ktmpost
Replies to this thread:
More by ktmpost
What people are reading
Subscribers
Please log in to subscribe to ktmpost's postings.
:: Subscribe
|
गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल
|
[VIEWED 1586
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ktmpost
Please log in to subscribe to ktmpost's postings.
Posted on 01-13-20 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल पुस २७, २०७६ | भरत पाण्डेय
ajaako_artha
अ अ अ
3.5k
Shares
मलाई नसोध कहाँ दुख्छ घाउ,
म जे छु ठीकै छु, बिथोल्न नआउ ।
यो कर्णप्रीय गीत म्युजिक नेपालको युट्युव च्यानलबाट ६१ लाख भन्दा धेरैले हेरे/सुनेका छन् । नेपालमा रेकर्डिङ्ग प्रविधि नभित्रिँदै कलाकारहरुलाई पारिश्रमिक दिई भारतमा पठाएर रेकर्ड गरेकादेखि रेडियो नेपालमै रेकर्ड गरेका धेरै पुराना गीत म्युजिक नेपालकाे युट्युव च्यानलमा भेटिन्छ ।
पुराना स्रष्टाका यी गीत देशकाे सरकारी सम्पत्ति हुन्, जसकाे स्वामित्व रेडियाे नेपालसँग मात्रै छ ।
गीत सुन्ने जो कोहीलाई लाग्न सक्छ, धन्न युट्युवमा राखेको रहेछ, र सहजै गीतहरु सुन्न पाईयो । तर गीत सुन्नेमध्येका धेरैलाई हेक्का छैन यसरी सरकारी सम्पत्ति चाेरेर निजी संगीत कम्पनी म्युजिक नेपालले गैरकानुनी धन्दा चलाइरहेको छ ।
नेपालमा पहिलाेपटक गीत रेकर्ड शुरू गर्ने रेडियाे नेपाल हाे । जसले २०१६ सालमा शंखध्वनी रेकर्ड भएसंगै गीतसंगीत रेकर्ड गर्ने कार्य शुरु गरेकाे थियाे ।
हुन त २००७ सालमा हरीप्रसाद रिमालकाे ‘मेरो दिल टुक्रा पारेर...आँखाको बाटो भएर’ बाेलकाे गीत र २००८ मा पहिलो गायक महिला रानुदेवी अधिकारीकाे गीत बजे पनि उनीहरू लगायत धेरै कलाकारले गाएका गीतहरु शुरुमै रेकर्ड हुन सकेनन् । तर पछि रेडर्डिङ्ग प्रविधि भित्रीएपछि रेकर्ड भएका रेडियाे नेपालमा आफ्नै स्वामित्वका बीसाैं हजार गीतसंगीत छन् ।
रेडियो नेपालको कार्यक्रम महाशाखा प्रमुख नवराज लम्सालका अनुसार त्यसभन्दा अगाडि पनि रेडयाेले कलाकारहरुलाई भारतमा पठाएर ‘डिक्स’मा गीत संगीत रेकर्ड गरेर ल्याउँथ्याे । २०२४ देखि ट्रष्टको रुपमा स्थापना भएको रत्न रेकर्डिङ्गले गीत रेकर्ड गर्न शुरु गरे पनि धेरै गीतहरु रेडियो नेपालमै रेकर्ड हुन्थे । त्याे क्रम २०४६ मा निजी रेकर्डिङ्ग स्टुडियाेहरू नखुल्दासम्म चल्याे ।
यसरी असहज अवस्थामा रेकर्ड गरेर सरकारी सम्पत्तिका रूपमा राखेका गीतहरू चाेरेर म्युजिक नेपालले व्यापार गरेको रेडियो नेपालले जनाएको छ । सो अवधिमा रेडियो नेपालमा रेकर्ड भएका ४० हजार भन्दा धेरै गीतहरु थिए । त्यो बेला रेडियो नेपालले कलाकारलाई पारीश्रमिक दिएर करार सम्झौता गरी गीत रेकर्ड गर्ने गरेकाे थियाे ।
म्युजिक नेपालले पहिलो गायक हरीप्रसाद रिमाल, रानुदेवी अधिकारी देखि अरुणा लामा, तारादेवी, गोपाल योञ्जन, नारायणगोपाल गुरूवाचार्य, भक्तराज आचार्य, दीप श्रेष्ठ, योगेश बैद्य, प्रेमध्वज प्रधान झलकमान गन्दर्भ लगायतका दर्जनौं कलाकारका गीतहरु पछि म्युजिक नेपालले चोरेर यूट्युवमा राख्ने गरेको रेडियाे नेपालकाे आरोप छ ।
कसरी भयो चोरी ?
रेडियाे नेपालका गीतहरू म्युजिक नेपालसँग कसरी पुगे भन्ने ठ्याक्कै ठाेस आधार कसैसँग छैन तर जानकारहरूका अनुसार धेरै गीतहरु रेडियोकै कर्मचारीले बेचेका हुन् ।
तर त्यस्ता गीतबेचुवाहरुको नाम किटेरै बोल्ने कोही छैन । उनीहरुले म्युजिक नेपाललाई गीत बेचेर धेरै वर्ष पहिला केही हजार देखि केही लाखसम्म कमाए । अहिले तीनै गीतबाट म्युजिक नेपालले वार्षिक करोडौंकाे व्यापार गरेकाे छ ।
रेकर्ड गरिएका गीतसंगीत शुरुमा ‘डिस्क’, त्यसपछि 'स्पूलटेप', 'कार्टेज', 'क्यासेट'हरुमा राख्ने गरिन्थ्यो । प्रविधिको विकाससँगै सिडी, डिभीडी र अहिले पेनड्राइभमा गीतहरु राखिन्छ । जब रेडियो नेपालले पुराना डिस्क, स्पुल, कार्टेज, क्यासेटबाट कपी गरेर कम्प्युटरमा गीत राख्न थाल्यो, त्यसरी कपी भइसकेका धेरैजसो गीतहरु चोरी भएका छन् ।
‘रेडियो नेपालले आधिकारिक रुपमा कतै बाहिर बितरण वा बिक्री गरेको छैन, तर युट्युवमा छ्यापछ्याप्ती भेटिन्छन्’ रेडियाे नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की भन्छन् ‘त्यसैले ती सबै चोरेर लगिएका हुन।’
म्युजिक नेपालले तिनै चाेरेका गीतसंगीतबाट गैरकानुनी रूपमा कमाउ धन्दा नै चलाएको रेडियो नेपालको ठहर छ । ‘म्युजिक नेपालको धन्दाले डिजीटल प्लेटफर्ममा व्यापार गर्दा न कलाकारको सम्मान भयो, न दुःखका दिनमा सम्पत्ति जोगाउने रेडियो नेपाललाई कुनै प्रतिफल’ कार्यक्रम महाशाखा प्रमुख लम्साल भन्छन्, ‘एउटा कलाकारको सिर्जना एउटा कलाकारको सम्पत्ति अर्कैको रजाईंं गर्नु लोकतान्त्रिक मुलुकमा न्यायसंगत भएन ।’
चोरी लुकाउन नक्कली कागजात
रेडियाे नेपालले चाेरीकाे आराेप लगाएपनि आफूले प्रयोग गरेका गीतसंगीतको प्रतिलिपि अधिकार लिइसकेको म्युजिक नेपालको दावी छ । सम्बन्धित व्यक्ति वा स्रष्टाको प्रतिष्ठानबाट अनुमति लिएर कारोबार गरेको यसका प्रमुख सन्तोष शर्माले बताए । ‘हामीले प्रतिलिपी अधिकार धनिसंग स्विकृती लिएर मात्र कारोबार गरेका छौँ’ उनले भने, प्रतिष्ठान भएकाहरुको उहाँहरुको प्रतिष्ठानबाट र नभएकाहरुको सम्बनिधत व्यक्तिबाटै अनुमति हामीलाई छ ।’
तर संगीतकर्मीहरु भने चोरेका र चोरहरुबाट किनेका सरकारी सम्पतिबाट गैरकानूनी धन्दा चलाएको म्युजिक नेपालले पुराना कलाकारहरुसँग नक्कली सम्झौतापत्र बनाएको बताउँछन् । उसले कतिपय संगीतकर्मीलाइ नबाेल्न दवाव समेत दिएकाे उनीहरूकाे भनाइ छ । तर धेरैले राज्यको सम्पति जोगाउन कुनै सम्झौता नगर्ने बताएका छन् ।
उनीहरुका अनुसार नक्कली सम्झौतापत्र बनाएको, रत्न रेकर्डिबाट किनेको भन्दै नक्कली कागजात तयार पारेको लगायतका धन्दामा म्युजिक नेपाल ब्यस्त छ र उसले जसरी हुन्छ यी गीत संगीत हाम्रै हुन भन्ने प्रमाण तयार पार्दैछ । ‘एउटा कार्यक्रममा त रेडियो नेपालका गीत यसकारण म्युजिक नेपालका हुन भनेर कार्यपत्र नै पेश गरेको पत्ता लाग्यो’, रेडियो नेपालका उप निर्देशक टीका भण्डारी भन्छन् ।
कलाकार समेत रहेका लम्सालका अनुसार कलाकारले गीत रेकर्ड गरिसकेपछि विमोचन गर्ने अघिल्लो दिन कलाकारलाई अप्ठ्यारोमा पारेर सबै म्युजिक नेपालले घाँटी अठ्याउँछ । ‘गीत रेकर्ड भएर भोली विमोचन हुने हो भने आज यसको कपिराईट, सीआरबीटी, पीआरबीटी तथा डिजीटल प्लेटफर्ममा कतै हकदावी गराउने छैन भनेर बुच्चड शैलीमा कागज तेर्स्याउँछ’, उनी भन्छन् ‘कलाकार रुन लागेको जस्तो गर्छन्, अनि मलाई केही पनि चाहीँदैन भनेर सहि गरिदिन्छ, त्यसमध्ये एउटा म पनि हुँ ।’
साथी रामकृष्ण ढकाल र स्वयं समेत गीत निकाल्ने बेला यस्तो बाध्यतामा परेको बताउँछन् । ‘रोयल्टी त दिँदैन दिँदैन, रचनाकार, संगीतकारको नाम समेत नराखेर अन्याय गर्ने म्युजिक नेपाल फटाहा संस्था हो’, उनी भन्छन् ‘नेपालको संगीत क्षेत्रमा ठूलो आन्दोलनको जरुरी छ ।’
म्युजिक नेपालले गीतकार, संगीतकार र गायकमध्ये कुनै एकजनासँग सम्झौता गरेको कागज देखाएपनि उत्पादक, गीतकार, संगीतकार र गायक सबैको अनुमतिमा मात्रै कसैले गीतको स्वामित्व लिनसक्ने नायव कार्यकारी निर्देशक केसी बताउँछन् । ‘अन्तराष्ट्रिय मान्यता अनुसार चारवटै पक्षसँगबाट स्वामित्व लिनुपर्छ भन्ने भएकोले पनि त्यो हामीसँग बाहेक अरुसँग छैन’, उनले भने ‘एकजनासँग सम्झौता गरेको भएपनि स्वामित्व रेडियो नेपालकै भन्ने पुष्टि हुन्छ ।’
के गर्दैछ रेडियो नेपाल
धेरै वर्षअघिदेखि रेडियो नेपाल हरेकवर्ष जसो कर्मचारीलाई तलव खुवाउन अर्थ मन्त्रालयसँग हात थाप्न जान्थ्याे त्यस्ता सम्पत्तिबाट करोडौं कमाउन सकिनेतर्फ कसैको ध्यान पुगेन ।
आफ्नै शरीरको बिना नचिनेको कस्तूरी जस्तै हरेक वर्ष कर्मचारी पाल्न अर्थमन्त्रालयमा हात थाप्न पुग्ने रेडियो नेपालमा केही लम्साल, भण्डारी लगायतका इमान्दार कर्मचारीले पहिलादेखि उठाएको आवाज बल्ल कार्यान्वयन हुन थालेको छ ।
त्यसको अगुवाई कार्यकारी निर्देशक कार्की आफैले गरेका छन् । ‘मैले त नियुक्ति भएर आउने बित्तिकै हाम्रा गीत संगीतको खोजी गर्न शुरु गरेको थिएँ, तर त्याे बेला यहाँ भित्रैबाट सहयोग भएन’, कार्की भन्छन् ‘अहिले साथीहरुलाई साथ लिएर मैले आफै यसको नेतृत्व लिएको छु ।’
तर यो कदम शुरूवात गर्दा निश्कर्षमा पु¥याउन छेउटुप्पो रेडियो नेपालमा केही थिएन । पहिला देखि सरकारी काम कहिले जाला घाम भनेर ठग्ने प्रबृत्तिका कर्मचारीले आफ्ना गीत ठ्याक्कै कति छन भनेर यकिन तथ्यांक राखेका थिएनन् ।
बल्ल अहिले पुराना सबै गीतहरु पुराना प्रविधिबाट सारेर डिजिटल प्रविधिमा राख्ने काम धमाधम भइरहेको छ । यसमा चारपाँचजना कर्मचारीहरु दिनरात खटेका छन् ।
यसअघि गीतकार संघ, संगीतकार समाज लगायत कतिपय कालाकारले प्रमाण जुटाउन आफूहरुले सहयोग गर्ने पनि बताएका थिए ।
‘सबैको सहयोगमा अहिले २० हजार गीतसंगीत डिजिटलाइज गर्ने काम भएको छ भने गीतकार तथा संगीतकार समाज र सांगितीक क्षेत्रका साथीहरुले पनि प्रमाणहरु जुटाइरहनुभएको छ’, ’ कार्यक्रम महाशाखा प्रमुख लम्साल भन्छन् ।
आफ्ना गीतको खोजी गर्दा पुराना कलाकारसँगका सम्झौतापत्र र उनीहरुलाई दिएको पारिश्रमिक भेटिएको छ । पुराना सम्झौतापत्रमा लेखिए अनुसार रेडियो नेपालले कलाकारलाई गीतसंगीत बापत पारिश्रमिक दिएको छ भने गीतको स्वामित्व लिएको छ ।
रेडियो नेपालले कलाकारलाई पारिश्रमिक दिएर करार सम्झौता गरी गीत रेकर्ड गर्ने गरेका प्रमाणहरु भेटिएकोले कलाकारहरूले राष्ट्रिय सम्पत्तिको रुपमा आफ्ना सिर्जना दिएको तथ्य पुष्टी भएकाे कार्की बताउँछन् ।
‘२०२४ साल अगाडिका गीत त सबै हाम्रै रहेछन भन्ने काजगात भेटियाे, त्यसपछिका कागजात र स्पुलटेप तथा क्यासेटहरुमा के कति छन् तथ्यांकिकृत गर्ने काम भैरहेको छ’, कार्यकारी निर्देशक कार्की भन्छन् ‘त्यसपछि हामी एक्सनमा जान्छौँ, सरकारी सम्पत्ति दुरुपयोग गर्नेलाई कार्बाही गर्छौ ।’
रेडियाे नेपालकाे याे अभियानमा धेरै कलाकारहरूकाे पनि साथ छ । गीतकार संघ र संगीतकार समाज संस्थागत रूपमै राष्ट्रिय सम्पत्तिकाे रूपमा रहेका गीत संगीत जाेगाउने अभियानमा लागेका छन् । संगीतकार समाज नेपालका पूर्व अध्यक्ष लक्ष्मण शेष आफूले लामो समयको अध्ययनबाट म्युजिक नेपालले गरेको गैरकानुनी कामका धेरै प्रमाणहरु संकलन गरेको बताउँछन् ।
उनले प्रतिलिपि अधिकार ऐनका अनुसार कुनै पनि सिर्जनाको प्रतिलिपि अधिकार गीतकार, संगीतकार र गायकसँग हुने र आर्थिक अधिकार निर्माता वा उत्पादकसँग हुने भएपनि म्युजिक नेपालले कुनै एकजना कलाकारसँग कागज गरेको आधारमा राष्ट्रिय सम्पत्तिको गैरकानुनी व्यापार गरेको बताउँछन् । ‘लामो समयको अध्ययनबाट मैले धेरै महत्वपूर्ण र गम्भिर प्र माणहरु संकलन गरेको छु’, उनी भन्छन् ‘म्युजिक नेपालले ऐनकै अपब्याख्या गरेर त्यस्ताे गैरकानुनी काम गर्दै आएको छ ।’
|
| |
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 01-13-20 7:21
PM [Snapshot: 161]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Fucking radio Nepal’s staffs spend all office hours scratching their balls. They did not see it was a money minting , now they are after MN?
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Leave messages on US congressman's facebook to support TPS |
| Tps decision coming or not nov 18 |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| EAD Filing |
| अब के हाेला त? |
| NOV 18th TPS DAY |
| Work Permit |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|