[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182471 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-02-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar
sabai jana ko lunch swadista thyo hola...wa bhai raheko chha hola... athawa howos
shubhkamana.
 
Posted on 07-02-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari sangai ko gam ma euto arko halla chaleko rahechha RAHULVAI ko barema.. ke sachchai ho ta? Lau khuttyaunu paryo gamle ho....

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=47995
 
Posted on 07-02-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जना रिसोच गर्ने भाइ हो कि बहिनीले मेरो जुम्ल्याह भाइ को कारनामा खोज गर्नु भएको रैछ। नाम मिलेको जुम्ल्याह भन्नु पर्ला। त्यो भाइले जस्तो गाना गाउन सके, त्यस्तो प्रतिभा भएको भए यो जुनी धन्न हुन्थ्यो होला। आफू न गायक परियो, न नायक। आफ्नै जिन्दगिको सहायक पो परें।
 
Posted on 07-02-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बधाइ छ है ठुल्दाइ!! कैले देखी हो यस्तो गाना बजाना?? था पत्तो छैन त हाम्लाई त हे हे


 
Posted on 07-02-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहहाह्हा हरि पनि झुक्किएछ। बल्ल मिल्यो फुर्सद्?
 
Posted on 07-02-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ पून्टेदाइ, राहुलदाइ, चनादाइ, हरी, जिम्माल बा, कर्ण जी, ठूली?

वेदर अपडेट: टन्टलापुर घाम लाइरा'छ।

पून्टे दाइ कता घुम्दै हो? चुनावको लागि शुभकामना है!
 
Posted on 07-02-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो सम्म सानि थ्यौ नानि
अहिले साल चढेछ जवानि
सिरमा रिबन हाइ हाइ
लर्के जोबन पैँचो देऊ मलाई

सोमबारे तेश्रो जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 07-02-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेsssssssss
Hello! madam
Hello! madam
Where are you coming from?
Where are you coming from?
ठमेल चोकमा गएर बात मारम
ये निलो आँखा खैरो कपाल
के काम परि भिजिट गर्न आको नेपाल
ये निलो आँखा खैरो कपाल
के काम परि भिजिट गर्न आको नेपाल


हेsssssssss
घर त मेरो
घर त मेरो
अम्रिका होइन
अम्रिका होइन र
तिमले मलाइ चिनेको छैनर
ये कालै आँखा कालै कपाल
जर्ज बुसले बुझ्न पठा मलै नेपाल

जदौ यो बिर्खे माइलाको !!






 
Posted on 07-02-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखामा गाजल, गालामा लाली
कर्के नजरले फँसायो खाली
अधरको अद्वितीय मधुर मुस्कान
मेटाइदिन्छ तुरन्त सारा थकान

सोमबारे दोस्रो जदौ यो चित्र बहादुरको!
 
Posted on 07-02-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बहादुर् को ले जासुसी मात्र गर्छ भन्थानेको गीत पनि तकडा गाउदो रैछ। गाइने जासुस् पर्यो क्या हो?
दुर्गा भाउजु दर्शन् गरें है। हिजो दाजुलाई थरि थरि को परिकार अर्पण गर्नु भएको रैछ, हाम्रो त मुख मात्र होइन मनै रसायो।
 
Posted on 07-02-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! राहुलदाइ, म पहिले पहिले चौतारीमा धेरै कविता लेख्थें नि, पुराना अंकहरूमा होलान् फुटकर कविताहरू।
अचेल आन्द्रे खोला तरेदेखि फुर्सदै पा'को हैन। अब ट्याम मिल्यो भने लेख्दै गरूम्ला नि पछि।

दुर्गे भाउजू, जर्ज बुसले तपाइलाइ नेपालमा बुझ्न पठाको रे?
 
Posted on 07-02-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोलि ल चित्रे जासुस्, गल्तीले मिस्टेक भएछ।
 
Posted on 07-02-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हिजो त चना दाइले पकार ख्वाको के मलाइ मीस्टान्न भोजन

मलाइ कहाँबाट पठाउनु जर्ज बुसले!!!!!!!!
तिमीलाइ पठाको भनेको के !
तिमी जर्ज बुशको गाममा बस्ने, तिमीलाइ बिस्वास नगरि हाम्लाइ काँबाट गर्नु
 
Posted on 07-02-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त सानै उमेरमा लाहुर
आहाहा रितिथिती केहि थाहा छैन
चिठीमा फोटो पठाउने नानिलाई
आहाहा यसपाली त नलइ भा छैन

सोमबारे चौथो चरणको जदौ! यो बिर्खे माईलाको!!

 
Posted on 07-02-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा को फेरि पनि बैंस फर्केको,
गाउंदा नाच्दा नली खुट्टा मर्केको।
पातको पान
जिम्माबाको
सिन्के ज्यान

आफ्नो त टिरेन् को साइत भयो, छुट्ट्यो भने बब्बाल हुन्छ। त्यसैले आज को लागि संध्याकालीन जदौ( तेश्रो चरण), तारेमाम्।
 
Posted on 07-02-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहू बूडा र जदौ सप्पैलाई! के छ हालखबर?

पुण्टे बूडाले चुनाउ जित्ने सूर ल्या'का छन् बूडेशकालाँ भ्याउसिन ला'र! बरु के को लायौ ए बूडा भ्याउसिन? दादुराको कि विफरको? तिम्रो त्यो चाम्रिसक्या' छाला'ट सूई त पस्यो बरु?
 
Posted on 07-02-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोरि हरियो
माया लाउनाले बिचै परियो

सोमबारे पाँचौँ चरणको जदौ! यो बिर्खे माइलाको!!

कुरो एस्तो परो रे गोताएँ, हेरि मुइँले नि उड्दै आ' कुरो सुन्या हो अब कति सत्ते हो कि त दैव जानुन कि त पुन्टे बुडा नै जानुन। पुन्टे बुडा के जाति भ्याउसिन लाम्न गा' कुरो सोह्रै आना साँचो हो! अब के को भ्याउसिन भन्लाउ फेरि तिमारु, कुरो के भने यो बुडेसकालाँ नि बुडालाई टाउकामा कपाल फरररर पारेर कलकत्ते काइँलोले कोर्ने साह्रै रहर जागेछ हेरि। त्याँसि एउदिन एउडा डाउडरले 'पुन्टे बाजे शहराँ कपाल उमार्ने भ्याउसिन आ'छ' भनेर झ्यालि पिटेछ बुडा त कुरो सुनेओ २ पहराँ भ्याउसिन लाउने ठाममा!!
डाउडरकाँ ग'र पुन्टे बुडाले सबै बेलिबिस्तार लाएछन हेरि, त्याँसी डाउडरले चाइन्जो सपैलाई लाउने सुई झिकेर पुन्टे दाइलाइ लाम्न खोजेछ तर बुडाओ चाम्रो छाला के खा'र छिर्थो, सुइ मोरो त ठुनुक्क दुइ टुक्रो भ'छ! डाउडरले फेरि टराइ अरेछ हेरि, फेरि सुइ ठुनुक्कै! एउडा दोडा हो र? हेर्दा हेर्दा गोडा पन्ध्रबिसेक सुइ चोइटिएसि अब भएन भनेर डाउडरले तो तल्लो गाममा जुत्ता सिलाउने संअ जुत्ता प्वाल पार्ने घोचो ल्यार तेसइको सुई बनार लाएसि बल्ल भओ रे!!

 
Posted on 07-02-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! जिम्माल बा। कुरो त्यस्तो रच? लौ, एनिवे सप्प्पैलाई जदौ यो बबे को धेरै दिन पछी।
आम्दै गरम्ला।
 
Posted on 07-03-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु तआआआआआआआआआआआआआ
 
Posted on 07-03-07 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani mangalbaare नमस्ते गाम्ले साथीहरु तआआआआआआआआआआआआआ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters