[Show all top banners]

ktmpatrol
Replies to this thread:

More by ktmpatrol
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

mazzakoent

Mister
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Found something I wrote on May 07, 2009.....still holds! :D
[VIEWED 5694 TIMES]
SAVE! for ease of future access.
Posted on 04-27-12 5:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 म पहिले देखिनै धेरै सोच्थें कि यहाँ अम्रिका आए पछी एती धेरै सोच्न थालेको हो चाहिं मलाई पनि पक्का थाहा भएन.. यो मेरो लागि वरदान हो कि श्राप हो पनि थाहा भएन..एस्तो द्विविधामा पर्दा, मलाई थाहा नभएको कुरा भने प्राय जसो म वरदानकै रूपमा लिन्छु..र यो धेरै सोच्ने दिमागलाइ पनि वरदानकै रूपमा स्वीकारेको छु..


मान्छे भएर जन्मे पछी....

यो संसार के हो त..म यो संसारको लाइ हो कि यो संसार मेरोलाइ हो त..

प्रश्नबाट सुरु त गरें तर उत्तरको खोजि सबै जनहरुको आ-आफ्नै यात्रा हो..कता हो मैले पढेको नि थिएँ, "success is not the destination, but the journey itself "..यो भनाइ तर धेरै जनाको सिद्धान्त खिलाफ पनि जान्छ - "End justifies the mean".. कुन चाहिं सहि हो कुन चाहिं गलत हो, त्यो त हाम्रो आफ्नै यात्राले हामीलाई सिकौंछा ... र कुरा फेरी हाम्रो यात्रामै आयो.. यो संसारमा सबै जना एक भएर पनि सबैजना को बेग्ला बेग्लै अस्तित्व छ.. मान्छे भएर जन्मे पछी हामी को हौँ त अर्को मान्छेलाइ judje गर्न.. सबै मान्छे फरक हुन्छन र जसले जे गर्छ...ऊसंग त्येसको लागी कारण पनि हुन्छ.. हामीले बाहिरबाट हेर्दा कसैले केहि नराम्रो गर्या जस्तो लग्यो भन्दैमा त्यो मान्छेले नराम्रोनै गरिराको हो त?


हामि आज जे छौं जस्तो छौं, हाम्रो यात्राको कारणनै छौं...for better or for worse,,,अब त अगाडी कसरि बढ्ने भन्ने तिर पो लग्नु थाल्नु पर्यो त.. हामी मान्छे जातिलाइ आफ्नो बारेमा सोच्न त कसैले पनि सिकाउनु पर्दैन होला.. मानिश को स्वार्थ नै मानिश जातको सब भन्दा ठुलो दुश्मन हो जस्तो लाग्छ कहिले काहीं.. तर फेरी येसो भए हुन्थ्यो,,मान्छेको मनमा स्वार्थ भन्ने कुरो न भए हुन्थ्यो जस्तो कुरा गर्न थाल्यो कि त्येस्तै हो.. भएको भए हुन्थ्यो तर त्येस्तो छैन.. यो कुरा स्वीकार्न त्यति गार्हो पनि छैन.. आफु भित्र हेर्यो भने, सबैले देख्ने सक्ने कुरा हो.. तर बिन्ति मेरो के छ भने: आफ्नो बारेमा त सोच्छु भनेर सोच्नु नि पर्दैन, तर आफुले गरेको कुराको अशर अरुलाई कसरि पर्छ होला भनेर सोच्दा अलिकति राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिं.. र त्येही लागेको भएर, सब को माझ यो सानो लेख नि प्रस्तूत गरेको हुँ.. गर्न त्यति गार्हो पनि छैन, र हामि मान्छेहरु फाइदा न भै कन केहि गर्दैनौं, तर एसको फाइदा हरु पनि छन्.. त्येही कुरा रेसिप्रोकेट हुने त हो...तपाईंले अरूको बारेमा सोच्नु भयो भने अरूले पनि सोच्ला नि तपैंको बारेमा..


यो संसार संसारिक हुनु मा न त मेरो दोष न तपाईंको न त यो संसारकै दोष...येही संसारमा बाँच्नु छ र येही संसारलाई एक दिन छोडेर नि जानु छ...तर जब सम्म यहाँ छौं, तब सम्म त बाचौं न, होइन? म यो संसारमा जन्मिनु भन्दा पहिले कहाँ थिएँ होला, र म मरे पछी कहाँ जान्छु होला...यो प्रसङ्गसंग फेरी धेरै कुरा जोडिएको छ...र मैले बुझ्न सक्ने छ्यमता भन्दा बाहिर पनि छ.. संसारिक संसारको खेल्नै एस्तो.. खेले पछी खेल्या खेलाई हुन्छ.. तर हामि संचिकै खुसि चाहिं कहिले हुने.. माया मोह त्यागे देखि केहि होला कि जसो लाग्छ.. दुख बाट छुटकारा पाउने अरू उपाय म देख्दिन..तर देखेको बाटो हिंड्न म मा क्षमाता छैन..कुरो सुन्दा धेरै दुखि छु जस्तो लागि रहेको होला.. दुखि त दुखि नै छु...तर मेरो दुख मेरो प्रश्न हरुमा छन्...र मैले आभाष गर्न नसकेको उत्तरहरुमा छन्....त्येही सुख र दुख बिचको सीमा हराई दिए हुन्थ्यो पनि लाग्छ कहिले काहीं...हामी मान्छे जाति पनि कस्तो है? आफु खुसि भने संसार कति रमाइलो, आफु दुखि भए संसार कालो न कालो अँध्यारो...


केहि समय अगाडी मैले एउटा धेरै नै मिठो तर नरमाइलो मुवी हेरेको थिएँ..."Into the Wild".....यो मुवी हेर्दा मन धेरै रोयो..मुवी हेर्दा हेर्दै 'Eddie Vedder' को स्वोर सुन्दा झन 'society' को यो materialistic importance देखेर रातो तातो पनि भएँ...आँसु र रिस को मिलन चाहिं धेरै रमाइलो हुन्न रहेछ.. तर हेर्नुभा छैन भने एकछिन आफ्नो टाइट स्केदुल बाट डेढ घण्टा जति यो मुवी कोलाइ छुट्टाउनु होस्...स्टार कास्ट पनि धेरै नै राम्रो छ...र एड्दी वेद्देर जी को स्वोर को बारेमा बयान गर्नु पर्छा जस्तो मलाई लाग्दैन.. क्रिस म्क्क्यन्द्ल्सको जीवनमा आधारित यो फिल्मले पक्कै पनि हामी भित्र लुकेर बसेको आफ्नै एउटा रुपलाइ बाहिर ल्याउने प्रयास गर्छ भन्ने मेरो विश्वास छ...


*Society- Eddie Vedder


hmmm ooh hooo hooo

It's a mistery to me

we have a greed

with which we have agreed

You think you have to want

more than you need

until you have it all you won't be free

society, you're a crazy breed

I hope you're not lonely without me.....


"Born free, bound by the chains of time"


"R: Respect yourself.

R: Respect others.

R: Responsibility for your actions."

Last edited: 27-Apr-12 05:14 AM
Last edited: 27-Apr-12 05:15 AM

 
Posted on 04-27-12 9:28 PM     [Snapshot: 271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have watched 'Into the wild' man. that thing is for real and still not. dammi thyo. ani eddie sir ko ta forever fan. you rright on bro.
 
Posted on 04-28-12 10:16 AM     [Snapshot: 455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिकोड कन्भर्टर र हात छ भन्दैमा जे पनि लेख्दिने सोम ! 

 
Posted on 04-29-12 12:00 AM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dimag ghumda haat ni chalyo bro :p
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters