अमेरिकामा नै एक उदहारनिय संस्था Nepali Class Boston

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Editor's Note: Voluntarily run, for a great cause, to teach our kids our language and culture, Nepali Class Boston is definitely one of the most exemplary organization among the Nepalese community not only in Boston but in the whole of US. This write up has expressed many things that had not been put into words before. Kudos, thanks and much respect to everyone involved 🙏 specially the excellent leadership team that makes it run so smoothly and efficiently. Not only does Nepali Class Boston teach kids Nepali language and culture, but it opens up a whole new world of friendship, teaches them etiquette, introduces them to a support system of peers and elders, and helps develop kids into well rounded human beings. Not only that, the NCB has opened up an amazing channel for Nepalese parents to meet and socialize with other like minded people. https://www.enepalese.com/2019... बोष्टनमा उत्साहप्रद प्रगति गरेको नेपाली क्लासले यसरी मनायो अभिभावक दिवस मनै छुने गरि देखाए बाबुनानीहरुले नेपाल एकिकरण नाटक यम पौडेल ,बोष्टन २०७६ मंसिर २१ गते ३:०१ मा प्रकाशित 44Shares यम पौडेल ,बोष्टन ।अमेरिकामा सँचालनमा रहेको नेपाली भाषा स्कुल “नेपाली क्लास ,बोष्टन” को पाचौ अभिभावक  दिवस नोभेम्बर २४, २०१९ मा धुमधामसग सम्पन्न भयो । समरभिल सिटि स्थित अल्बर्ट एफ. अर्जेनसियानो स्कुलमा सम्पन्न कार्यक्रममा बिध्यार्थी बालबालिका, शिक्षक, अबिभावक, स्वयँसेबक गरी करिब ४०० को सहभागिता थियो । २०१९ शैक्षिक बर्षमा अध्ययनरत ५ देखि १५ बर्ष ऊमेरका १६० जना साना बाबु नानीहरुलाई सिकाईएको नेपाली भाषा, सँस्कृति, अनुशासन , नृत्य, नाटक, अभिनय अनि ऊदघोषण देखेर सहभागीहरु दँगै परे । त्यहा साना सुन्दर बाबु नानीहरुले लयमा लय, तालमा ताल मिलाऊदै राम्रा राम्रा नृत्य देखाए , नेपालमा सिमा बिबाद भइरहेको बेला नेपाल एकिकरण सम्बन्धी नाटक देखाए जसले सबैको मन छोयो । नेपालीमा ऊदघोषण गरे, जसबाट अविभावक हरु खुसी नहुने कुरै थिएन । चुरापोते,चौबन्दी, चोली ,छिटको सारी, पटुकी,मजेत्रो चुरा पोते टिकिया थैली, डोको नाम्लो समेतमा सजिएका नानीहरु र दौरा सुरवाल ढाकाको टोपी इष्टकोट समेतमा सजिएका बाबुहरुको फरक फरक प्रस्तुतीले सबैलाई खुसी तुल्यायो ।कार्यक्रमका १६ वटा प्रस्तुती मध्ये १४ वटामा सानाबाबु नानीलाई ऊदघोषण गर्न दिएइको थियो जुन साहै ऊदाहरणिय थियो । ऊक्त दिन बाबुनानीहरु ले दुइबटा नाटक मञ्चन गरे । पृथ्बी नारायण शाहले कसरी नेपाल एकिकरण गरे, देश कसरी बन्यो, देशलाई कसरी रक्षा गर्न, बढाऊन सकिन्छ सन्देशमुलक नाटक देखाए । बाबु नानीहरु नै जुगामा देखिए , फेटा गुथेर देखिए, सिगारिएका राजा बने, खुकुरी लियर लडाईमा हिडे, आठ पहरिया र बैठके वने । त्यसैगरी” जे हुन्छ राम्रैको लागी हुन्छ” शिर्षकमा अकबर र बिरबलको रमाईलो अर्को नाटक देखाईएको थियो । बालबालिकाहरु साच्चिकै अकबर, बिरबल र तिनका सहकर्मीको रोलमा देखिए,शिकार खेल्न जङगल गए । फररै नेपाली बोले, डाइलग मारे सो देख्दा अबिभावकहरु छक्कै परे । ठुला मानिसलाई गाह्रो पर्ने अभिनय बालबालिकाले सजिलै गरेका थिए । कार्यक्रममा बालबालिकाका ८ थरी सामुहिक नृत्य थिए भने यो मन त मेरो नेपाली हो गितमा सबै बालबालिकाहरु अगाडी स्टेजमा लगेर गाईएको दृष्य मनमोहक थियो ।बोष्टन नेपाली क्लासका अबिभाबक स्वयँसेवक टिमको र शिक्षक टिमको फरक फरक रमाईलो नृत्य पनि समाबेश थियो। अमेरिकाको ब्यस्त लाईफमा आफ्ना छोराछोरीलाई चाहेर पनि नेपाली भाषा पढाऊन लेखाऊन,नेपाली कला सँस्कृति भेषभुषा चाडबाड सिकाऊन निकै गाह्रो हुने सन्दर्भमा तिनै बालबालिकालाई लक्षित गरि नेपाली क्लास बोष्टन स्थापना गरिएको हो । बोष्टन तमु समाजको पहलकदमीमा सन २०१४ मा वाटरटाऊन स्थित बाल पुस्तकालयमा जम्मा ७ जना बिध्यार्थीबाट शुरु भएको नेपाली क्लास,पछि विश्ब प्रसिद्द एम आइ टि बिश्बबिद्धालय मा अध्ययनरत नेपाली बिद्धार्थीहरुको समुह “मितेरी” सगको सहकार्यमा जुन २०१४ देखि जुलाई २०१९ सम्म त्यहि MIT को सुबिधा सम्पन्न बिल्डिङ्मा रहयो, हाल जुलाई देखि मात्र समरभिल सिटिको अर्जेनसियानोमा सरेको हो । बढि जाडो हुनु अगावै अबिभावक दिवस मनायर डिसेम्बर देखि मार्च सम्म नेपाली क्लास बन्द गरिन्छ पुनः अप्रिल देखि नोभेम्बर सम्म खुल्छ । स्कुलले बेलाबखत बालबालिकालाई प्रभावकारी हुने ठुला ईभेन्टहरुहरु जस्तै दशैमा बृहद टिका जमरा आशिष दक्षिणा को कार्यक्रम , भानु जयन्तीमा नाटक देखाऊने, बाल स्पोर्टसमा भाग लिने, बार बे क्यु गर्ने, क्यान्सर पिडितको लागी परोपकारी फण्ड राईज रनिङ जस्ता पोग्राममा सहभागी गराऊदै आएको छ । स्कुल को लागी १० जना टिचर,१ जना एडमिनिस्टेटर,२ जना जनरल सपोर्टर,५ जना युथ भोलन्टियर, अबिभावकको तर्फबाट ८ जनाको प्यारेन्ट एलाइन्स कर्नर र २५ जना समाजका अग्रजहरुको भोलन्टियर एलुम्नी समेतको टिम क्रियाशिल छ । स्कुललाई यहाको कानुन अनुसार बैधानिकता दिलाई सँचालनमा ल्याइएको र पुर्ण भोलन्टियरीङ मतलब निशुल्क रुपमा अगाडी बढाइएको छ । स्कुलको स्तरियता गुणस्तरियतामा मा हरेक बर्ष अभिबृद्दि हुदै आएको देखिन्छ । स्कुलमा शिक्षक, भोलन्टियर सेवा गर्न र बालबालिका भर्ना गर्न छुट्टाछुट्टै क्राइटेरिया मिट गर्नुपर्ने हुन्छ । स्कुलको लोकप्रियता सगै कसरी अर्को बर्ष आफ्ना बालबालिका नेपाली क्लास बोष्टनमा भर्ना गर्ने भनि चिन्ता गरेका आमाबुबा पनि भेटियो । हुनपनि यस बर्ष नै बोष्टन बाहिर न्यु ह्याम्सायर राज्यबाट समेत बालबालिका नेपाली क्लासमा ल्याऊन थालिएको रहेछ । विदेशमा नेपालीले गरेका धेरै राम्रा अनुकरणीय काम मध्येमा पर्दछ नेपाली क्लास , वोष्टन । यो अत्यन्तै ऊदाहरणिय रुपमा अगाडी बढिरहेको छ । बिदेशमा नेपालीले नगरी नहुने तर निकै कठिन काम थियो यो । बालबालिकालाई नेपाली भाषा कला सँस्कृति चाडबाड रितिथिति सिकाऊन जरुरी थियो । बोष्टनमा रहेका शिक्षासेवी समाजप्रिय नेपालीको दुरदर्शिताले नेपाली क्लासको स्थापना भयो र यहा सम्म आइपुगेको छ । अब भने नेपाली क्लास सुस्ताऊने छैन भन्ने बिश्वास बोष्टनबासीलाई लागेको छ । यो नेपाल र नेपालीको लागी साह्रै खुसीको कुरा भएको छ । स्कुलले निर्दिष्ट लक्ष्य प्राप्तिको लागी निकै मेहनत गरेको देखिन्छ तर प्रचार प्रसारमा कहिल्यै चासो दिएको पाइएन र क्लास का बारे आजसम्म खासै मेडियामा आएको पनि देखिएन यस रिपोर्टर अविभावक दिवसमा सहभागी हुदा त्यहि कुराको अनुभुति भयो । जसले गर्दा आफुले देखेका केहि कुरा जे देख्यो सो लेख्यो को रुपम यस रिपोर्टमा समाबेश गर्न खोजिएको छ । स्कुलको बारेमा थप कुराहरु थाहा पाऊन भने अबश्यै नेपाली क्लास, बोष्टनको पब्लिक साईटः “www.nepaliclassboston.com” मा क्लिक गर्नु पर्नेछ ।

sajha info · Dec 7, 2019 9:07 AM · 2,775 views

4 Replies

As it mentioned " not only in Boston but in the whole of US" but it is not true."Some one has mention that there is one Voluntarily run Nepalis school in Virginia also, may be they have not organized this kind of any program but there is a Nepali school in Virginia for sure.

tallagheremaila · Dec 8, 2019 8:15 PM

"Class" ko saato "kakshya" prayog garda aajhai ramro hunthyo ki?

yestai_cha · Dec 9, 2019 8:31 AM

There are definitely a lot of other Nepalese organizations that are exemplary and this is one of them. One of the biggest things that sets Nepali Class Boston apart, that other organizations should take note is that they are apolitical as in not involved in any politics that continues to be disappointing in the country and other organizations. Most Nepalese organizations suffer from microphone affinity syndrome and excessive stage time syndrome where the organizations spend too much time promoting themselves with long winded speeches and spending excessive time on stage calling every possible contributor for certificates instead of focusing on productive actions.

ne0 · Dec 9, 2019 10:53 AM

saari ra Daura surwal lagaune bahana!

khaikhok · Dec 9, 2019 4:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion