[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-29-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुक्कयाएर माछा खाँदा दायाँ बायाँ हेर्नु नपर्ने:

हालै चौतारीमा प्रकाशित माछा खाने तरिकाको बारेमा प्राप्त पाठकको पत्रको उत्तर दिने सिलसिलामा एक पाठक मु्न्निको प्रश्नको उत्तरलाई हामिले आजको कार्यक्रमको मुख्य बिषयवस्तु बनाएका छौ! मुन्निको पत्रमा दायाँ बायाँ हेर्नुको पछाडि जिम्माल्नि आमैलाई झुक्कयाउने कुरा उल्लेख हुन आएकोमा हामि यो जानकारि गारउन चाहन्छौँ कि, जिम्माल्नि आमैले माछा-मासु जमाना मा छाडेको र जिम्माल आफैँलाइ जति माछा-मासु खाए पनि केहि नहुने भएको हुँदा, माछा खाँदा दायाँ-बायाँ हेर्नु कुनै पनि किसिमले जिम्माल्नी आमैलाई झुक्कयाएको ठहर्दैन। बरु दायाँ बायाँ हेर्नुको कारण, यदि दायाँ बायाँ नाति नातिना कोहि आएका रहेछन भने उनिहरुलाई पनि दिएर बाँडिचुँडि खाने महान बिचारधारा हो! :)
 
Posted on 06-29-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बा! लु मैले तपाइको लागि माछा मारेर ल्याइदिएँ, तपाइले पकाइदिनु भए म चोरेर खाने थिएँ, आखिर चोरेर खाँदा काँडा नि नअड्किने, स्वास्थ्यको लागि नि राम्रो हुने रैछ!

 
Posted on 06-29-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-29-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाति नातिनालाइ दिने रे? बूढाले तितौरीलाइ दिन खोज्या होलान्। मलाइ चैं नदिने? पख् चोरेरै खाइदिन्छु।
 
Posted on 06-29-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सबैलाइ जदौ, येसो इटहरि (iTALY) तिर गयको,एुटा खम्बा ढल्न लागेको रहेछ अनि बचाउन लागेको सात दिन सम्म नै बचाउन पर्यो के गर्नु धेरै पहवलवान भयेपछि पनि दुख पाइदो रहेछ
-----------

Rahul सुड्डा र ठुलि लाइ पत्र मन्जुसाको लागि साधुबाद

 
Posted on 06-29-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ झिल्के दाइ! कता गायब हो? बल्ल झुल्कियौ नि चौतारीमा! त्यही खम्बालाइ रोक्दा रोक्दा आउन ढिला भा'को हो?

के गर्नु तिमी यता पारी हुँदा म उता पारी थिएँ, अब तिमी उता हुँदा म यता, लुकामारी खेल्या जस्तो पो भो त! अस्ति भौते गुरूले तिमीलाइ खोज्दै थिए ओखरपौवा जाँदा, तिमी त खोला पारि पुगिसक्या रैछौ।

अनि त्यो ईटहरीको पर्सा(Pisa) मा खूब रमाइलो गर्या जस्तो छ नि! ल ल मोज गरम् बुरो!
 
Posted on 06-29-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरहरुलाईपनि ह्याप्पी विकेन्ड!! :-)
 
Posted on 06-29-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हजुरहरुलाई ह्याप्पी विकेन्ड!!

 
Posted on 06-29-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हजुरहरुलाई ह्याप्पी विकेन्ड ल!!
 
Posted on 06-29-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
आज मेरो तोफु र गोलभेंडा
तरकारीमा मरु गणेशथानको
साहुनीको माछा सुकुटी हाल्न पाको भा
कति मिठो हुन्थ्यो,
अझै तन्न भात बिग्थ्यो

खोइ
उता बिक्री छैन
यता किन्नु छैन..
.

 
Posted on 06-29-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुन्छे त मलाइ भउते जस्तै बाठो पो लाग्यो है ।


 
Posted on 06-29-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्लाल बा त माछा बिषेशग्य नै रहेछन् । सुकुटि बनाउने तरिका पढ्दा पढ्दै मुखमा त पानी टन्नै भरिसकेछ
चित्रे म तेस्तो जिम्दो माछा कहा पकाउछु र? जिम्दो त मलाइ छुन पनि डर लागछ।
चित्रेले सधै जिम्दै निल्ने गर्या र छ र पो त उसको पेटमा सधै माछा पौडि खेलि रन्छ
झिल्के दाइ त बलबान छाप खैनि खार बलबान नै भ का रछ्न् बाबै एउटो खोट्टोले धररालाइ आड दि र का
नेपे दाजै कति रारो गीत राखेका हुन् थांकु
 
Posted on 06-29-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
मासंगल्लीको शानदार मम:चा
शाखा पसल भोटाहिटीको कुनामा
मम: जति खाए नि नपुग्ने
अस्ति मात्र गएर आको
फेरि जाउं जाउं जस्तो भा छ...
.

 
Posted on 06-29-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्यामे दाइ ( सायमी) त कस्तो बाठो
भोको पेट भ को बेला टास्यो भने सबले सरापछन् भनेर सबैको पेट टन्न भ को बेला टास्दा रछन्
 
Posted on 06-30-07 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याम्पस को चाल देख्दा मेरै आँखा थाक्छन् हजुर ।
केटा पुकार केटी चुइकम पालैपालो जाक्छन् हजुर ।।
कस्तो आयो फेसन पनि केटी देख्दा छक्कपर्छु ।
जिन्सको पाइन्टमा बेल्ट सार्दै क्यान्टिन तिर लाग्छन् हजुर ।।
परे म त गाँउले केटो लप्पन छ्प्पन केही छैन ।
हेल्लो सोल्टी केछ भन्दै ईशारा ले डाक्छन् हजुर ।।
चिन्या छैन जान्या छैन तै पनि छेउमा जादा ।
भाको एउटा कलम पनि लाजै बिना माग्छन् हजुर ।।
लेक्चर् अघि पढाउदा कानेखुसी मात्र गर्छन ।
खुले आम कपी भित्र लाबलेटर राख्छन् हजुर ।।
प्रेम जाल मा फसाउन गाउले सोझो केटो लाई ।
सँगै जिउछु ,मर्छु भन्दै देवि देवता भाक्छन् हजुर ।।
हाल
:- स्वर्ग मुनी को संसार
निलो आकाश मुनी

 
Posted on 06-30-07 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो हुन्थ्यो होला मैले तिम्रो साथ पाएँ
ओरालिमा उकालि र समाउनलाई हात पाएँ

फुलाएथे बगैचामा गुलाबका फुलहरु मैले
थुङा टिपि लग्यो कोहि मैले भने बात पाएँ

बेदनाले आज मुटु छिया छिया भएको छ
जस्लाई विश्ववास गरेकोथे उसबाट घात पाएँ

मानवता को कुरा गरि दानव जस्तै ब्यवहार गर्ने
आहा कस्तो इमान्दार मानिसको हात पाएँ

तिम्रो हुन सधै भरि साथ दिन्छु भन्नेहरुको
अप्ठयारो मा पर्दाखेरि उपहारको हात पाएँ
क्षितिज पारीको नित्यमुनिको संन्सर बाट

 
Posted on 06-30-07 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


केसारो भनिदिएको ?उभोको कइता खालिकेटिलाइ मात्रै

उधोको भने केटालाइ मिल्ने
माथिको कइताको फोटो सहित सप्रसंग ब्याख्या गर
स्वागत छneshal
।तर, चौतारीमा बस्नूभन्दा पहिले १० पटक उठबस र ५ वटा कइता फोटोराखेर सुनाम्नुपर्छ ।अब उठबस र ३कइता ३ फोटोराख्नुपर्छ। प्रवेसिका परिक्षा त्यहि हो
 
Posted on 06-30-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार बिहानै अौनु भए छ। रात भरी निद्रा नलागेर पो होकी? जे होस् चौतारी म बिहान खास गरी चिसो चिसो हावा चल्छ । बडा मज्जा लाग्छ। आफ्नो त टाउको म हेडेक दुखी रछ। किन नदुखोस्! बियर को क्यान देखे पछी मुख मात्र खुल्छ अँखा बन्द हुन्छन अनी के होस् ? अब त खानन भनेको छु। त्यै सुरमा जिम्माल बा ले सिकाएको माछा को सुकुटी बनाउने तरिका पनि छुटे छ। अर्को हप्ता बनाउनु पर्ला।
मलाई पनि सिकै दिनुस् है जिम्माल ब। धेरै भ छैन चौतारी म आको चिन्दैन यो लाहुरे लाई नभन्नु होल है त ।
नेशल जि ले चम्काउने भो चौतारी यती राम्रा कबित, यस्तो राम्रो फोटो भएको मान्छेलाई तक्ने नै भए हो सोल्टिनी हरुले। kun gam ho ?

Manvi ji tapai ni naya nai hora? kun gam ho tapain ko
 
Posted on 06-30-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!
स्वागत छ नेशाल कविज्यू मेरो तर्फबाट पनि। साह्रै भावुक र राम्रा कविताहरु लेख्नुहुँदोरहेछ। अरु पनि पढ्न पाउने आशा छ।

***********************

झिल्के दाइ पनि देखिएछन् बहुत बाद। पहिला एउछोटि चाट पसलाँ भेट्दा म त पुलिसाँ भर्ती भईँ, गौशालातिर खटिया छु, के गर्नु दिन-दिनै जुलुश निक्लेर हैरान छ, गौशाला'ट जुलुशलाई लेखेट्दै दौड्यो, कान्तिपुरको अफिसनिरको तिनकुनेमा पुगेर लाठीचार्ज ग-यो, जागिरै यै भा'छ भन्थे।
अहिले इटहरी तिर सरुवा भा'का हौ? त्याँ जुलुश कत्तिको निस्किन्छन् नि! लाठीचार्जकै काम प-या छ कि क्या हो अचेल पनि?


एउडो गीत याद आयो मलाई त-

----लाठीचार्ज नगर मेरो मायामा----



 
Posted on 06-30-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

carnejee हैन हैन म पोरानो भैसक्या हो ।माथिले खेको नियम मै माती लगाउन खोजेको हो।
त्यो त नयाको लागि हो । तपाि पनि नयाहो है
ल कइता लेख्न नजानेपनि उठबस त गर्न परो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters