[Show all top banners]

sanas

More by sanas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठानन्द दाहाल ko karamat
[VIEWED 1901 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-09 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Has he resign or going to resign or it is just halla. maobadi kko challa ko halla pani kati ho kati, sala euta rauntanki ko bhanda badi chha. yiniharu lai film khelaye khubai hit hola jasto chha.

झुठानन्द दाहाल को सतामा बस्ने आधार समाप्त




Source: www.dautari.org

शेखर ढुङेल

०४-२५-२००९

संसारको
ईतिहास पढ्नेलाई थाहा छ, क्रान्तिबाट सत्तामा आएको समुह वा राजनैतिक् दलले
सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै
अब्यबस्था, अशुरक्षा, अस्तब्यस्तता, भ्रस्टाचार, अरास्ट्रियता बाट राष्ट्र
लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राजको स्थापना गर्नको लागि हो ।
नेपालमा एक निरंकुशताको बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन
गैराखेको छ । माओवादीले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत
उस्लाई यहाँ सम्म लेराइ पुर्‍याएको हो । झुक्याएर, फकाएर, धम्काएर उपयोग
गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली
जनताले शान्ती, स्थिरता, र शुसासन् को आशामा
सम्पूर्ण अपराध माफ गरी सत्तामा पुग्न मौका दिएका हुन । भयो के ?, देश कता
गैराखेको छ ?, खोइ शान्ती सुरक्षा ?, खोइ राष्ट्रिय एकता ? ,खोइ जनता का
खोसिएका सम्पत्ति फिर्ता ?, खोइ दन्ड हिनता को अन्त ?, खोइ सहमति को
राजनीति ? ,खोइ भबिस्य प्रतीको आशा ? खोइ जनताका सम्बेदनसिल भावना को कदर
? ,तत्कालिन ७ दल को सहमति र सहयोगमा सत्तासिन हुन पुगेका प्रचन्डको एक्लै
शिखर चड्ने दुस्प्रयासले उनी माथिको विश्वाश उठ्न गै उनी झुठानन्द बन्न
पुगेका छन ।

सभ्य समाज, कानुनी राजको कुरा गर्ने हो भने एक
कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो, लाखौं लाई
अपाङ्ग बनायो, लाखौं लाई आफ्नो सम्पत्तिको हक भोगबाट बिमुख बनाइ बिदेश र
स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो, २० औ खर्ब बराबर को बिकास निर्माण
का सम्रचना ध्वस्त बनायो, हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै
गरेका जनतामा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो,
अन्तराष्ट्रिय अदालतमा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा
पुर्‍याउन सहायक् तत्व पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्र म कोइराला,
एमाले नेता नेपाल र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक, सदन र
सरकारमा बसेर बिध्वंस मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ?,  सरकार
प्रमुख भएर इन्ले बोलेका निम्न र धम्कीका भाषाले नेपाली जनता लज्जित भएका
छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई
सत्ता टिकाउने मात्र उदेस्यले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई
खाडलमा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता
लगाएर विश्वबिद्यालयका प्रतिष्ठित पदाधिकारीलाई असभ्य व्यबहार गर्नु,
राष्ट्रिय शेना जस्तो गौरबसाली संस्थाको बिरुद्धमा जुलुस निकाल्ने, के यो
नयाँ नेपाल को जनता को माग हो ?

प्रतिबद्धता, बिचित्र,
चमत्कार, हदै सम्मको लचिलो, सम्झौता जस्ता शब्दाबलि प्रयोग गर्दै अलेटाले,
ढुलमुल, अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहालको बिगत ७
महिनाका केही झुठो प्रतिबद्धताका उदाहरण हेर्ने हो भने उनी सरकारमा एक
मिनेट पनि बस्न लायक छैनन्।

१ राम हरि श्रेष्ठको हत्यारालाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु ।

२ प्रज्ञा प्रतिस्ठानको नियुक्ती र खारेजी ।

३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र शुन्य कार्यान्वयन ।

४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ?

५ काङ्रेसले राखेको ९ बुदे माग पुरा गर्ने सदनमा गरेको प्रतिबद्धता र शुन्य काम ।

६ पशुपतीनाथको भट्ट को नियुक्ती काण्ड ।

७ अपराधीको सम्रक्षण र उन्मुक्ती

८ शेनापती प्रकरण र नैतीक संकटको प्रश्न ।

९ बिभिन्न आन्दोलनकारी सित गरेको सम्झौता र व्यबहार ।

१० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु ।

११ आँफै सरकारमा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडकमा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती ।

११
एक स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत
को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित
बनाउनु, जस्ता सैयौं कारणले सरकारको नेत्रृत्वको लागि प्रचन्ड योग्य र
इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार, अदुर्दर्सिता, असफलता,
अदक्षता को दोष अरुलाई दिएर सत्तामा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी
वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने ।

इमान्दारिकताका
साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठानन्द
दाहालको एक लौटी र एकल काट्य अदुरदर्सी नितीको कारण देश को प्रजातन्त्र,
मानबाधिकार, प्रेस एबम ब्यक्तीगत स्वतन्त्रता, नागरिक सर्बोच्चता, कानुनी
राजको भबिस्य मात्र होइन, देश कै अस्तित्व समेत जोखिममा परेको हुँदा
राष्ट्र र प्रजातन्त्रको रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को
बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र
प्रजातन्त्रमा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक
बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Travelling on TPS advance travel document to different country...
whats wrong living with your parents ?
कल्लाई मुर्ख भन्या ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS EAD auto extended to June 2025 or just TPS?
lost $3500 on penny stocks !!!
Shot Dead
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters