[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बस्टन शहरमा अमेरिकामा च्यारिटीमार्फत २२ लाख दाङको स्वास्थ्य संस्थालाई
[VIEWED 1593 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-20 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोस्टन । हेल्थ फाउन्डेशन नेपालद्वारा बस्टन शहरमा गत जनवरी महिनाको पहिलो साता आयोजित एक सांगितिक कार्यक्रममा झन्डै २२ लाख नेपाली रुपैयाँ (२०,००० अमेरिकी डलर) सहयोग जुटेको छ।

कार्यक्रमको शुरुमा हेल्थ फाउन्डेशन नेपाल संचालक समितिका अध्यक्ष डा. अशोक राज देवकोटाले सबै सहभागीहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा बस्टनस्थित नेपाली व्याण्ड तेजस्विज़ तथा कनेक्टिकटमा बसोबास गर्ने गायिका पुस्तका खड्काले सांगीतिक प्रस्तुति गरेका थिए।

हेल्थ फाउन्डेशन नेपालका सहसंस्थापक डा. श्रीधर पौडेलले फाउन्डेशनले दाङ जिल्लामा मानसिक स्वास्थ्य सेवा संचालन गरिरहेको र च्यारिटी  कार्यक्रमबाट उठेको रकम दाङ जिल्लामा एउटा एकीकृत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न खर्च गरिने जनाए। उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए।

नेपाल अमेरिका मेडिकल फाउन्डेशनले पनि सो परियोजनाका लागि २० हजार डलर सहयोग प्रदान गरेको छ।  यसै वर्ष भित्र केन्द्र स्थापना गरिसक्ने योजना रहेको पनि उनले बताए। कार्यक्रममा १०० जना भन्दा बढीको सहभागिता थियो।

सन् २०१३  मा अमेरिकामा स्थापित हेल्थ फाउन्डेशन नेपालले नेपालको ग्रामीण समुदायमा समुदायमा आधारित शिशु पोषण, वयस्क प्राथमिक स्वास्थ्य स्याहार, मातृ तथा शिशु स्वास्थ्य सेवाका साथै कम्प्युटर तथा स्वास्थ्य साक्षरता कार्यक्रम पनि संचालन गर्दै आएको छ।

फाउन्डेशनले  सन् २०१५ मा गएको विध्वम्शकारी भूकम्प पछि मिशन रिविल्ड नेपाल संगको सहकार्यमा  ३७ ओटा आवासीय भवनहरुको पुनर्निर्माण गरेको थियो । त्यस्तै स्थानीय निकायहरुसंगको सहकार्यमा एउटा हेल्थ पोस्ट र २ ओटा विद्यालयहरुको पुनर्निर्माण गरेको थियो ।

फाउन्डेशनले  लक्ष्मी प्रतिस्ठानसंगको सहकार्यमा चितवनको कान्दामा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । त्यस्तै अमेरिकामा पढी रहेका नेपाली किशोरकिशोरीहरुले इन्टरनेटको माध्यमबाट चितवनस्थित चेपांग समुदायका बालबालिकाहरुको पठनपाठन तथा व्यक्तित्व विकासमा पनि सघाएको थियो ।

https://www.dcnepal.com/2020/01/117032/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters