Juggy
Replies to this thread:
More by Juggy
What people are reading
Subscribers
Please log in to subscribe to Juggy's postings.
:: Subscribe
|
Be Cool---Rituraj(Himal Khabarpatrika)
[VIEWED 3544
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 12-09-06 6:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Thought this would be interesting...Be cool...:D..:P(Nice satire) कसरी हुने 'कूल्'? सी ए टी क्याट : क्याट माने बिरालो, आर ए टी र्याट : र्याट माने मुसो, बी ए टी ब्याट : ब्याट माने चमेरो आफ्नो जमानामा त अङ्ग्रेजी यसरी नै पढाइन्थ्यो र त्यसरी नै पढियो। त्यसअनुसार सी ओ ओ एल् कूल्् : कूल्् माने चिसो भनेर पढियो। तर अचेल कूल्् भनेको चिसो होइन, ठण्डा पनि होइन। त्यसो भनेर बुझ्न थालियो भने त आफैँ ठण्डा होइन्छ। मानिसले गोक्ते, कोदे या पाखे भन्ने छन्। अचेल कसैले दुइटै ओठलाई गोलाकार बनाएर अङ्ग्रेजीमा 'कूल्' भन्यो भने त्यसको माने गजबको, शानदार, राम्रो, भव्य, सुन्दर भनी बुझ्नुपर्छ। कसैको हेराइ 'कूल््' हुन सक्छ। कसैको लगाइ 'कूल््' हुन सक्छ, कसैको हिँडाइ। कसैको भावभङ्गिमा, तौरतरिका, आनीबानी 'कूल्' हुन सक्छ। 'ही लुक्स कूल््' को अर्थ 'ऊ चिसो देखिन्छ' भनेको होइन, ऊ बडो शानदार देखिन्छ भनेको हो। अचेल जाडो याम छ। कसैले 'हाउ कूल््' भन्यो भने 'कस्तो चिसो' भनी बुझ्न हुँदैन। त्यसलाई त 'कस्तो गजब', 'क्या उम्दा' भनेको भनी बुझ्न पर्छ। अब यति भनिसकेपछि के गर्दा र कसो गर्दा हेर्नेका आँखामा 'कूल््' होइन्छ त्यो पनि बुझ्न जरुरी हुन्छ। • यदि तपाईं मोटरसाइकल चलाउनुहुन्छ भने सीधा सोझो र मन्द गतिमा नचलाउनुहोस्। त्यसलाई दायाँ–बायाँ, 'जीग् ज्याग' पार्दै अरूलाई जथाभाबी उछिन्दै हाँक्नुहोस्― त्यो 'कूल््' हो। अझ धुवाँ जाने पाइपको 'मफलर' झिकेर ठूलो आवाज निकालेर मोटरसाइकल हाँक्नोस्― त्यो झनै 'कूल्' हो। • तपाईं माउन्टेन बाइक चलाउनुहुन्छ भने कोपुन्डोल, डिल्लीबजार, पानीपोखरी, पुरानो बानेश्वर, एकान्तकुना, अझ गौरीघाटतर्फबाट मित्रपार्क आउने उकालो साइकल चलाउनुहोस्― त्यो 'कूल' हो। • यदि तपाईं कार चलाउनुहुन्छ भने, पैदल यात्रीले समेत सुन्ने गरी 'फूल ब्लास्ट' मा कारस्टेरियो बजाउनुहोस्― त्यो 'कूल्' हो। • तपाईं मोबाइल फोन प्रयोग गर्नहुन्छ भने खल्तीपिच्छे भिन्नभिन्न मोबाइल फोन राख्नोस् कुनै नेपाल टेलिकमको, कुनै मेरो मोबाइल, कुनै सीडीएमए। दुवै हातमा एकसाथ दुइटा मोबाइल फोन लिनोस् र अरूलाई देखाएर पालैपालो नम्बर डायल गर्नोस्― त्यो 'कूल्' हो। • सडक पार गर्दा रातो बत्ती देखेर नडराउनोस्, बरु रातो बत्ती बलेकै बेला सडक पार गर्नोस्, तर नदौडिकन। त्यसो गर्दा दुइटै हात पेन्टको खल्तीमा राख्नोस् र सवारीचालकहरूलाई तेर्छो नजरले हेर्नोस्― त्यो कूल् हो। • चिया सबैले खान्छन्, कफी पनि धेरैले खान्छन्। तर घरमा खाने र जहाँतहीँ खानेको कुनै हैसियत हुँदैन। तपाईं ठमेल जानोस्, त्यहाँ पनि जाभा या जात्रा यस्तै नाम गरेको रेष्टुराँमा जानोस्। तातो कफी त जसले पनि खान्छ। त्यहाँ गएर तपाईं 'कोल्ड कफी' खानोस्― त्यो कूल् हो। • नेपालीमै बोले पनि घरिघरि तपाईं 'मेरो नेपाली राम्रो छैन सरी' भन्ने गर्नोस्, त्यो 'कूल्' हो। • मङ्सिर–पुस महिनामा राति 'टीसर्ट' मात्र लगाएर ठमेल या दरबार मार्ग घुम्न जानोस्― त्यो 'कूल्' हो। • कलम भिर्नुहुन्छ या कलमले लेख्नुहुन्छ? उसो भए 'मों ल्बाँ' भिर्नोस् र चट्ट खल्तीबाट झिकेर अरूले देख्ने गरी सही गर्नोस्― त्यो 'कूल्' हो। • घडी लगाउनुहुन्छ? सिटीजन, सिको त पुराना भए। ट्याग हुयेर, रेडोको पनि गन्ती छैन। 'रोलेक्स' लगाउनुहोस् जो अध्यक्ष प्रचण्डको नाडीमा थियो शान्ति सम्झौतामा सही गर्दा― त्यो 'कूल्' हो।
|
|
|
|
KoHoTyo?
Please log in to subscribe to KoHoTyo?'s postings.
Posted on 12-09-06 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Why Americans reverse park? |
whats wrong living with your parents ? |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Driver license help ASAP sathiharu |
Now Trump is a convicted criminal . |
Nepali **fake** Veterans. Be aware!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|