[Show all top banners]

clubmanhattan

More by clubmanhattan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Interview with Dr. RAM SHARAN MAHAT
[VIEWED 2313 TIMES]
SAVE! for ease of future access.
Posted on 01-22-16 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंले यो पुरस्कार किन पाउनुभयो?

मेरो विचारमा नेपालमा गत वैशाखको विनाशकारी भूकम्पपछि विकास साझेदारबाट सहयोग जुटाउन प्रभावकारी भूमिका खेलेकाले मलाई यो पुरस्कार प्रदान गरिएको हो। अवार्ड प्रदान गरिएको पत्रिकाले बताएको छ।

द बैंकर पत्रिकाले मलाई दिएको पत्रमा वैशाखको विनाशकारी भूकम्पपछि विकास साझेदारबाट सहयोग जुटाउन प्रभावकारी भूमिका खेलेको र कठिन परिस्थितिमा पनि स्रोत र साधन जुटाएको उल्लेख गरिएको छ। अजरबैजानको बाकुमा भएको एसियाली विकास बैंकको बैठकमा भाग लिन गएर त्यहाँ मैले विभिन्न बैठकमा सम्बोधन गरेर नेपालको लागि विकास साझेदारहरुलाई नेपालको महाभूकम्प तथा यसको असरबारे जानकारी गराएपछि विश्वको ध्यान नेपाललाई तत्काल सहयोग गर्नमा तानियो। यो भूकम्पपछिको उद्धार, सहायता र पुनर्निर्माणको लागि पहिलो अन्तर्राष्ट्रिय प्रयास थियो। त्यसपछि हामीले भूकम्पपछिको क्षति र आवश्यकता पहिचान गर्न अध्ययन गरेर पिडिएनए तयार गर्यौं्। यो प्रतिवेदनले भूकम्पपछिको क्षति, घाटा तथा पुनर्निर्माणको लागि चाहिने लगानीको प्रक्षेपण गर्योि। त्यसैको आधारमा हामीले नेपालको पुनर्निर्माण्को लागि काठमाडौंमा सफलतापूर्वक अन्तर्राष्ट्रिय सम्मेलन गर्यौंर। भारत, जापान, विश्व बैंकजस्ता नेपालका विकास साझेदारले समेत दाता सम्मेलन नेपालबाहिर गर्न दबाब दिँंदा पनि नेपालमै एउटा अत्यन्त सफल सम्मेलन गरेर नेपालले भूकम्पपछि आत्मविश्वास गुमाएको अवस्थामा पनि दाता सम्मेलन गर्नु र रकम जुटाउनु सकिन्छ भनेर सिद्ध गर्नु एउटा ठूलै उपलब्धि हो। यसबाट विकास साझेदारले आफ्नै आँखाले नेपालको अवस्था देख्न पाए। अर्को, भूकम्पले क्षतविक्षत भएको पर्यटन उद्योगले पनि केही मनोवैज्ञानिक ढाडस पायो। यसरी भूकम्पको २ महिनाभित्रै हामीले अन्तर्राष्ट्रिय सम्मेलन गरेर ४०१ अर्ब अमेरिकी डलरको सहयोगको प्रतिबद्धता प्राप्त गर्न सफल भयौं। यसका साथै हामीले गरेका आर्थिक सुधारको प्रयास पनि यो पुरस्कार पाउने कारण बन्यो।

पुरस्कार प्राप्तिपछि सामाजिक सञ्जालहरुमा देशको अर्थतन्त्र खराब भएकोमा तपाईंको धेरै आलोचना पनि गरियो नि?

अर्थमन्त्रीको काम स्रोत जुटाउने हो, त्यसमा म सफल भएको हुँ। अर्थतन्त्र धराशयी बनाउन एउटामात्र मन्त्रीले सक्ने कुरा होइन। भूकम्प, नाकाबन्दी र जनयुद्ध एउटा अर्थमन्त्रीले कसरी रोक्न सक्छ? देशको आर्थिक अवस्था खराब हुनुका पछाडि राजनीतिक अस्थिरता जस्ता गैरआर्थिक कारण जिम्मेवार छन्। पछिल्लो ८ वर्षमा हामीले ९ वटा सरकार देखिसकेका छौं। यस्तो राजनीति अस्थिरता र राजनीतिकरुपमा प्रशिक्षित कर्मचारीतन्त्रले कसरी अर्थतन्त्र सुधार गर्न दिन्छ? तर, यसका बाबजुद २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि हामीले सुरु गरेको उदार आर्थिक नीतिकै कारण अर्थतन्त्रको जग बसेको हो। हामीले उदार अर्थनीति लिएर बजारलाई खुला गरेको कारण नै वैदेशिक लगानी भित्रियो। धेरै बैंक तथा वित्तीय संस्था आए। सञ्चारका नयाँं कम्पनी आए। मोबाइल प्रविधि भित्रियो। स्वस्थ्य, शिक्षा, हवाइ यातायातजस्ता क्षेत्रमा देशले फड्को मार्यो्। जसका कारण अर्थतन्त्र विस्तारित भयो। धेरै अवसर सिर्जना भयो। यस्तै, सरकारको ढुकुटी पनि बलियो भयो। हामीले त्यतिबेला बजेट बनाउँंदा १३ अर्ब रुपैयाँको राजस्व लक्ष्य थियो, अहिले ५ खर्ब हाराहारी छ। राजस्व बढेपछि सरकारले सामाजिक सुरक्षा र विकासका काममा खर्च बढाउन सक्यो। जस्तो नेपालले सामाजिक सुरक्षामा कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत खर्च गर्दछ, जुन दक्षिण एसियामा नै सबैभन्दा धेरै हो। यो सबै सम्भव नेपाली कांग्रेसले २०४७ सालमा ल्याएको उदार अर्थनीतिको कारण सम्भव भएको हो। लामो राजनीतिक अस्थिरता, द्वन्द्व र कमजोर सरकारका बाबजुद प्राप्त यी उपलब्धिलाई नकार्न मिल्दैन। आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि नेपालले पछिल्लो साढे २ दशकमा धेरै उपलब्धि हासिल गरेको छ। नेपालीको औसत आयु दोब्बर भएको छ, खानेपानी, स्वास्थ्य र सडकजस्ता पूर्वाधार बढेका छन्। यी देखिने उपलब्धि हुन्। हो, यदि राजनीतिक स्थायित्व र नीतिको परिवर्तन नभइरहेको भए योभन्दा धेरै गर्न सकिन्थ्यो।

तपाईंले सुरु गर्नुभएको दोस्रो चरणको आर्थिक सुधार पनि राजनीतिको सिकार भएको हो?

हामीले बाफिया, राष्ट्र बैक ऐन जस्ता आधा दर्जन आर्थिक सुधार सम्बन्धी ऐन तथा नियम संशोधन गर्न संसदमा दर्ता गरिसकेका थियौं। अझ, सार्वजनिक खरिद ऐन त विधेयकबाट नै ल्याएका थियौं। तर, अब त्यो अलपत्र परेको छ। नेपालको सबैभन्दा ठूलो समस्या भनेको अति राजनीतिकरण हो। जस्तै, मैले अर्थ मन्त्रालयमा कुनै अनावश्यक सरुवा गरिन तर हालको सरकारले आफू आउने बित्तिकै सहसचिवहरुको व्यापक सरुवा गरेको छ। अति राजनीतिले संस्थाहरु पनि बलियो हुन सकेनन्। जसको असर निजी क्ष्ेात्रका लगानीकर्ता र अर्थतन्त्र सबैमा पर्योर।

पुनर्निर्माण प्राधिकरणमा पनि राजनीति भएर पुनर्निर्माण ढिला भएको हो? हामीले २ महिनाभित्रै अन्तर्राष्ट्रिय सम्मेलन गरेर सहयोग जुटायौं। तर, प्राधिकरणमा पनि धेरै राजनीति भयो। हामीले ल्याएको विधेयकलाई छोडेर अर्को विधेयक ल्याइयो। पीडितहरु आफनो घर बनाउन सरकारको मुख ताकेर बसेका छन्। सरकारले छिटो डिजाइन स्वीकृत गरेर पहिलो किस्ता सहायता निकासा गरिहाले उनीहरु आफनो घर बनाउन थाल्थे। सरकार व्यक्तिगत स्वार्थमा अल्भि्कएको छ। समस्यालाई हल्का रुपमा लिइरहेको छ। जनताका पीडामाथि मजाक गरिरहेको छ। यो सरकार समस्याप्रति गम्भीर छैन, किनकि उनीहरुले समस्याको गम्भीरता बुझेकै छैनन्।

यसैको कारण देश आर्थिक मुद्दामा प्रवेश गर्न चुकेको हो?

हो, कर्मचारीतन्त्रमा धेरै राजनीति, राजनीति दलको सत्ता कब्जा गर्ने दाउ जस्ता काराणले आर्थिक मुद्दा हराएका हुन्।

यसको अर्थ आर्थिक उदारीकरणको पक्षपाति नेपाली कांग्रेसले मात्र देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा डोर्यारउन सक्छ भन्ने हो?

हो। नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त अर्थात बहुलबाद नै सबै राजनीतिक दलकले आज र्स्वकारेका छन्। त्यस्तै, कांग्रेसको उदार अर्थनीतबाट मात्र देश समृद्ध हुन्छ भन्ने कुरामा दुईमत छैन। आज देशका सबै दल नेपाली कांग्रेसको सिद्धान्त, मूल्य मान्यता र दर्शनमा चलेका छन्। त्यसैले नेपाली कांग्रेसले मात्र देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा देशलाई डोर्यायउन सक्छ।

तर, त्यसको लागि पनि त नेपाली कांग्रेसमा बलियो नेतृत्व चाहियो नि होइन?

अवश्य, यो देशलाई विकासमुखी नेतृत्व चाहिएको छ। र नेपाली कांग्रेसको १३औं अधिवेशनले एउटा यस्तै बलियो नेतृत्व चुन्नेछ। जसले देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा डोर्या उन सक्छ।

नेपाली कांग्रेसको १३औं अधिवेशनमा तपाईंको पनि उम्मेदवारीको चर्चा छ नि?

हो, म पनि एउटा उम्मेदवार हुँं। केही साथीहरु मलाई सभापतिमा उठ्नुपर्छ पर्छ भन्दैछन्। म पनि गम्भीरतापूर्वक विचार–विमर्श गदर्ैैछु। कुन पदमा उम्मेदवारी दिने भनेर म केही दिनमा नै निर्णय गर्नेछु। -
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters