[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 189055 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-25-10 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal 16/3 (7.1 over)

 
Posted on 02-25-10 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba crease ma bhaako haru kai aas cha.. hareyy.. nepal kaa agadi ka batsman ko ta kei ni bhar nahuni bhoo.. hey parmeswora...
 
Posted on 02-25-10 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार अनी ओलम्पिक ले गर्दा क्रिकेट को स्कोरमा पनि छुट्यो। लौ अब ध्यान र ज्ञान दुबइ त्यसमा लगाउछु । सबै औतारिलाई रात्रीकालिन तारेमाम।



http://www.cricinfo.com/wcl/engine/match/442708.html


 
Posted on 02-25-10 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो होला जस्तो लागेको थिएन .........
आजको दिन नै झुर छ भन्या ......

दिनभरी साझा बिग्रियो ......

बिर्खे लाई फोन गरेको पनि उठाउन्दैन

क्रीकेट मा पनि एस्तो छ ।

ल भयो

४ औ पनि झर्यो ...... त्यो पनि ३९ रन् १८ ओवेर मा ..... अती हुन्छ नि .....


खोइ के हो के हो ।



प्रभु रक्षा गर मेरो देश नेपाल को ।

 
Last edited: 25-Feb-10 10:36 PM

 
Posted on 02-25-10 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो!! प्रभु रक्षा गर मेरो देश नेपाल को ।
 
Posted on 02-25-10 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खा स्या बले वा स्या भनेको यही हो । (कुखुरा काट्या बेला दाँत दुखेको )


तै पनि आश गरौं । पशुपतिनाथ को भर छैन, सबैका पत्निहरुले आ-आफ्नो पती नाथको पुकार गरौं । मखुला ??


 
Posted on 02-26-10 4:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुईँमा झरन किस्न भुईँमा झरन
हिँउको साटो झरेर रक्छे गरन!

परमेस्सोरी! एका ब्यानै हिम सोर्न छ। क्ल्याण अर्देउ परभु! कल्याण अर्देउ!

BUENOS DIAS, AMIGOS y AMIGAS de CHAUTARI!

 
Posted on 02-26-10 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 02-26-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे आँधिहुरी प्लस हिउंमय जदौ ।


तारेमाम पूण्टे दाई , रमे भाई ।


कार भए सि हिउं सफा नगरि धरै भेन नि । हाम्रो जस्तो हुनु पर्छ, न त ग्यास भर्ने टनटन न हिउं कोपर्ने टेन्सन । मखुला ??


 
Posted on 02-26-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कोइ नि छैन, म नि हिंडे हिउ सँग खेल्दै अड्डा। तारेमाम।

 
Posted on 02-26-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहू आज त शुक्रबार ..........


आज यहाँको मौसम हेर्दा रात भरी हुरिबतास चले पनि अहिले घाम छर्लङ लागेर पून्टे बुढाको र बैरेको तालु पोलेर डढ्ने सम्भाबना देखिएको छ । तापक्रम पनि ३८ रहेको छ र दिनभरीमा तापक्रम त्यस्तै रहेनछ ..... तर साँझ तिर हिउ पर्ने भनेर मुर्धार हरुले भनिसके ...... तै पनि राती १२ बजे सम्म मा तापक्रम ३३ भन्दा नघटने सम्भाबना छ ।



साँझ देखी मध्य रात सम्म अली अली चिसो भये शुक्रबारको आनन्द आउन्छ भन्ने मान्यता बोकी हिंडेको छु ।




बिर्खे ले हिजो फोन नउठाएकोमा रिश मात्र हैन के के उठेको छ पछी भन्दै गरम्ला .........



याहू आज त शुक्रबार ..........


तारेमाम ठुल्दाइ ।


Last edited: 26-Feb-10 08:38 AM

 
Posted on 02-26-10 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


फुरसत मिल्नासाथ हाजीर जनाऊँला!


धन्यवाद्!


 
Posted on 02-26-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगै बिलाए म जस्तै 


तिमी जुन रहरले ....................



शुक्रबारे जरेमाम रामे, पुन्टे दाई, ठुल्दाइ, बिर्खा सिंह सप्पैलाई !


हैन अब पुगेन र भन्या? हिउ क्या त


क्रिकेट को कुरा गर्दा धन्न १६३ चाँही पुर्याएछ तेइ भएर हारे पनि रन रेट को कारण ले गर्दा सिङापुर लाई पछारेर फाइनल मा चाँही पुग्यो है !


नेपाली दर्शकहरु ले अमेरिका ले जित्ने सुनिस्चित भएपछी खेलाडिहरुलाई ढुङ्गा मुढा गरेर फेरी एक पटक जंगली ब्यवहार देखाएका छन जुन निन्दनिय छ !



रक्षे गर काली माता ! 


 
Posted on 02-26-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैस माँ लाहुर पसे पनी .... बैस माँ लाहुर पसे पनी
आउछु म त फर्केर मार्यो नि माया ले मार्यो|


 
Posted on 02-26-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, रिठ्ठे , गोठाले लाई तारेमाम .......

त्यही त रिठ्ठे के गरेका होलान मोरा हरुले ।
हार्ने भएपछी के के हो के के हो ..... तर त्यही भएर डिभिज ४ मा पुग्यो हुन त ......

ल सबैलाई फेरी हप्पी होली ।




प्रभु रक्षा गर मेरो देश नेपालको ।

Last edited: 26-Feb-10 09:28 AM

 
Posted on 02-26-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली को लागी भांग धतूरो को ब्येव्स्था गरेको छ कसैले?


 
Posted on 02-26-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!


लोल! हाम्रो शहरमा रुममेट खोज्ने बिज्ञापन यसरि समेत दिँदारेछन्-


http://www.huffingtonpost.com/2010/02/19/the-most-amazing-craigsli_n_468664.html


 


लु गोठाले म खोजेर लेराम्छु होलिको जिनिस!


 
Posted on 02-26-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile pani padheko thie tyo bigyapan. Flava flav ko aawaj ma padhyo bhane ajha majja aaucha.

 
Posted on 02-26-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोठाले र जिम्मी सुड्ढा लाई नि जदौ !


अरु कुरा तेस्ताइ हो रामे लाई चाँही खुब होली लागेछ !


साँची आइतबार हो क्यारे होली हैन ! भनेसी त चौतारीमा त आजै मनाउनु पर्‍यो !


ल जिम्माल भाँग को लड्डु लेर आउ त ! आइमाइ केट्केटी ले खालान नि फेरी बिचार  गर है !


खुशी बुइनी लाई नदिनु है खान !



 



 
Posted on 02-26-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , रङ्गिन सुक्रबार को जदौ , होली को के छ पिलान ?? आफ्नो त केही नहोला जस्तो जस्तो छ । हिजो आधी छुट्टी थियो दिउसो सम्म साझा खुल्या थिएन ।


आज बेलुकी त फेरी कन्फ्रेन्स होला नी ? कसो


लौ बस्दै गरुम म हल्का खोकेर आउछु


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
MAGA #FAFO
Those who are in TPS, what’s your backup plan?
I hope all the fake Nepali refugee get deported
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
If you got nothing to lose, fight tooth and nail explore every avenue
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Are Nepalese cheapstakes?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters