पशुपति विकास कोषले सर्वसाधारणलाई गाँजा खान नदिने भएपनि त्यसको खासै प्रभाव परेको छैन् ।
शिवरात्री पर्व निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, दूधले शिवलिंग अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वका राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवै प्राप्त हुन्छ भनिन्छ । ब्रह्माले रूद्ररूपी शिव उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावनाको व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ कि
सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्मासग रुद्रको रूपमा अवतरण भएका थिए। प्रलयको वेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव गर्दै ब्रह्मांडलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण उनलाई महाशिवरात्रि अथवा कालरात्रि भनियो। तीनै भुवनहरुको अपार सुंदरी तथा शीलवती गौरांलाई अर्धांगिनी बनाउने वाला शिव प्रेतहरु र पिशाचहरुबाट घेरिएर रहन्छन्। उनको रूप बडो अजीव छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरुको हार, कंठमा विष, जटाहरुमा जगत-तारिणी पावन गंगा तथा माथामा प्रलयंकर ज्वाला छ। साडेलाई वाहनको रूपमा स्वीकार गर्ने वाला शिव अमंगल रूप भएर पनि भक्तहरुलाई मंगल गर्दछन र श्री-संपत्ति प्रदान गर्दछन्।