[Show all top banners]

Sajha Info
Replies to this thread:

More by Sajha Info
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

samaeBajii
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तिजको लहर : राताम्ये छाएको
Keywords associated with this thread

Boston Teej
[VIEWED 12241 TIMES]
SAVE! for ease of future access.
Posted on 08-26-09 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिजको लहर : राताम्ये छाएको वोस्टनको त्यो साँझ !

- शिव प्रकाश

हिस्सी परेकी सानी ओसिन घिमिरेले मप्रति साह्रै हार्दिकता देखाउँदै हातमा चिनो लगाइदिइन्, एउटा छाप ! साथमा उनले राफलको एउटा टिकट पनि दिइन् । म भित्र पसेँ । राफल पर्यो कि परेन थाह भएन !

मैले अमिगो भनेर जिस्क्याउने फुच्चे पुश्पल रेग्मी पनि नमस्तेको हाम्रो मौलिक अभिवाद गर्दै ठूलोबाबा - ठुलोबाबा भन्दै लुट्पुटिन आयो । उ सानो छ, तर उसको व्यवहार भने ठूलाको जस्तो छ । अमेरिका आएको पाँच वर्ष भैसकेको छ, तर पनि उसले आफूभन्दा ठूलाप्रति गर्ने आदर, सदाचार र कर्तव्य नभुल्दा म आफू उसँग आफनै घरगाउँमा भए जस्तो अनुभूत गरायो उसले । ओसनले पनि त्यस्तै व्यवहार देखाइन् साह्रै खुशी लाग्यो ।



बालाहरुको ममता र स्नेहले मन त्यतिकै पुलकित भएको थियो । त्यसमाथि भित्र पस्ने वित्तिकै मन चङ्गा जस्तो भयो, फुरुङ्ग भयो - त्यहाँको प्रफूल्लित वातवरण देखेर पस्ने वित्तिकै नाचुँ नाचुँ लागेको थियो ।

हाम्रा लेकबेशीका भीर पहरामा ढकमक्क लालिगुराँस फुलेजस्तो देखिन्थ्यो, त्यहाँ । रातम्ये थियो पुरै हल । तिजको रहर आयो बरी लै…… तिजको रहर आयो बरी लै ………गीत गुन्जिरहेको थियो । प्राय सबै नाच्न गाउनमा व्यस्त थिए । 

शिरवन्दी, पाउजु, पोते-तिलहरी, नारीभरी काँचका राता चुरासँग पहलै सुनका चुरा र राता सारीचोलोमा चिरिच्यट्ट सिँगारिएका नेपाली नारीहरु ! छमछम नाचिरहेका थिए……गीत उही बजिरेहेको थियो - तिजको रहर आयो बरी लै .... ! साच्चिकै कुन्नी कति भएको थियो यि आँखाले यस्तो नदेखेको !  
नहल्लिने जीउ पनि हल्लाएका छन् , नभाँचिने कम्मर पनि भाँचेका छन् । सक्ने र जान्ने नृत्यका पारखीहरु कोही पुतली नाचेजस्तो नाचेका छन् , छमछम । नजान्ने र खासै पारख नभएकाहरु  कम्मर नभाँचिए'नि सकिनसकी भए'नि जीउ हल्लाएका छन्,! केटाकेटीदेखि लिएर बैंसे, अधबैंसे र बुढीआमाहरुसम्म पनि पसिना पसिना भएका छन्, नाच्दामै । कस्तो उमङ्ग ! कस्तो जोस  ! कस्तो जाँगर ! लाग्थ्यो -वर्षभरीको हतासो, धावन्ती र थकानलाई सबैले विर्सेका छन् । तानातान छ नाच्ने र नचाउनेहरुको, यसैमा सबै रमाएका छन् ।

सोचेँ - यस्तै बेला हो जीन्दगानीका भोगइहरु, दुखः र पीडाहरु, थकान र मर्माहतहरु एकदिन भए पनि विर्सने । सबै कुरा विर्सेर मन र मष्तिष्कलाई एकदिन भए पनि काटिएको चङ्गा जस्तो निर्विध्न वहकिन दिने । अनि हराएको नाउ जस्तो दिशाहिन तैरन दिने । 

झपक्क राताम्ये छाएको तिजमय हलमा छमछम पाउजु बजिरहेछन् । गीत उही बजिरेहेछ आयो बरी लै…आयो बरी लै…तिजको रहर आयो बरी लै .... ! 

आँखाको रमिता मात्र हैन, नेपाली पन र नेपालीमनको भावनात्मक एकता पनि छ त्यहाँ । विभिन्न जातजाती, भाषाभाषी, धार्मिक मान्यता, सँस्कार र क्षेत्रियताका चिराहरुमा मातृभूमि नेपालभित्र र बाहिर चिरिदै गरेको नेपाली समाजलाई यो तिजको रहरले एउता सन्देश दिइरहेको थियो - "हामी एउटै मालामा, एउटै गुथ्थामा नेपाली मन र नेपाली पनलाई उनिरहेका छौं। हामी सबैभन्दा पहिला नेपाली हौं भनेर आफूले आफूलाई चिनाइरहेका छौं ।"



मनमनै गर्व गरे - यसरी नै सबै नेपालीले आफूलाई सबैभन्दा पहिला नेपाली भनेर सोचिरहुन् । यस्तै भावनात्मक एकता सबैतिर सधैं देखाइरहुन् । र, आफ्ना् पहिलो परिचय नेपाली बनाइरहुन् । अनि यो तिजको रहर जस्तै सबै नेपाली भाषाभाषी, जातजातीहरुका सबै पर्व सधैं सबै नेपालीको साझा पर्व बनिहरहुन् भन्ने कामना गरे ।

हल खचाखच जस्तै थियो । तिज कुन जातीको पर्व वा सँस्कार हो भन्ने थिएन, नेपालीको हो भन्ने थियो । आयोजक देवी भन्दै थिइन - सोचेभन्दा वढी भयो, खाना नपुग्ने भो के गर्ने होला ? तर खानाको चिन्ता कसैलाई थिएन । गाउन, नाच्न र रमाउनमै प्रायः सबै व्यस्त देखिन्थे । तिजको रहरले सबैलाई रहर लाग्दो बनाएको थियो । बोस्टन शहरमा पहिलो पटक आयोजना भएकोले पनि हुन सक्छ - सोचेभन्दा वढी उपस्थति, उत्साह र उमंग भयो । एकप्रकारको अद्भूत रहर छाएको थियो - तिजको रहर !
आधुनिताको खोक्रो समिश्रण भरिदै गरेको हाम्रो रुपान्तरित समाजमा तीजमा ब्रत बस्ने नवस्ने आफ्नो ठाउँमा आफ्नो व्यक्तिगत इच्छाको रुपमा परिकल्पित हुदैछ । तर विवाहिताले तिजको ब्रत वस्दा श्रीमान्को दीर्धायु हुन्छ र अविवाहिताले महादेबका नाउँमा ब्रत बस्दा असल वर पाइन्छ भन्ने धार्मिक मिथकता बोकेको हाम्रो मान्यतालाई जीवन्तता दिदै नेपाली चेलीहरुले प्रवाशमा एकातिर रमाइलो मानिरहेका थिए भने अर्कातिर हार्दिकता र एकतालाई पनि झल्काइरहेका थिए ।

रातो सारीचोलो लाउने यो विषेश पर्वमा प्राय सबै रातो सारीचोलोमा सिँगारिएका नारीहरुबीच केही मीनी स्कर्ट र पाइन्टमा आफूलाई अति आधुनिक देखाउन आएका नेपाली ठीटीहरु हाँसको बथानमा बकुल्ला जास्ता देखिएका थिए । 

चिटिक्क मिलाएर पहिरिदा सारी चोलोको पहिरनमा नेपाली नारीहरु जति सुन्दर देखिन्छन् त्यतिको सुन्दरता अन्य कुनै पहिरनमा नदेखेको अनुभूत मेरा आँखाहरुले गरे । सोचेँ - नारीहरुको सबैभन्दा सुन्दर (सेक्सी) पहिरन पनि सारी चोलो नै हरेछ !

डा. प्रगति पनि आफ्नो खिरिलो जीउ भाँच्दै नाच्दै थिइन । आयोजकहरु सबै व्यस्त थिए । महेश्वर माइकामा तिजका गीतका लहर मिलाएर बजाउनमा व्यस्त थिए । उनलाई पदमले साथ दिइरहेका थिए । विनोद र रामजी पानी आसार्दै थिए, पेशल पानी बाड्दै थिए । गर्मीले उकुसमुकु भइसक्दा पनि नाच्नेहरुमा थाकान देखिदैनथ्यो । कतियप भने नाच्दानाच्दा पसिनाले खलखल, प्यासले प्याकप्याक भए जस्तो पनि देखिन्थ्यो । एक तमासको रमाइलो थियो ।

न्यू ह्याम्पसायरबाट आएर भए नि लोकजी लोकको कल्याणमा लागेका थिए, भान्सामा यताउती गरिरहेका देखिन्थे । भान्साको सघन कक्षमा धनकुमार, उत्सव, शम्भु र भरतको ठट्यौलीले निकै रौनकता ल्याएको थियो । ध्रुवलाई भ्याइ नभ्याइ थियो, यता पनि उता पनि ! सिङ्कमा भाडा पखालिरहेका मित्र विष्णु कार्कीले काम गर्दा सानो हुइन्छ भन्ने नेपाली वडप्पनलाई लल्कारीरहेका थिए । निर्मला, राधिका र जेनी खाना बाड्मा व्यस्त थिए । 

सान र अर्का एक मित्र त्यो रमाइलो क्षणका तस्वीरहरु क्यमेरामा कैद गर्न तछाड्मछाड् गर्दै थिए । मानौ त्यहाँ दुःखी र उदास कोही थिएन भलै त्यो क्षणिक नै किन नहोस् । खुशी र उमगंको सीमा थिएन ।  
आउँदा तिजहरुले पनि वोस्टनलाई एकदिन भए पनि राताम्ये बनाओस् । अनि त्यो रहर, त्यो उत्सुकता, त्यो उमंग, त्यो खुशी र त्यो भावनात्मक एकता सधै-सधैं आइरहोस । छाइरहोस् । बाँचिरहोस् !

ओसिना देख्दैमा हिस्सी परेकी मात्र हैन मेघावी जस्ती पनि लागेको थियो । मेरो अनुमान सही भएछ । आज बिहानै ध्रुवको फोन आयो कामको व्यस्तताले फोन उठाउन सकिन । पछि सन्देश सुने - "हिजो साँझ भएको म्यासेच्युसेट्स स्टेट जुनियर व्युटी प्याजेन्टमा ओसिना प्रथम भइन ।"  छाती गर्विलो भो, नेपाली छोरीले यो दशदेश दूरमा सबैलाई उछिनेर पहिलो स्थान ल्याएकोमा ! 

सानी ओसिनालाई मेरो पनि वधाई !



२४ अगष्ट २००९ । बोस्टन, अमेरिका ।

Last edited: 26-Aug-09 06:29 PM

 
Posted on 08-26-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some pics from NY:




 
Posted on 08-27-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-09 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-09 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow.... some one is looking stunning..
Smile always as in the pic...






 
Posted on 08-29-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters