[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  अमेरिकी विमानस्थलमा राष्ट्रिय गीत गाउदै भुकुम्प पिडित उद्धार चिकित्सक टोलि नेपाल प्रस्थान
[VIEWED 4342 TIMES]
SAVE! for ease of future access.
Posted on 05-01-15 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाशिंगटन डिसी
विजय थापा

नेपालमा आएको विनासकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएकोले भूकम्प पिडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याउने उद्धेश्यले डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलि हिजो मात्री भुमि लागेका छन् l

उक्त टोलीको नेतृत्व डिसी महानगर क्षेत्रमा लामो समय देखि चिकित्सा पेसामा संलग्न डा मदन उप्रेती ,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेल सहित अन्य स्वयम् सेवकहरु वाशिंगटन डिसी स्थित डलस अन्तर्राष्ट्रिय बिमान स्थल बाट नेपाल प्रस्थान गरेका छ्न l

उक्त भूकम्प पिडित उद्धार टोलिलाई बिदाई गर्न विमानस्थलमा २ दर्जन भन्दा ज्यादा नेपाली समुदायहरु उत्साह साथ पुगेका थिए भने मात्री भुमिलाई परेको चोट र दुखलाई सम्झना गर्दै राष्ट्र प्रति सद्भाव झल्काउदै नेपाल जाने टोलि र बिदाई गर्न आउने सबैले एक साथ नेपाली राष्ट्रिय गीत सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली गाउदै बिमान स्थल घन्काई दिएका थिए l

भुकम्प पिडितहरुलाई राहत सामग्री ,घाईतेहरुको उपचार तथा श्रोत र साधन जुटाउने हाम्रो मुख्य लक्ष्य रहेको उक्त उद्धार टोलीका संयोजक डा मदन उप्रेतीले बताए l

चिकित्सकले अगाडी भने टोलिले खाध्य सामग्री ,पानी तथा आश्रय स्थलको आपूर्ति गर्ने छ भन्दै सबै भन्दा ज्यादा प्रभावित क्षेत्र सिन्धु पाल्चोकबाट काम सुरुवात गर्ने जनाए l र ,अन्य प्रभावित जिल्लामा पुग्ने लक्ष्य बताए l

डा उप्रेतीले भने नेपालका चिकित्सकहरुको पनि सहयोग लिने छौ र त्यस अनुसार योजना बनाई सकेको बताए l

भूकम्प पिडितको राहतको लागि उक्त टोलिले भारतको कानपुर बाट ५ सय त्रिपाल ,औषधि ,५ सय कम्बल झिकाई सकेको जनाएको छ भने राहत सामग्रीको लागि ५ लाख भारतीय रुपैया भुक्तानी गरेको अमेरिका नेपाल सहयोगी समाजका संरक्षक तथा समाज सेवी मधु पन्थीले विमानस्थलमा जानकारी गराए l

यसै गरि अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले भूकम्प गए देखि राम्रो संग सुत्न सकेको छैन भन्दै तत्कालको औषधि उपचारको लागि भनेर ४ वटा पोकाहरु ओखति मात्र लिएर जादै छौ l आफुले केवल हाते झोलामा मात्र लुगा फाटो लिएर हिडेको बताए l

अमेरिकामा लामो समय सम्म जागिरमा हाजिर भएन भने जागिरबाट निस्काशित पर्न सक्ने पनि हुन्छ भन्ने सवालमा कंडेलले भने अहिले देश ध्वस्त छ l अहिले म देश भन्दा बाहिर केहि सोच्न सक्दिन l देश स्वस्थ भयो भने हामी पनि स्वस्थ हुन्छौ l आफु स्वस्थ भयो भने यस्तो जागिर पाउन केहि कठिन छैन कंडेलले विचार राख्दा भन्दा सबैले ताली बजाएका थिए l

टोलीको साथमा नेपाल जान लागेका अमेरिका नेपाल सहयोगी समाजका सदस्य पदम रेग्मीले भने देश भन्दा ठुलो केहि छैन l आफ्नो आशु आई रहेको छ भन्दै आफुले केवल १८ दिन को छोरो लाई यहि छोडी नेपाल आमा को सेवाको लागि जाने निर्णय गरेको छु भने l

उक्त भुकम्प पिडित उद्धार टोलिले नेपालमा थोक मुल्यमा चामल ,आलु ,दाल तथा अन्य खाध्य सामग्री किनी सकेको छ भने सिंह दरबार अगाडी मुख्यालय बनाई सकेको छ l त्यहि स्थान बाट आफ्नो कार्यक्रम संचालन गरिने जानकारी गराएका छन् l

अमेरिका नेपाल सहयोगी समाजका उपाधक्ष्य कमल भट्टराईले अहिले सम्म करिब ५० लाख नेपाली रुपैया (५० हजार डलर )उठी सकेको बताए भने १ लाख डलर सम्म चन्दा संकलन उठाउने योजना रहेको बताए l

डिसी महानगर क्षेत्रको मनासस शहरमा २००८ मा स्थापना भएको स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको पहल ,हाम्रो संस्कृति तथा भाषाको संरक्षण गरौ भन्ने नाराको साथ डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजको बिशेष सहयोग तथा चिकित्सकहरुको बिशेष संलग्नतामा भुकम्प पिडित उद्धार टोलि नेपाल पठाईएको जनाएको छ l

उक्त टोलिलाई बिदाई गर्न डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती तथा उपाधक्ष्य दधिराम ढुंगानाको उपस्थिति रहेको थियो भने अध्यक्ष रुपाखेतीले दुवै संस्थाहरु मिलेर काम गरेका हौ l देशलाई यस्तो बिपत्ति आई परेकोले एक प्रतिनिधि पठाई सहयोग गर्नु पर्छ भन्ने लागेर टोलिलाई नेपाल पठाउदै छौ रुपाखेतीले भने l

उपाधक्ष्य दधिराम ढुंगानाले नेपाल आमालाई परेको पिडा जसलाई आफुले कालो दिन भन्छु भन्दै हामीले संकलन गरेर टोलिलाई दिएका छौ भन्दै यो पैसाले नेपाल जाने टोलिले केहि हद सम्म भए पनि मल्हम पट्टि लगाउनु हुनेछ भन्दै बिदाई गर्न आएको बताए l

बिदाई गर्न विमानस्थल आई पुगेकी सुनसरी धरान घर भएकी उत्तर श्रेष्ठले टोलि लाई हौसला प्रदान गर्न आएकी हु भन्दै २०४५ सालमा गएको भुकम्पमा आफ्नो घर भत्कदा आफ्नी बैनी गुमाएकी भन्दै यस्तो कसैले पनि बेहर्नु नपरोस भन्दै टोलिलाई शुभकामना दिईन l

उक्त भूकम्प पिडित उद्धार टोलिलाई बिदाई गर्न आएका सगुन डटकमका सह-संस्थापक कविन्द्र सिटौलाले यो टोलि लाई नेपालमा सगुन डटकमले मानव श्रोत जुटाउने छ र यसको लागि स्वयम् सेवक परिचालन गर्ने बताए l

उद्धार टोलि संयोजक डा मदन उप्रेतीले टोलिलाई आत्मबल दिने ,सहयोग गर्ने ,सुझाब दिने ,नैतिक बल प्रदान गर्ने सबैलाई धन्यबाद दिएका छन् l

 
Posted on 05-01-15 7:25 PM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is this copy paste from?

 
Posted on 05-01-15 7:40 PM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यत्रो समय पछि बल्ल एउटा काम लाग्ने समाचार लिएर आइस ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters