[Show all top banners]

pandeyji
Replies to this thread:

More by pandeyji
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काल महिमा
[VIEWED 10650 TIMES]
SAVE! for ease of future access.
Posted on 01-08-21 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो

-Lekhnath Paudyal
 
Posted on 01-10-21 9:54 PM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Thanks for this great poem from Kabi Shiromani.

 
Posted on 01-11-21 12:15 PM     [Snapshot: 271]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो कबितासँग मेरो बाल्यकालको याद आयो। स्कुल हुँदा कबिता वाचन कम्पिटिशन हुन्थ्यो, अनी कबिताहरु कन्ठश्थ भन्नुपर्थ्यो, सबैको अगाडि, तेतिखेर त के गरिरहेका होला हामी जस्तो लाग्थ्यो, को लेख्छ अहिलेको जमनामा कथा-कबिता भनेर, तर जिन्दगीले आफुलाई पनि केही लेख्ने चै बनाइदियो, धेर-थोर।
मृत्‍युसँग नजिकको साछात्कार नभएर होला सानोमा, हामी अबोध थियौ, साथीले यो कबिता भन्दा, हरेक हरफको अन्तमा "को?" "त्यो" गर्दै मजाक गरेको याद आउछ, तर भरे आँफैले नजिकको कोही गुमाएपछी चै यो कबिताको मर्म ज्ञान भयो भनौ। खैर, यस्तै रहेछ जिन्दगी।
 
Posted on 01-11-21 8:37 PM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यी मूजि पाण्डेले दरै लेखे त खत्रा मुन्छे हुन् की क्या हो भन्दै पढेको अन्तिममा आएर थाहा भयो ,

"यो कबितासँग मेरो बाल्यकालको याद आयो"- बेनीडिक्ट । म चै हजुर ऐले सम्म पनि बाल्ये आवस्थामै हुनुहुन्छ भन्ने कुरोमा बिस्वोस्थ छु ।
 
Posted on 01-11-21 9:09 PM     [Snapshot: 378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Benedict हो मेरो पनि सानो को मन पर्ने कविता नही हो यो मेरो मन पर्ने लायिन चै

"इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो, "

@बाजे येत्तिको कविता पाण्डे ले लेख्ने भाको भए पाण्डे कबि सिरोमानी नै हुन्थ्यो होला नि :D
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters