[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८०~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 135931 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-08-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८० ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||





भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!





आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!






ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।





Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet

  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 180 edition



 


 
Posted on 03-09-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो झरी पर्या दिनाँ नि के हल्ला-खल्ला हो यो? बैर्या तालु नि देखियो, प्रणाम नमे दाई, आज यतै? प्रणाम रिट्ठे। प्रणाम बुलेभार्ड ड्रिम्स

अरु खै त? लहरे काँ मुन्टियो? खुशीचा खै? बिस्टे काजी त आकल्-झुक्कल झुल्किनी भै हाले। हैन ठुल्दाइ नि ठुल्दाइ, कता गा हुन? 

 
Posted on 03-09-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पूरे ब्लग आइपुग्यो। आज झरी परेको र राहुल दाइको छाता टेम्पो चढ्दा अर्कैले उछुट्टाएकोले घरमै अड्केको हल्ला आएको छ। अरुहरु पनि रुझ्दै भिझ्दै आइपुग्लान नि?
 
Posted on 03-09-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै जना आइसकेछन .......... सबैलाई मेरो प्रणाम ।

ए त्यता तिर पानी परेको छ ?  हाम्रा तिर त घाम लागेर न्यानो भएको छ ... त्येसैले त रिठ्ठे ले न्यानो अभिवादन दिएको नि ........
 
Posted on 03-09-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ धम्म अन्यारो छ तर पनि मज्जाको भा छ वेदर। बरु त्याँ चाइँ के कस्तो छ त नमे दाई?

हेर्नु न मेरो नि कस्ले छाता लग्दियो क्यारे, पार्कइङ लट देखिन् याँ सम्म रुझ्दै आउन परो नि।

हैन आज कस्तो छ्वेला बजी खान मन भो मलाई त, लौ न!

 
Posted on 03-09-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च टाईम मा एउटा पोस्ट गरी हालुम् भनेर

खुशी: हैन  TMS कसरी ५ क्लस्स मा ५ पटक फैल भाको  त्यो पनि हिसाब मा?
TMS: त्यो हिसाब मास्टर को बदमासी, म कहाँ फैल हुनु?

खुशी: कसरी?

TMS: कैले 10*3=30 भन्छ, कैले  20+10=30 भन्छ, कैले 5*6=30 भन्छ, कैले 15+15=३० भन्छ, कस्तो  confuse गर्दिन्छ भने

खुशी: मास्टर ले भनेको ठीक त हो नि

TMS: ल यो खुशी लाई पनि केही त्यहाँ रैन्छ्, हिसाब मा पनि यो पनि ठीक त्यो पनि ठीक भन्नि हुन्छ? एउटा पो answer हुन्छ

 
Posted on 03-09-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हिसाब मा पनि यो पनि ठीक त्यो पनि ठीक भन्नि हुन्छ?
एउटा पो answer हुन्छ>>>


लोल TMS ले आज चाइँ हँसायो

प्रणाम

 
Posted on 03-09-10 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हिसाब मा पनि यो पनि ठीक त्यो पनि ठीक भन्नि हुन्छ?
एउटा पो answer हुन्छ>>>


हो त। लास्टा नमिले 0 ले गुणा गरेपछी 0 आउंछ क्या सजिलो।


पूरे मेरोमा पनि घाम पनि छैन,पानी पनि छैन। के हो सेताम्मे छ आकास।


 
Posted on 03-09-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हतार मा प्रणाम भन्न  पनि बिर्सेंछ, उपस्थित, अनुपास्थित सबै महानउभब हरुलाई मेरो सादर प्रनम, अब बेलुका मात्र, लन्च टाईम सकियो

 
Posted on 03-09-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज किन एस्तो हो ? वीकेन्ड को ग्रुप मात्र छ त .......

ठुल्दाइ खोइ ठुल्दाइ?


Last edited: 09-Mar-10 12:38 PM

 
Posted on 03-09-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai tei bhanyaa.. ke bhayo aaja budhaa party haru lai.. thuldai ni chiana.. lahare ni chaina.. lahare uuta kti ghumaaundai thyo re. bhanne jaankaari ma aako cha..

achel kta-kti haru lai ke bhaa ho kunni.. chautari dhaaunu bhanda antai dhaaunchan baa

 
Posted on 03-09-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम के भइराछ

कोही नि छैन त आज - के हो यो

ठुल्दाइ आज डिसी सवारि भएको ले आउन नसक्ने कुरा थाहा हिजै भएको तर अहिले मात्र भन्ने मौका पाएँ

जय चौतारी

 
Posted on 03-09-10 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाकेटीको हिउंदे बिदा होला नि त। त्यसैले चौतारीमा आएर गुच्चा खेल्दैछन।
 
Posted on 03-09-10 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है ख्वामीत हो ---
 
Posted on 03-09-10 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रभूको दर्शन भो आज। कता हो ख्वामित? आजकाल त बेपत्ता?
 
Posted on 03-09-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


आजको चौतारी त अम्रिका को अर्थ ब्यबस्था जस्तो भो गाँठे , इकोनोमी स्लो ।


सेमिनारमा डिसी भाको डंका लहरे ले पिटी हाले। डाँका होटलले ४२५ डलर एक रात को तिर्दा नि इन्टर्नेट दिएन । १५ डलर झारी हाल्यो।


गाम्लेहरु हो एक पोस्ट को १५ डलर पर्ने पोस्ट हो, चानचुने पोस्ट होइन , चेतना भया ।


 
Posted on 03-09-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-10 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल , कस्तो होटेला बस्या त ईन्टरनेट नी नहुने होटेल मा < तर तरुनी भए पुगो नी किन ईन्टरनेट चाहियो, मखुला ठुल्दाइ
 
Posted on 03-09-10 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी सरुनी मरु नि बैरे। नेपाल को गल्ली को भट्टि भट्टिमा वाइफाइ आभेलेबल भन्ने जमाना मा अम्रिका को होटलमा यस्तो ।
 
Posted on 03-09-10 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-10 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरो तेस्तै हो मैले चाँही ठुल्दाइ को पोस्ट पन्ध्र चोटि पढे ! १५ डलर पर्या पोस्ट लाई न्याय त गर्दिनु पर्‍यो नि साथी हो !


शुभरात्री


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters