[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "के छ ?"

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3  
[VIEWED 29034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-24-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कसैले के छ? भनेर सोध्यो भने तपाइ के भन्नु हुन्छ?

कसैलाइ भेट्दा वा फोनमा कुरा गर्दा सोधीने बाक्य नै हो यो। कुराकानि बढाउन सजिलो, औपचारिकता निभाउन सजिलो, अझ त्यो भन्दा बढी नयाँ कुरा थाहा पाउन सजिलो। समाजको एउटा चलन, कुरा गर्ने तरिका। नेपालमा हुँदा "हालखबर के छ? "भनेर कसैले सोधी हाल्यो भने "आरामै छ" भनिन्थ्यो वा "राम्रो छ" भनिन्थ्यो। सन्चो नभए पनि सन्चै छ भनिन्थ्यो, बाटोमा बसेर के लामो कुरा गर्नु भनेर।  सकेसम्म औपचारिक्ता छोटै होश् भन्ने इक्ष्या हुन्थ्यो मेरो। केहि कुरा नै छ भने पनि पछि आफै थाहा पाइहल्छ नि हल्ला चले पछि भन्ने लाग्थ्यो। तैपनि कोहि कोहि १५ मिनेट लामो "के छ?" भनेर सोध्थे, भएभरको रामकहानी सकेपछि पनि "अनि?" भनेर सुनिरहने। सानैदेखि अरुसङ नरम भएर बोल्नु पर्छ भन्ने मन्त्र सुनिरहेकोले "के छ?" को मुख्य मुख्य र सहायक बिशय बस्तु सक्दा पनि फुल बुट्टा भरेर कथा सुनाउनु पर्थ्यो। तेहि भएर "के छ?" भन्ने प्रश्नको उत्तर गार्हो थिएन, केहि नैं केहि भैरहेकै हुन्थ्यो। टोलमा रोचक घटनाहरु हुन्थे। एकपटक बिहानै छिमेकीको घरमा "शुभ बिबाह" को रातो तुल देखेर बिहान "वाक" जाने सम्मानिय ब्यक्तिको मुटु झन्डै रोकिएको थियो। त्यो घरमा बिबाह योग्य कोहि थिएनन्, दुइटा छोरा बिदेशमा पढेर उतै घरजम गरिसकेका र घरमा आमा र बुबा मात्र थिए। पछि थाहा भयो राति कहाँबाट उपद्र्या केटाहरुले बिबाहको तुल ल्याएर राखिदिएका रहेछन्। त्यो घटनापछि "के छ?" को मुल बिशय कति दिन सम्म त्यहि भयेको थियो।

अब अहिलेको कुरा गरौं। कसैले के छ? भने म "उस्तै छ" भन्छु। "उस्तै भन्नाले।" फेरि प्रश्न आँउछ भन्ने डरले नैं "केहि छैन" भन्छु। "कस्तो केहि छैन भन्या? बोल्न पनि पैसा पर्ने जस्तो।" भनेर एकजना दिदीले चित्त दुखाउनु भएपछि म फेरि के छ ? को पुरै उत्तर दिन थालेको छु।
मेरि एउटी साथीले अस्ति फोन गरी, फेरि प्रश्न उहि थ्यो "के छ ?"

"रुघा लागेर नाक बन्द छ।"

"अनि?"

"जाँच छ।"

"अनि।"

"भोक लाग्या छ।"

"अस्ति पनि तैले यहि भन्या थिइस् मलाइ। अस्तिको होइन, अहिले को हालखबर सोधेको तँलाइ। अहिले के छ?"

"मैले पनि अहिलेको कुरा गर्या। अस्तिको होइन।" मलाइ नि रिस उठ्यो भएको कुरा गर्दा पनि फेरि "अहिले के छ रे?"
"तंलाइ त लामै रुघा लाग्दो रहेछ, २ महिना अघि पनि रुघा नैं लागेको थ्यो, बोल्न मन छैन भन न खुरुक्क।" निक्कि झर्की फोनमा।

" २ महिना अघि रुघा लाग्याथ्यो, क्लारिटिन खाँए, १ हप्ता नाक सुख्खा भयो, अर्को हप्ता फेरि चिसो भयो, फेरि नाक बग्न थाल्यो, घाँटि चिलायो, खोकि लाग्यो, रुघाले ग्रस्त बनायो।" पूर्ण बिबरण दिंए, सके मेरो रुघाको रिपोर्ट नै बनाउछे कि भनेर।

"बेसार पानी खाइस्?"

"खाँए।"

"नाइकुइल ट्राइ गर।"

"गरें"

"अरु के के गरिस्?"

"एलर्जी र रुघाको सबै औसधी खाइसके। तैपनि  उस्तै छ।" आफुलाइ टिस्स्यु पेपर लिन हतार भैसकेको थ्यो। नाकबाट गंगा जमुना बग्दैथ्यो। निक्कि ठुलै सोचमा थी उता।

"अनि अरु के छ त?"

"अहिले मलाइ हाछिँउ आउन लागिराको छ।"

"तेस्तो जाबो नाक काटेर फालिदे।" निक्कि हाँसी मज्जाले मेरो रुघा लागेको नाकमा उपहास गर्दै। देख्नु भयो "के छ?" कति असंबेदनशिल हुन पुग्दो रहेछ कहिलेकाहि। चुपै लागें, अब त कुरा सके हुन्थ्यो नि। फेरि सुरु गरी।

"अस्ति पनि जाँच नैं भन्थिस् नि।" कति लामो कुरा गर्नु पर्‍या हं आफुलाइ यस्तो गार्हो भाको बेला।

"फेल भये नि।"

"राम्रो पढ्नु छैन।" फेरि उल्टै अर्को आरोप।

"प्रश्नै नपढेको आये पछि के त?"

"ल ल ! राम्ररि पढ!" भन्दै बल्ल फोन राखी। मैले भगवानलाइ धन्यबाद दिए। यो "के छ?" ले मलाइ धेरै सतायो प्रभु अरु "के छ?" को उत्तर दिन नपरोस्।

मलाइ मात्रै यस्तो हो कि अरुलाइ पनि। सोचे मिनिलाइ मेल नलेखेको धेरै भाको थ्यो। उसले पनि "के छ?" भन्ली भन्ने डर। यो बेला म सङ खाली उहि पुरानै उत्तर मात्र छन्, नयाँ केहि भाको छैन भन्दा पनि कोहि पत्याउदैनन्। मिनि त होइन मैले सारालाइ मेल लेखेर सोधें "के छ?"
साराले तुरुन्तै रिप्लाइ लेखी। "खुशीको खबर छ।" मेरो आफ्नै नभएपनि साथीको भएपनि केहि त भएकै रहेछ भनेर मलाइ पनि खुशी लाग्यो तर अर्को लाइनमा लेखिएको थियो।" मिनि छिट्टै आमा बन्दैछे।"
मलाइ ठुलो झट्का लाग्यो। आफुलाइ मात्र होइन अरुलाइ  "के छ?" भनेर सोध्दा पनि अनपेक्षित उत्तर आँउदो रहेछ।

मिनि १८ बर्स मुनिकि होइन, बच्चा नै जन्माउन नसक्ने पनि होइन। तर तेत्रो २ बर्स संगै बस्दा पनि मैले उसको ब्वाइफ्रेन्ड देखेकी थिइन, न त उ बिबाहित थी। एक बर्स अघि मात्र उ र सारालाइ बैंककमा छोडेर आँउदा मिनिले त्यस्तो खुशीको खबर सुनाएकी थिइन। असंभव! यस्तो हुनै सक्दैन। मैले अनुमान लगांए, अड्कल काटे। मलाइ बिस्वास लागेन। फेरि सारालाइ मेलमा सोधे "मिनिको बिहे भयो?" "छैन।" साराले यसरी उत्तर दिइ, मानौं यो कुनै ठुलो कुरा होइन। म झनै दुबिधामा परें। अरु कुरा सोध्न मिल्ने कि नमिल्ने? मलाइ लाग्यो सारा म संग जोक गर्दैछे। अर्को मेल लेखे "प्लिज सारा! यस्तो कुरामा म संग जोक नगर।"

अब त मलाइ अरुले "के छ?" भनेर सोध्दा पनि पीर, अरुलाइ "के छ?" भनेर सोध्न पनि डर लाग्न थाल्यो।

क्रमश:

Last edited: 24-Jan-09 04:58 PM
Last edited: 24-Jan-09 04:59 PM
Last edited: 30-Jan-09 02:23 PM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-31-09 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को नाक महात्यम साचिकै क्रेजी छ
कम्ती हसाँएको त होइन


कस्त कस्ता साउन्ड इफेक्ट जडित अदभुत नाक रैछ बा....
कहिले काही बाँसुरी पनि बज्छ हो?


 
Posted on 02-01-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


लौ न, यो फुच्चेले फेरि के गर्ने भयो मेरो नाकलाइ भन्दै म नाकलाइ छाम्न थाले।



"किन चाहियो आन्टिको नाक?" बाउले अलि कडा स्वरमा सोधे।



 


"आन्टिको नाक लानेssssssssssss"भन्दै फुच्चे फेरि रुन थाल्यो। कस्तो मात्तेको फुच्चे रैछ बाइ। नाक पनि झिकेर लाने बस्तु हो कतै?



 


"किन बाबा? आन्टिको नाक किन लाने?" आमाले फकाइ।

"आन्टिको नाक त क्या मजाले चुँइsssss चुँइ ssssssss बज्छ।" बच्चोको कुरा सुनेर आमाबाबु दुबै राता भए, त्यो भन्दा बढी मेरो नाक रन्कियो। कस्तो जमाना आयो? लौ सुन्नु भयो? फुच्चेले त मेरो नाकलाइ सिटि पो भन्ठानेछ। अझ मेरो नाक लगेर बजाउने रे!



 


हे भगवान! मेरो नाकलाइ सिटि होइन, नाकै जस्तो बनाइदेउ प्रभु!


 


भाग-४


भगवानको नाम मात्र के लिएकोथें। निक्कि प्रकट भइ, भगवान साँचिकै रहेछन् भन्ने झन बिस्वास लाग्यो। निक्किले मलाइ आएर अङालो मार्दा कानमा बिस्तारै फुस्फुसाँए "निक्कि! मलाइ जसरी भए पनि लग्, जहाँ भएपनि लग्।"



"के भन्याँ?" ठुलो स्वरले पो कराँउछे उ त झन। फुच्चेले पुलुक्क मलाइ र निक्किलाइ हेर्‍यो। मैले आँखै आँखाले निक्किलाइ मलाइ यहाँबाट लग् भने। उसले अलि नजिकै आएर मेरो समस्या सुनी। त्यतिखेर सम्म फुच्चेले मेरो नाक कुनै पनि हालतमा नपाउने भन्ने थाहा पाइसकेकोथ्यो र घर  जान लागिसकेकोथ्यो।



निक्किले मेरो उदार गरी।



"मेरो प्रिय सखी! आज तंलाइ संसारको आठौं आस्चर्यहरु अबलोकन गराँउछु।" त्यसो भनेको सुन्दा मेरो मुटु ढुक्क फुल्यो। निक्किको कुरा जहिले पनि सुन्दाखेरि २ ले गुणा गर्नु पर्छ र त्यसमा ५ घटाउनु पर्छ। मैले हिसाब किताब राम्रो बुझ्न सकिन। म सोच्दै थेँ, निक्किले मेरो हात समातेर यस्तो ठाँउमा लगी, जहाँ नाचगान भैरहेको थ्यो। सबै उमेरका मान्छेहरु थिए त्यहाँ। डान्सफ्लोर भनौं है एकैछिनलाइ। नाकको ड्युटीलाइ नरोकी म नाचगान हेर्न थाँले। निक्कि मेरो छेउमा बसेर नयाँ अनुहारहरु चिनाउदै थी। मलाइ गज्जब लाग्यो थरि थरिका नाचहरु देखेर, एकैछिनलाइ मेरो नाकलाइ रुघा लागेको छ भन्ने कुरा पनि बिर्सें।



"हे मेरी सखी! ती सुन्दर युबक "वारि जमुना पारि जमुना.......... " जस्तो स्लो गीतमा पनि बेला बेलामा करेन्ट लागे झैं झनझनाँउने गर्दछ। मेरो बिचारमा उनको नजिकै कहिं करेन्टको खुला श्रोत त छैन?" यस्तो कौतुहुलता अगाडि नाचिरहेको युबकको शरीर बेला बेलामा करेन्ट लागेझैँ गरी झनझनाएको देखेर उब्जेको हो साथीहरु! अन्यथा होइन।



"सखी! तेरो अपलक हेराइले ती युबक करेन्ट लागेर झनझनाउने मात्र होइन। अहिले रिङटा लागेर यहिं ढल्न सक्छ। त्यसैले मेरी सखी! उसलाइ एकोहोरो हेर्न छोडिदे। अब उता पनि नजर लगा।" निक्किले बेला बेलामा राम्रै कुरा गर्छे। मैले त्यो युबकको नाचबाट अर्को भलादमीको नाचतिर नजर घुमाँए।


भलादमीको नाच अरु रोचक थियो। उनी आकाशतिर हेर्दै दुबै हात फैलाँउदै फनफनी घुमी रहेका थिए। मेरो सानो दिमागले अझै केहि बुझ्न सकिन र निक्किलाइ सोधें।



"निक्कि! यहाँभित्र पनि कागहरु आँउछन्?"



"घरभित्र कसरी आँउछन् कागहरु? नचाहिने कुरा किन गर्छेस् क्रेजी?"



"मलाइ लाग्छ उहाँ कागलाइ धपाइरहनु भएको छ। तर म उहाँले धपाउनु भएको काग देख्दिन। के यो मेरो आँखाले पनि धोखा दिन थालेको हो?" मैले निक्किलाइ फकाँए।



"हे क्रेजी! त्यो काग आउनु भन्दा पहिले नैं धपाइने नाच हो। तँ चुप लागेर अबलोकन गर्दै जा।"



"ठिटिहरु ! लौ आओ। अब हामीहरु नाच्ने।" एकजना दिदीले निक्कि र मलाइ तान्न थाल्नु भयो। मैले हत्त न पत्त इमर्जेन्सीको लागि "टिस्यु" कोचेँ पाँइटको खल्तीमा। त्यहाँबाट भागेने उपाए थिएन। 7/8 जनाको एक ग्रुप भैसकेकोथ्यो डान्स फ्लोरमा। काग धपाउने भलादमी र करेन्ट लागेको युबक त्यहाँबाट हराइसकेका थे। निक्किले मलाइ कानैमा भनी,"बुझिस्! यो दिदी क्या दामी नाच्नु हुन्छ।" मैले २ ले गुणा गरेर ५ घटाउन बिर्से र निक्किले जे भनी सोझै पत्याँए। आफुलाइ नाच्न आउने भए पो शंका गर्नु। आफु पनि त्यस्तै लुगा सुकाको जस्तो गरेर हल्लिने मात्र हो।



फेरि अर्को थपी" उहिलेको क्लासिकल डान्सर हो नि पि.के. कलेजको।" त्यो पनि बिस्वास गरें। एकछिन कुन गीत बजाउने भन्ने छलफल भयो। आखिरमा दिदीको रोजाको गीतमा नाचिने भयो। दिदीले "आज बार्ह हाते पटुकीको कुरा गर मायालु..........." भन्ने गीत रोज्नु भयो। यो गीत कुन चाहिं नेपाली फिलिमको रहेछ। आजकाल जहाँ पनि त्यहि गीतमा नाच्ने रैछन् नेपालीहरु। दिदी बिचमा, म बाँया, निक्कि दाँया, हाम्रो अघि र पछि पनि अरु केटिहरु थिए। म्युजिक शुरु भयो, ठ्याक्कै तेहि बेला नाक पनि बग्न थाल्यो। आपतकालिन समयको लागि भनेको "टिस्यु" प्रयोग गरें। म्युजिक सकेर " आज बार्ह हाते पटुकीको" मात्र के शुरु भाको थ्यो, दिदी त मलाइ धकेल्दै १२ हातै फनक्कै घुमेर उफ्रिनु भयो, म पछाडी केटिको ढाडमाथि बजारिएं, तुरुन्तै निक्कि पनि मैं माथि लडी। दिदीको १२ हातको फन्को अझै सक्या रैनछ, धन्न गीतमा २० हातको पटुकी रहेनछ बाइ। नत्रभये हामी उठ्नै पाँउदैनथ्यौं। नाच हेर्नेहरु "उठ, उठ" भन्दैथे। उठ्दै गर्दा देखें, मेरो नाक आफै जसको ढाडमा लडेको थिँए, उसैको लुगाले सफा भइसकेको रहेछ। मलाइ उसको ढाडमा लागेको मेरो नाकको निशानीहरु देखेर लाज लाग्यो। उसले थाहा पाउनु अघि जानु पर्छ भनेर उठ्न खोजें।


 उठ्दै गर्दा मलाइ अचानक यस्तो लाग्यो, संसार निकै सुन्दर छ, यो सुन्दर संसारको सबै सुगन्धहरु मेरो नाकले अनुभुत गर्न थालेको छ। मेरो मुखबाट अचानक एउटा शब्द निस्क्यो "खुल्योssss। खुल्योssssssss।"


त्यहाँ भएका सबैले आ-आफ्नो शरीरका कहिले कहिँ बिभिन्न कारणबश खुल्न सक्ने संभाबना भएका अङबाहिरका लुगालाइ निरिक्षण गर्न थाँले।



निक्किले पनि उसको लुगा निरिक्षण गर्दै सोधी "के?"



"मेरो नाक!" मेरो खुशीको सीमाना थिएन। कोठामा ठुलो हाँसो फैलियो।


समाप्त!

Last edited: 01-Feb-09 07:59 PM
Last edited: 01-Feb-09 08:06 PM

 
Posted on 02-01-09 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prezz!


k cha mori? Long time no see.


Thanks for smiling!


Planet10!


Thanks for your comment!


mero naak khulisakyo aba! tyasaile techno music bajdaina, basuri pani bajdaina.he he he!


 
Posted on 02-01-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झक्कास् कथा - खुल्यो खुल्यो रे त्यो पनि डान्स फ्लोर मा - के के न खुल्यो भन्या त मुइचाँ को नाक पो रैछ।

तर कथा पढेर एउटा कुरा को त ज्ञान भयो क्रजी कै मुख बाट सानो दिमाग छ भनेर

सानो दिमाग भएपछी बाइ डिफल्ट सानो टाउको हुन्छ होला

अब क्रजी कस्तो छ भनेर गेस गरेर चित्र कोर्यो भने त टाउको सानो बनाउनु पर्ला

अनी नाक चाँही ठुलो - अब घरि घरि रुघा लाग्ने नाक ठुssssssलो नभए सानो हुने कुरै भएन नि कि कसो

एनी वे - कथा राम्रो छ भनेर भन्नै परेन - अरु पनि लेख्दै जानु पढ्ने मान्छे हामी छदैछ नि

तर एक जुग कुराउने काम चाँही गर्नु भएन - कती कुर्ने वाक्क दिक्क लाग्ने गरी पनि कुराउने हो

नेक्स्ट टाईम देखी नगर्ने है - ल चीएर्स

अनी एउटा कुरा त भन्नै बिर्सेंको

अब देखी मुइँचा लाई रुघा लाग्यो भने डान्स फ्लोर मा लाग्ने नै छेड्की हानेर लडाउने

अनी खुल्छ नाक साक सबै - किन डि-कोल्ड सि-कोल्ड चाहियो हैन

बेकारमा पैसा को मात्र बर्बाद - गज्जब को नाक रैछ मुइँचा को

Last edited: 01-Feb-09 08:29 PM

 
Posted on 02-01-09 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे!


तर कथा पढेर एउटा कुरा को त ज्ञान भयो क्रजी कै मुख बाट सानो दिमाग छ भनेर


तिम्रो दिमाग कति किलोग्राम छ हँ? कल्पनाइ गर्न नसकिने गरि चाहि नभन है। १ किलोग्राम छ भने टाउको कम्तिमा पनि २ के. जी. हुनु पर्छ। तेत्रो ठुलो टाउकोको stand  घाँटि कम्तिमा पनि ४ के. जी.....


Oh my Gosh! I can't imagine how giant lahare is..


Thanks for prompt response pasa! 


 
Posted on 02-01-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफै ले सानो दिमाग भन्छ आँफै कराउँछ

जती कराएनी के - एउटा कान ले सुनेर अर्को कान ले उडाउने बानी छ के -

मुइँचा ले के भन्यो भन्यो केही सुनिएन
 
Posted on 02-01-09 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेको मुँइचा भन्ने थुतुनो सिलाउन पाए नि हुने।


लौ न, हर्के,  बिस्टे र राहुल दा। छिट्टै लहरेको मुखको पनि अपरेसन गर्नु पर्‍यो।


 
Posted on 02-01-09 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख सिलाउने रे

नाक ले नि भन्छ रुघा लाग्यो भने - सुइँचा सुइँचा भनेर लोल

ल अब भन मुइँचा मनपर्छ कि सुइँचा
 
Posted on 02-01-09 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लासिक हाँसियो ! (क्रेजीको कमेडीलाई भन्दा नि आफ्नै हसाईलाई कम्प्लिमेन्ट दिया नि ! हि ही ! )


 


सिरियस्ली, अलि बढी पाठकसम्म पनि पुग्न र अलि आफ्नो परिचय स्थापना गर्न पनि मूलधारका प्रकाशनतिर लाग्नुपर्‍यो । कि त्यतैको मान्छे यता पनि सुटुक्क आ हो ? हो भने मलाई पटक्कै आश्चर्य लाग्ने छैन ।


 


Nepe


 


 


अनि क्रेजीको नाकको सम्मानमा यो चित्र


 


 



 
Posted on 02-02-09 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए लहरेको नाक पनि सिलाउनु पर्ने रैछ। अनि हेरौला के के भन्न सक्दो रहेछ।


ए, लहरे! तिम्रो "ज्या मरु"। खालि अरुलाइ जिस्काउनलाइ।


नेपे ज्यु,


धेरै पछि दर्शन पाइयो। त्यो पनि त्यति राम्रो फोटा लिएर आउनु भएछ। नाकलाइ त्यसरी स्टिमरको रुपमा सदुपयोग गर्न पाए कति रमाइलो हुन्थ्यो। फोटाको हिरो असाध्यै हेन्सम लाग्यो।


अँ। प्रकाशनको लागि सोच्नै पर्छ होला जस्तो छ है?


आजकाल हजुरको गजल पढ्न पाइएको छैन। गजलको आशामा छु म पनि।


 
Posted on 02-02-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी, के छ?

रमाइलो लाग्यो कथा, र अझ बिशेष गरी त्यसको अन्त्य।   

 
Posted on 02-02-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि साझा खोलेको स्वस्थानि को महिनामा नाकमहात्म्य पढ्न पाइयो I sallute ur versatility first!!!!!!!नया प्रयोग ,उत्तम प्रयोग ,शुरु देखि अन्त्य सम्म हाँसियो !!!!
तर लगाएको आरोप चाहिँ मन परेन ,
मैले तिम्रो नाक कहिले माँगे ??? फुच्चेले नाक माग्यो भनेर गफ दिने साहिँलि?????


 
Posted on 02-02-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज मारी हसाएर
रमाइलो भयो यार, एका बिहानै हासियो, दिल खुलाएर


अनी "बार्ह हाते पटुकी....." नाच्ने दिदिको एक हात ले तिम्रो नाक खुलेको हो? लौ न.... कहाँ हुनुहुन्छ उहाँ? मलाई पनि दिदिको हात काम लाग्ला जस्तो छ बेला बेला मा, बरु कत्तिको सार्हो थ्यो? रुघा सहन गाह्रो कि दिदिको हात?  जुन सजिलो त्यही उपाय रोज्ने म


प्रेज, कता हो तिमी?  धेरै नहराउन सिसु


 
Posted on 02-02-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी, यु रक गर्ल।
मज्जाको हासो हासियो,दिमाग नै फ्रेश हुने गरेर।
नेपे दाजु ले भने झै एसो बाहिर नि निस्किनु पर्‍यो। 
अर्को नौलो प्रस्तुती को प्रतिक्षा मा।

क्रेजी रिडर -बिस्टे

 
Posted on 02-02-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइँचा ज्या मरु - उकेला छन्त ह्याका चोनौ


ज्या दुसा: ला खुरु खुरु ज्या याना चोने का जि मुइँचा


ख: मथु थो मुइँचा न हिही


 
Posted on 02-02-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


>गजलको आशामा छु म पनि


 


ल त्यसोभए एउटा तात्तातो शेर:


 


अचानक उनको मूर्तिवत् स्थिरता र दीर्घ मौनताले हुनैलाग्या थ्यो मेरो हृदयाघात


प्राण त बल्ल फर्क्यो जब विस्फोट भयो उनको हाछ्युँ विराट ध्वनीका साथ !


 


Nepe


 


 


Bless You !


 



 
Posted on 02-02-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो बाह्र हाते नभर बिस हाते भको भये त खत्तम नै हुने थियो होला नि है । हा हा हा ।


गूड वान । लेखम है लेखम अरु पनि ।


Crazily waiting for another crazy story from crazy love.


 


 
Posted on 02-02-09 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

    ma mare!  crazZ nakeswori maicha ki jay jay jay! estai estai nakemahatmya feri feri padhna paiyous maicha!


dippuu, aba ali fursad bahyo aba harauna sisu, khai timi pani lekha na.  


 


 
Posted on 02-02-09 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले!


एउटा नाक छ, त्यो पनि फुच्चेले (फुच्चेकेटो हैन नि) मागेर हैरान गर्छ।


फुच्चे,


म त तिम्रो नयाँ कथा कहिले पढ्ने भनेर कुरिराको। धेरै नकुराउ, नाकको हालत नाजुक छ।


फुच्चे तिमिले नाक माग्या हैन र? ए, तिमि त फुच्चेकेटो पो त। बल्ल सम्झें।


दिपु,


तिम्रो ठेगाना लेखेर पठाउ म त्यो दिदीलाइ मेलबाट पठाइदिन्छु। नाक त अझै बग्दैछ साथी।


प्रेज्जको चालामाला बुझ त एकचोटि। आजकाल भेटघाट नैं गार्हो छ।


बिस्टे,


धन्यबाद! बाहिर निस्कन त मन लाग्छ तर चिसो धेरै छ के।


लहरे!


योम्मा, बिर्खेको घरबाट कुखुरा चोरेर खाको!! त्यो पनि आधारातमा एक्लै पोलेर खाको।


पख अब भन्दिन्छु बिर्खेलाइ।


नेपेज्यु!


वा वा! क्या राम्रो गजल। तर हाँछिउले बोर गर्‍यो नि।


हर्के!


२० हातको त सारी हुन्छ होला है? जे भए पनि त्यस्को गीत चाँहि नबनोस्।


कमेन्टको लागि धेरै धेरै धन्यबाद!


प्रेज्ज!


तिम्रो दर्शन गर्न कुन मन्दिरमा जानु पर्छ र के के नैबेध्य चढाउने पर्छ? जानकारी पाम त।


 


 


 
Posted on 02-09-09 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey crazZ maicheswori, naivedya bhaneya afulai man perne khaneykura haina? malai momo naivedya chadhau  


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters