपीएस रिरजिस्ट्रेशनका लागि फर्म आई ८२१ आवेदन दिनसक्ने युएससीआईएसले जनाएको छ । तर त्यतीबेला रि रजिस्ट्रेशन गर्न नसकेकोबारेमा भने आवेदकले राम्रो कारण पेश गर्न सक्नुपर्नेछ । ढिलो रि रजिस्ट्रेशन गर्दा तोकिएको समयमा रि रजिस्ट्रेशन गर्न नसक्नाको कारणसहितको पत्र युएससीआईएसमा पठाउनुपर्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस अन्त्य गर्ने घोषणा गरेका कारण तोकिएको अवधिमा रि रजिस्ट्रेशन नगरेकाहरुले सरकारी घोषणाले आफूलाई पारेको प्रभाव र त्यसका कारण आफू रि रजिस्ट्रेशन गर्न असफल भएको बारे पनि उल्लेख गर्नुपर्ने जनाइएको छ । तोकिएको समयमा रि रजिस्ट्रेशन नगरेकाहरुले दिएको आवदेनमा गर्न नसक्नुको कारण उपयुक्त लागेमा युएससीआईएसले त्यस्तो आवेदन स्वीकृत गर्ने जनाएको छ । टीपीएसको खारेज गर्ने सरकारी घोषणाका तपाईले ढिलो फाइल गर्नुपर्नाको कारण होइन भने यो बिषय आवेदनमा समावेश नगर्न तथा इमान्दारिताका साथ कारण खुलाएर आवेदन पठाउन युएससीआईएसले सुझाव दिएको छ । टीपीएसबारे तपाईका कुनै जिज्ञासा छन् भने हामीलाई khasokhas@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । बिहिबार, चैत्र १४, २०७५ मा प्रकाशित https://www.khasokhas.com/8143...
ktmpost · Mar 28, 2019 9:38 PM · 10,682 views
Hawaa guff
Ruler of the wasteland · Mar 29, 2019 2:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion