[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106411 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-29-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गलब नली भनेको के हो ?
 
Posted on 11-29-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!
 
Posted on 11-29-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! हरितालिका के छ?
 
Posted on 11-29-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपताउन गाल,
नली = हुक्का तान्ने पाइप होला
 
Posted on 11-29-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक ठाक भन्नु परो दादा, आज अल्ली बिजी होईन्छ जस्तो छ ।
 
Posted on 11-29-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ दादा
 
Posted on 11-29-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!

यो 'मुखुन्डो जात्रा' चैं शुक्रवारसम्म मात्र हो है। चौतारीका सबै गाम्लेहरूको असजिलोपनालाई ध्यानमा राखी शुक्रवार पछि मुखन्डो लगाएर नआउन सबै गाम्लेलाई अनुरोध गर्दछु। नत्र गाम्लेहरूमा वितृष्णा उत्पन्न हुन सक्दछ।(उदाहरणको लागि:- झिल्के दाई(Amazing))

ठूली, के छ हालखबर? ब्रेकफास्ट भयो? :)

आज बेलुकीसम्म चैं अलि बिजी होइएला जस्तो छ, ट्याम ट्याममा चियाउन मात्र भ्याउँछु होला, धेरै बोल्न भ्याउँदिन।
 
Posted on 11-29-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यो 'मुखुन्डो जात्रा' चैं शुक्रवारसम्म मात्र हो है। चौतारीका सबै गाम्लेहरूको असजिलोपनालाई ध्यानमा राखी शुक्रवार पछि मुखन्डो लगाएर नआउन सबै गाम्लेलाई अनुरोध गर्दछु। नत्र गाम्लेहरूमा वितृष्णा उत्पन्न हुन सक्दछ।(उदाहरणको लागि:- झिल्के दाई(Amazing)) '----यस्मा म पनि सहमत छु ।


अनि amazing धेरै खुलस्त पार्दा कहिले काही तितो हुन्छ नि।
 
Posted on 11-29-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त केटकेटी न हुन्, खेल्न दिए हुन्थो के रे। तो उमेराँ हाम्पनि अरुलाई उडा'र मजा गर्न खप्पिस् थिम् होला के रे। सबैको आ-आफ्नो phase आउँछ, जान्छ। उमेर अनुसारको रमाईलो गर्न छुटाउन हुन्न भन्छु म त। खैर, यसले गर्दा नै कोई कोई गाम्लेहुर बिच्कन थाले भुने चईं केटकेटिहुरले नि बिचार्न परो।

एउटा कथा हाल्ने सुरमा छु के रे, हेरुम् आज सम्म लेख्न सकिन्छ कि सकिन्न। Nothing to do with "मुकुण्डे जात्रा", for a relief! :D
 
Posted on 11-29-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramailo thapchan bhane mukhunde bhoot pani thikai chha. Chautari ma hiddai jada naya naya kura aunu janu ramailo nai huncha hola. Pahile suge rog ayeko thiyo aba mukhunde bhoot, aba arko pali k aune ho? Yesta kura lai ramailo manera nai here huncha hola. Tara chini dherai bhaye pachi tito huncha bhane jastai mukunde bhoot ko raaj ali lamo bhaye bore pani huncha. Hamro chautari ko 3 sadasiiya janch ayog le patta lagaula ni ta mukundo haru.
Ani gaalab yeso bijuli patra haneko thiye payau hola ni?
 
Posted on 11-29-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सबैभन्दा मलाई मनपरेको कुरा केहि छ भने, त्यो हो नेपाली भाषा र रमाईलो। कामको दौडधुप, बिदेशको अप्ठ्यारो, खुलेर मुस्कुराउन सक्ने क्षणको अभाव, यि सबै कुरालाई चौतारिले केहि हद सम्म एकछिनको लागि भए पनि बिर्सेर मुसुक्क हाँस्ने वातावरण बनाईदिएको छ। त्यस्तै रमाईलो अझ बढोस भनेर नै, पूर्वेली, पश्चिमेलि र तराईको नेपाली
लवज, अनि युवा र बुढाको कुराहरु राखेर चौतारिमा मैले पोस्ट गरेको हो। यसबाट केहिलाई धेरै नै असजिलो र अप्ठ्यारो परेको कुरा केहि साथिहरुको पोस्ट बाट खुल्न आएकोले अब देखि मैले चौतारिबाट बिदा लिने बिचार गरेको छु। कुनै मुकुन्डो लाउने मेरो उद्देश्य थिएन, एउटा छुट्टै पात्र को हैसियतले सबैले स्विकार गरिदिनुहुन्छ भन्ने ठानेर यो नाम प्रयोग गरेको थिएँ।
हस त, 'नमरे बाँचे कालले साँचे फेरि भेट होला!'
अस्तु
 
Posted on 11-29-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्वाँ....क्वाँ...
पुन्ते मामा....

मलाइ पुनि कथा सुनाउनुच न भनेको....
मलाइ त्यो सुनकेच्रा मैंयाको कुथा चुनाउनुच् ....

क बाट कचुवा, ख खलायो...
एउता तियो कचुवा, अल्को खलायो
खलायोको सिङ् चैन, कता हलायो....

पुन्ते मामा....
खलायोको सिङ् कता हलायो भुनेको...
मेलो पियालो कलायोको सिंङ्
क्वाँ....क्वाँ......
 
Posted on 11-29-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्,

जहाँसम्म मुकुन्डे भूतको कुरा छ, यसले चौतारीमा रमाइलो थपाएको अवश्य हो। तर गेस गर्दाखेरि यदि मिल्यो भने स्वीकार गर्नु चैं राम्रो होला। निसब्रो को सम्बन्धमा, अहिलेसम्म कसैको गेस मिल्या छ कि छैन भन्दिम् ?
हँ?
साँच्चै भन्दिम?
कि अँझै गेस गर्न मन लाग्या छ?
ल भन्दिन्छु।
अँमममममममममममममममममममममममम
त्यो निसब्रो पछाडिको मुकुन्डे चैं के पर्यो भने -- "--" भो अहिले नभनम् के रे! आफैं थाहा पाउनुहोस्। अनि, मेरा विशेष सुत्रहरुबाट यो "धामी"को सक्कल पनि थाहा पाएको छु (जस्तो लाग्छ)।
आदरणीय प्यारा मुकुन्डेहरु, चौतारी-३४ को अध्यक्ष श्रीचित्रकुमार नेपालबाट मुकुन्डोसहित चौतारीमा आउनसक्ने म्याद पर्सि शुक्रवारसम्मको लागि तोकिएको कुरा अवगतै छ। यही कुरालाई मनन गरी मुकुन्डे अवस्थालाई धामी लगाएर भए पनि फाल्न परो !!! यस कुरामा धामीसँग सरसल्लाह गर्न परे गर्नुहोला!! --गालब

अस्तु :॥
 
Posted on 11-29-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त !!!!निशान्त !!!!!नि.....शान्त !!!

शान्त हुनु पर्यो ।त्यसो त बिर्खे माइला(मेरो अन्दाज ) को नाम कम लोकप्रिय छ र??

निशान्तलाइ नस्विकारेको पनि कहाँ होर?
ए समिधा !! समिsssधा !!!!
समिधा कता गएन ???
गित गाउनु नि समिधाले " नजाऊ न मलाइ छोडि दिल तोडि........"" भनेर

निशान्त रिसाएको सुहाएन नि ।
:)
 
Posted on 11-29-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समिधा कता गएन ???
गित गाउनु नि समिधाले " नजाऊ न मलाइ छोडि दिल तोडि........"" भनेर

निशान्त रिसाएको सुहाएन नि । :P
 
Posted on 11-29-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा लोउतन्तर् आइसक्या छ कि छैन पहिले सोध्छु है उत्तर् दिदै गर्नु होला सम्बन्धित् ठाम् बाट म चाइ बोल्न मन लाग्या कुरो बोलिहालुम् है -अहम् ...:P

जाहा सम्म यो मखुन्डे भूत् को कुरा छ मलाइ लाक्छ हामि सबै नै एक् एक् वटा मखुन्डो लाएरै आ'छुम्, अझ भनुम् त्यो मखुन्डे नाम् को अर्थ अनुसार् फरक् फरक् Characteristics देखाउदै सभ्य-रमाइलो गरिरा छौ। निशान्त ,समिधा, गुन्टे ,लुन्टे हरु ले पक्कै पनि नया स्वाद थपि रा'छन् जस्तो लाग्छ चौतारी को रमाइलो मा। यो चौतारि को सुरु को एपिसोड् हरु र ऐले को एपिसोड् हरु हेर्ने हो भने पात्र र परिबेस् धेरै नै चेन्ज् भै रा'छ तर एउटा अपरिबर्तनिय कुरो चाइ आउने हरेक् पात्र हरु लाइ सधै स्वागत् गरेको छ यो चौतारी ले केहि अपबाद् लाइ छोडेर,र मलाइ लाग्दैन निशान्त् समिधा गुन्टे लुन्टे त्यो अपबाद् भित्र पर्छन्। जाहा सम्म कन्फुजन् र यो सुक्रबारे अल्टिमेटम को कुरा छ,- Why don't we accept them as the character they want to be . A different person ...and a new member of chautaree family as long as they want to exist in that character ...No matter whoever he /she is. Curiosity has no limit ,jus bcoz we are curious, is not right to force them reveal their identity . It doesn't make sense .

I personally don’t know them ...but I appreciate the way they bring a new fun & flavor here .After all chautaree is for FUN.
(मेरो दुइ पैसे कुरो :-) )

PS- so nish venaa ...as a chautaree member i'm not waving you off.
you are always welcome here at chautaree :D
 
Posted on 11-29-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच साली भनेको चाँहि यस्तै हुनुपर्छ के!! जस्ले जेssss सुकै भनेपनि निस पाट ले साली चाँहि पाएकै हो। आम्बोsssss!! क्याssss दिएको नि अन्त!!

यस्तो भन्न थालेपछि त कब्रिस्तान भित्रssss पुगिसकेको भएपनि आउथ्यो के हाम्रो निश पाट!! अबुईssss!!! बिच बिचमा अङ्रेजी अनि छेउ छेउमा नेपाली राखेर लेख्देको नि अन्त हेर्दा खेरि नै अर्कै देखिने क्या--एक्स्ट्राsssss!!

ल निस पाट तिमी जो सुकै भएपनि तिमीले भनेको कुराको चाँहि म आन्द्रैssss देखि सम्मान गर्छु है अनि आबो तिमी आउने नआउने चाँहि त्यो भट्टीको पैसा तिरिसकेपछि ओछ्यानमा गएर डिटेssssलमा सोचेर डिसाइड गर्नु नि है!! आबो फेरि "रिकुटेले हानेको गोली अनि मर्दले बोलेको बोली फिर्किदैन" भनेर बस्ने चाँहि होइन के।

हुन त मलाई नि निस हो भन्छन् है कत्तिले, त्यहि पनि अहिले चाँहि मैले तिमि अर्कै मान्छे हो जस्तो गरेर बोल्दैछु के। फेरि यहाँ रहेको कन्फ्युजन क्लियर नि गर्नु भएन नि, हैन त?? ---होन्त!!

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters