CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-06-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा' दर्शन अरेँ। हउले त धमाका सुड्डो-एफ एम - ४२० चलाउनु भा'को रे'छ चौतारीमा। रमाइलो लाग्यो।

दुर्गी-भावी, के अर्नु त। अब त्यो ४ हप्ताकी चिचिलीलाई दिनको २-४ वटा बर्गर, २-४ वटा पिजा अनि लिटर चारेक कोक ख्वाउ, पैसो म तिरुम्ला भन्न भे'न के रे।
 
Posted on 07-06-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ho durgi bhauju hamro mama sarai lobhi ke...

shabbo sans bhandeko molai? aappui ni ta, muile keta ho ki keti timi bhanera sodheko thyonta timlai, kina bujheu?

la ma hide hai aba aaj dherai chautarimai basiyo.
 
Posted on 07-06-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एसलसी पास भएँ!! मलाई पिर्जेन्ट ल्याओ!!!!

मेरो सिम्पल लम्मर -- 0410349Q
Congratulation...! You have passed in 2nd division!! रे!
नपत्याए, चेक गराओ!!! याहुहुहुहुहुहुहुुहुहु ________________________________________________________________
On target=_blank>http://www.soce.gov.np/
________________________________________________________________
On
a different note,
लड्की क: यो लामखुट्टे किन मलाई नै टोक्न आउँछ?
लड्की ख: तिम्लाई मन परायो होला नि त!
लड्की क: तर यस्तो अँध्यारो कोठामा पनि कसरी थाहा पायो कि म यहीं छु भनेर?
लडकी ख: तिमीले क्लोज अप युज गरेकोले राति पनि दाँत टल्किन्छ क्या! त्यही देखेर थाहा पायो होला नि!

Moral:
दाँतको जसले गर्छ हिफाजत मोती झैं टल्काउँछ
रातभरि लामखुट्टे टोक्न आएर दिमाग खराब गराउँछ।

खित् खित् खित्
________________________________________________________________
 
Posted on 07-06-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारिआँ त सारो रमैलो भैरा'र'छ के रे । हन यो मिसको अन्तर्वार्ता त सारो राउँरो लायो के रे । बिर्खे जिम्माल लै कति मुखले तारीफ गरम र खै । काँट यस्तो बिद्दे सिकेका हुन हँ ।

ठुल्दाइ भन्दा ठुल्दाइ, मिस भन्दा मिस, लु अब बाँकि अरुको तुज्जुक नि देखाउनि रे ।

अनि यो लिस्टाँ पुछारआँ मलै नि घुसा'छन के रे, हा हा हा

रमैलो हुनि भ'अछ गाँठे ।

आफु त अब हाटा अरेर हिनियो, आज बेल्का देखुन पर्सिसम्मन यस्स भ्याउसिन लाउन पारी गाम जान परो के रे । लु रमाईलो अर्दै अरम, म चै शुभ यात्रा ।
 
Posted on 07-06-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चना नि भ्याउसिन् मा रे। सब का सब भ्याउसिन् मा गए चौतारि कुर्ने ठुल्दाइ? कुर्ने त कुर्ने यति बेला सबिता कबिता फुर्ने भए पो?
भौते को नि जम्बो फुर्सद् जस्तो छ। दर्शन् गरें है परभु। तारेमाम्।
 
Posted on 07-06-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsss सुन मया बसुम म कति
बसुम म कति
हाsss धेरै भयो बसेको पीरती
सुर्जे चन्द्रमा
दुई मुटुलाई एकै ठाम जोडौँ है
मङ्गसिर पन्ध्रमा

शुक्रबारे मध्यान्नको साह्रै नै पट्ट्याइलाग्दो जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 07-06-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हउरले कस्तो राम्रो अन्तरबार्ता राख्नु भो भुनेर भन्चु र। यो दोस्रो भाग पढ्न हिजो देखि पर्खेकिम के रे बल्ल पढ्न पाएँ। हैन कस्तो मिलाउन सकेको भुनेर भन्चु र यो बुढेसकालमा (मनमनै: बुढा मुन्छेलाई बुढेसकालको सम्झना गराइचु के रे, मार्ने पो हुन कि? भागेँ म) :P
 
Posted on 07-06-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा !

बोर लागे यो हेर्नुस।

what a deadly performance ! Anki baby u rocks !

- http://www.zshare.net/video/259211524abbc2
 
Posted on 07-06-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :)
नियमापत्ति! हन संबाददादा बाउ क्यार्न सप्पै जो कटा'र थोरै मात्रै राख्नुभयो ? :)

संबाददादाबाउ ,
उसोभा' मलै मन नपरेओ कुरो हउरलै नि मन नपरेओ र'छ ।जे भ'नि हउरको अरु बिध्देले खुबै रमाइलो गरेओ थियो के रे। यो बिध्देले त झन चौतारी प्रति सप्पै को जो मोहनि लाम्नी भओ भन्चुर ।
धन्यवात हउरलै :)


'“चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “

देवरजीले भन्या जस्तै समाधान चै यहि हो

बोल्दा हास्दा भएको कुरो को जिम्बेबार ब्यक्ति त्यो नै हो जो संग संबन्धित घटना घटेको हुन्छ । दोस्रो ब्यक्तिले टाउको थाप्न आउदा खेरि कुरो झन तितो भएर जाने भएकोले कुनै परिस्थिति बाहेक हरु बेला सबैजानाले कुरोलाइ सौहार्द बनाउन तिर लाग्नु पर्छ
न कि अप्ठेरो र प्रतिजवाफ प्रतिझटारो ।

मानवी, देवरजी र पुन्टेदाले भएको कुरोलै महसुस गरेर चौतारीमा सहज वातावरण सृजना गर्नु भएको मा मलाइ त धेरै खुशि लागेको छ (मनमनै भाषण त खतरा घयो नि मिस )




'यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन।
मलाई हेर्न बनेका आखाहरुमा निस्वार्थ कुनै भाव छैन।' ----नेप्चीदी हजुरको आवाज त निकै सशक्त रे'छ नि । :)

सब्बू ,
हेहेहेहे छी:छीके भ'का हुन भन्चुर अएले का कटेकिटिहुर । अरु लै सोबर हऔ भुन्न आफू चै त्यो के जाति मुहाआआआआआआआँ अर्ने
हेर त ब्यान मायालू सापुन ला'र धो'को मुख रात्तै जो पार्दि नक्कलीले अब बेला न कुबेला मुहआआआआआ अर्धै हिड नक्कली अनि पाउलेउ सोबर मुन्छे ,लौ जा

जादाजदै सप्पै लो नउस्ते अरेकिम है :)
 
Posted on 07-06-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले पनि ?
 
Posted on 07-06-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना:

अन्रवार्तामा सोधिएको प्रश्नहरुको जवाफ धेरै श्रोताहरुले दिनुभयो। यि सबै जवाफहरु मध्ये सरल र सजिलो जवाफलाई हामिले आज गोला प्रथा द्वारा छानेका छौँ। ल गोला प्रथामा पर्नुहुने पुरुष हुनुहुन्छ- श्रि भाउत भाइ भट्टराई
र गोला प्रथामा पर्नुहुने महिला हुनु हुन्छ- श्रि माष्टरनी म्याडाम
दुबै जनाले प्रश्नको उत्तरमा मुसुक्क हाँस्नुभयो र जुन आपसि मेलमिलाप बढाउने सबैभन्दा ठुलो हतियार हो भन्ने हामिले बिश्वास गरेका छौँ। त यसले भाउते लाई यो अंकको मिस्टर चौतारि तारारमपम बनाउँछ भने माष्टरनी नानिलाई मिस चौतारि तारारमपम।
अब ब्लाइन्ड डेटमा जाने तरखर गर्दा हुन्छ :):)
 
Posted on 07-06-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसैगरि,

फर्सट रनर अप - सुश्रि ठुल्नानि ठुलिभइ
सेकेन्ड रनर अफ- सान्नानि सानिभइ
मिस ब्युटिफुल रिप्लाई - दुर्गेस्वरि दुर्गेमा
मिस ब्युटिफुल खोल- ठुल्नानि ठुलिभइ
मिस ब्युटिफुल ट्युब- सान्नानि सानिभइ
मिस च्वाँक रिप्लाई- शबनमि शब्बु

 
Posted on 07-06-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss lai feri blind date gayo bhane sir le marnu hola ni khit khit khit ( marcha miss le bhage ma)
 
Posted on 07-06-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति फेरि पनि !! संबाददादा बाउ ,

हन म त पइले नै मिस छु नि मलै त्यो के जाति 'mrs चौतारी तारारमप"" बना'र बढुवा अर्दिनु पर्नेमा :)
अब यो बुढेसकालआँ बेला काबड मिस हुनिहोला । 'हजुर्मा चौतारी तारारमप' हुनि बेला
निशे बज्जिया ले नि के भन्ला मलै त उसैको पो लाज लाओ हिहिहिहि
 
Posted on 07-06-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छिन ठूली मुख छ भन्दैमा प्याच्च नबोल त
चिन्ता नअर ठूळी तिमी छदै छ्यौ नि जा जान नि तयार
 
Posted on 07-06-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss malai aaru ko bich ma kawaaf ma haddi bannu man chaina ni. mukh ta bolnako lagi nai deko ho ni bhagwan le. ani i dont think maile kehi naramro bhane jasto lagdaina. i think tapai je kuralai ni negatively linu huncha jasto lagyo. hajurle nai man ma lageko kura bhannu parcha bhaneko tehi bhara la maile ni ahile bhande. dont mind pls
 
Posted on 07-06-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिवाकालीन नमस्ते है सप्पै गाम्ले लाइ । आज प्रौढ को जाच दिएर आएको नि बल्ल भेट भओ । बेला बेलाँ चौतारी रेडियो सुने त्यत्ती हो । मिस् लाई प्रश्न हानम्ला भनेको त फुर्सत पायिएन । हैन जिम्माल बा ले बुढा को प्रतियोगीता गरे भने मैले त्यसै छोड्दिन है
 
Posted on 07-06-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै निदाये कि क्या हो? कि 'हावा' आयो भनेर भागे? (यो सबै 'सोबर्' खोज्ने को चाल होला । हामी लाई 'गोबर्' भनेको हैन? हामी जस्तै परोस् !! लौ जा सराप)
 
Posted on 07-06-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
***********************************
सद्दे मान्छे पागल किन हुन्छ? बाल्यकाल् देखि मेरो मथिंगलमा घुमिरहेको प्रश्न हो। जीवन यात्रामा धेरै पागलहरु देखें र भेटें। तर भाइकाजी को कुरा बेग्लै लाग्यो र यहाँ भाइकाजी को पागल कथा र ब्यथा राख्ने अनुमति चाहन्छु।

हामी सानो छंदा हाम्रै टोलका भाइकाजी दाइलाई वें ( नेवारिमा पागल्) भनेर जिस्काउंथ्यौं । उ सदा झै चुपचाप आफ्नै दुनियामा रमाइ रहन्थ्यो।कहिले काहिं हाम्रो चोकमा दिन भरि गीत गाइ रहन्थ्यो। धेरै बर्ष उन्को त्यो क्रियाकलाप् हेरिरह्दा लाग्यो, अबश्य पनि त्यो पागल भाइकाजी भित्र अथाह पीडा र असह्य बेदना लुकेको हुनु पर्दछ। समयान्तरमा आफू पनि केहि बुझ्ने भए पछि टोलका बुज्रुकहरु सङ सोध्ने हिम्मत गरें। भाइकाजी किन पागल् भएको भनेर। भाइकाजी दाइको पागल् हुनु भन्दा पहिलाको जीवन कस्तो थियो? एक्कासि कसरि यस्तो भाइकाजी भए?
बुझ्दाइ जाँदा लाग्यो, यति पीडा खप्न क्षमता सामन्य मानवमा हुंदैन रैछ। भाइकाजी पनि सामन्य मान्छे नै ठहरियो र कहिलेइ निको न फर्किने गरी आफनै दुनियामा रमाउन पुगे।

उनी मध्यम बर्गिय परिवारका थिए। खान लाउन कुनै चिन्ता न भए पनि बैभबशाली चाहीं थिएनन्। शारिरिक स्वरुप र बनौट पनि खाइ लाग्दो नै हुनु पर्दछ, जवानीमा। आफ्नो इलम् पनि थियो।

समय मै बिहे भो , चिना जोराएकौ हुनु पर्दछ।
तर दुलहि समय र यथार्थ भन्दा दुइ कदम ज्यादा महत्वाकांक्षि थीइ। भाइ काजी दाईलाई त्यो समयमै थाहा भएन। त्यति बेला को जीवन शैलीमा घर परिवार सङ खान लाउन खासै समस्या न भए पनि धेरै को परिवारमा नगद पैसा भने हुदैनथ्यो। फजुल खर्च त हुंदै हुदनथ्यो।
तर भाइ काजी दाई को श्रीमतिलाई फजुल खर्च गर्ने चस्का लागेको रैछ, सानै देखि। सधैं राम्रा राम्रा लुगा लाउने, गरगहनामा सजिने र नयाँ नयां प्रयोग गर्ने जमाना भन्दा धेरै अगाडिको सोच राख्ने नारी को चाह सङ उनी परिचित हुन सकेन वा माग आपूर्तिको अनमेल सम्बन्ध मिलाउन सकेन।

बिहे भएको बर्ष न बित्दै माइती गएकी श्रीमती फर्केनन। उनलाई लाग्यो घुर्की दिएकी होलिन, नयाँ गहना न बनाइदिएको मा। एकोटा सुनको बाला भनेकि थी त्यो पनि बनाइ दिन सकिन भन्दै आफ्नो कमजोरीलाई सुम्सुम्याउदै आउंदो दशैं तिहार मा बनाइ दिने कसम मन् मनै खाए भाइ काजीदाइले। धेरै दिन निदाउन सकेन, चिन्ताले दुब्लाए। तर कुरा यहिं टुंगिएन। केहि दिन पछि हल्ला सुने उनले, आफुले मुटुको टुक्रा सम्झेको, जीवन यात्राको अभिन्न अंग मानेको श्रीमती उनलाई छाडेर अन्तै पोइला गैन रे। उनले संझे कुनै पापीले भद्दा जोक गरे। पत्याउन सकिने कुनै आधार र घट्नाहरु थिएन। कुनै संकेत र इशारा थिएन। पक्कै पनि "..... या व: सि घ: त ज्यागु खं" ( कुनै जाति बिषेशले रंगाउने राखेको रंगको घैंटा फुट्यो भने, अनाबश्यक हल्ला चलाउछ भन्ने कथन नेवार समाजमा अद्यापि छंदै छ)
तर यो हल्ला थिएन। हावा न चली पात हल्लियो। भाइकाजी दाई को जीवन जगत भास्सियो।
मानसिक पीडाले उनको दैनिकि खल्बलियो। सम्हाल्ने प्रयास निकै गरे उनले। आफ्ना कमजोरीहरु को बिश्लेषण गरे। अहं कुनै भेउ पाउन सकेन। कुनै छेउ भेटाउन सकेन तिनले।
घाइते मनलाई सम्हाल्ने अनेक उपाय गरे। त्यति बेला कठ्माडौंको हल, जन सेवा हलमा गुरु दत्त को "प्यासा" भन्ने सिनेमा चलेको रहेछ।

मन हल्का हुन्छ कि भनेर भाइकाजी दाइ एक दिन त्यो फिल्म हेर्न गए, बिहान को शो मा। त्यो फिल्म उनले तीनै शो हेरे। भोलि पल्ट पनि बिहानै देखि त्यो फिल्म तीनै शो हेरे। र यो क्रम सात दिन सम्म हेरे र सतौं दिन पछि सिनेमा हेरेर फर्केको भाइकाजी दाई कहिलेइ सामन्य जीवन मा फर्किनु भएन। उनी पूर्ण रुपले पागल भए।
त्यो सिनेमा मा के थियो र भाइकाजी दाई पागल भयो भने जिज्ञासा रै रह्यो। कालन्तर मा त्यो "प्यासा " सिनेमा हेरें मैले र बल्ल थाहा पाएं भाइकाजी दाइ को पीडा र त्यसको परिमाण(magnitude)। ज्यान भन्दा बढि माया गरेको श्रीमतिले पनि मात्र धन र बिलासिताको लालचमा निष्ठुरीको पराकाष्ठा कसरी नाघ्न सक्दछन् , मेरो समझ भन्दा बाहिर् थियो। र त्यो पीडा शब्दहरुमा बर्णन गर्न त नसकिंने रैछ भने भाइकाजी दाइले सहन कसरि सक्दा हुन्?
गुरु दत्त को जे हाल भो सिनेमामा, अब भाइकाजी दाइको त्यहि हाल भो। सिनेमालगातार् हेर्दा हेर्दै आफू भित्र गुरु दत्त प्रक्षेपण भएको पाए उनले र त्यहि कारणले पागल भए।
यसरी एक जना सामन्य माया गर्ने मान्छेको दुखद अबसान भएको देखें।मलामी गएं म पनि। धेरै ले औपचारिकता निभाए होला, कसैले एक पागलको अन्त्यमा खुशियाली मनाए पनि होला। तर म त्यो चित्ता जलि रहंदा कामना गरि रहें, कोहि पनि अर्को भाईकाजी बन्न न परोस्। माया मा धोका प्रतिबन्धित होस्। मायाको घाउ सहने सक्ने शक्ति देउन्, माया गर्नेहरुलाई।
अस्तु!
 
Posted on 07-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये दुनियाँ अगर मिल भि जाए तो क्या है!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters