[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182395 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-27-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

कुम्लेलाई धन्नेबाद!! चिताको पुगोस!

ग्वाँचे, नमे, ठुली के छ हालखबर??
 
Posted on 06-27-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हरी!
मेरो ठीक छ, तिम्रो नि?
ठुलि, सँचै?
 
Posted on 06-27-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु। के छ ताअाअाअाअ?
एका बिहानै ठुलै जमघट भाको देख्छु। कुनै बिशेष कार्यक्रम् त छैन? लौ अहिले लाई माइनस, अड्डा बाटै छड्के हान्छु।
 
Posted on 06-27-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari, rahul da, gwache sanai lai mero je sita ji ki cha la :P
 
Posted on 06-27-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर

बुधवारे जदौ यो बिर्खेमाइलाको।
 
Posted on 06-27-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सन् ब्रो ले मिलाए छ, साझा हराएर् टेन्सन। बधाइ छ हमी सबै लाई
के छ चिप्लु, दर्शन् दुर्लभ हुदै गएको छ।
 
Posted on 06-27-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu le kyaa mitto kabita lekheko.

rahul da ke gardai?
 
Posted on 06-27-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीबासी दाजुभाई दिदी बहिनीहरुमा फेरि यो सोझो कुम्लेको नमस्ते!

बिशेष, धन्यवाद दिनुहुने आशिष दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। त्यो भउतेको गाना अस्ति भर्खर पढेको थिएँ अनि त्यहि भएर राख्या यहाँ, पछि पो थाहा पाएँ हरितालिके अघिल्लो चौतारीमा राखिसकेछ। अब डबल परेकोमा क्षमा पाउँ।

चिप्लुलाई कस्ले टाढा बाटै म्वाई खायो? ल ल मस्ति छ ब्रो को!
राहुल दाई दिनभरी चिलिम ब्रेकमा हो?
ठुली के छ हालखबर?

बाँकी सबैलाई मेरो फेरि नमस्ते है!

:-)
 
Posted on 06-27-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म त दिन भरि हराएको चौतारिको खोजीमा थिएं। मास्टर को गाली खानबाट बच्न अनेक उपाय र काम गर्दै थिएं। काम नि सकियो, साझा नि खुल्यो। ठुली, तिमी के गर्दै नि? दिउसो को चिया च्यूनार भयो?
कुम्ले, पुन: एक पटक बधाई( जति दिए नि सकिने चिज होइन क्या र)। दिन भरि कहा चिलिम ब्रेक हुनु नि, भर्खर ब्रेक लिने फुर्सद मिल्यो। डाका मास्टरको पेलाई ले।
 
Posted on 06-27-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तिम्रो शहर छोडी टाढा, टाढा म जांदै छु।
तिमी संग कहिल्यै न भेट्ने कसम खांदै छु।
 
Posted on 06-27-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo !!!

......... done for today .................

कोही छ म सँग निहु खोज्ने आज ?
 
Posted on 06-27-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle mero sabai thik thak cha. hajur ko ni.

bhauteeeeeeeeeeeeeeeeeeeeeeee daaaaaaaaaaaaaaaaaaaa kasto jhagadalu kya :P
 
Posted on 06-27-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol bhaute..!!

Mero msn maa yahoooooooooooo garera kataa taap? mero ta reply ni gayena. "Couldnot delivered to all recipient" re.
 
Posted on 06-27-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु को हात चिलायो कि क्या हो? निहु खोज्ने मान्छे खोजी हिड्छ। हिजो रातीकै मात चिलायो कि कतै?
बेलुकि बेलुकि msnमा पनि देखिन्न, कुम्ले को त बहाना छ, भउते काजी किन दूर् हो?
 
Posted on 06-27-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी जदौ गाम्ले हो। साझा त निक्कै बेर भूमिगत भएछ नि।
 
Posted on 06-27-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन मा एक्चोट कसैसँग झगडा नगरि खाएको पनि पच्दैन कि क्या हो ए भौते?
 
Posted on 06-27-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-27-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मक्करेलाई देख्यो कि मेरो ज्वरो १०४ पुग्छ, अनि त केही देख्दिन। सरी है राहुल दा' हजुरको पोस्टिङ देखिनछु के।

मक्करे आजको भोज पचाउन हेल्प गर्ने हो त तिम्ले ? आजको लागि त अलिक दह्रै मान्छे चाहिन्छ जस्तो छ।

हो राहुल दा', एक दुइ-जनालाई बबाल धुलाइ नगरे सम्म यो हात चिलाउन छाड्दैन जस्तो छ।

आबो त्यो एम एस एन मा छिर्यो कि पिर्यो हुन्छ के। नक्कलीहरुले घेरेर निस्कनै दिँदैनन्।


कुम्ले-दादा, एम एस एन मा याहु sssssssssssssssssssssss गरेको हगि, हजुरलाई। अनि त साथमा भाउजु देखेँ अनि बबाल टाप कसेको नि त म।
 
Posted on 06-27-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गर्ने को चोखो माया पनि देखियो
वाचा गर्ने को वाचा बन्धन पनि देखियो।

रोइ रोइ न छुटिने कसम खाने ले,
कसम खाने ले,
हासी हासि कसम् तोडेको पनि देखियो।
माया गर्नेको..................

फूल सुकुमार छ, कोमल भन्थ्यौ
कोमल भन्थ्यौ,
फूलको धार ले रेटेको पनि देखियो
माया गर्नेको...............

सबको भगवान छ, भगवानले हेर्छ भन्थ्यौ
हेर्छ भन्थ्यौ
तिम्रो भगवान ले हेरेको पनि देखियो।
माया गर्ने को चोखो..................
 
Posted on 06-27-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कती भनौं भौते, बाघ सँग सिङौरी नखेल भनेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters