CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182328 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-03-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namasteeeeeeeeeeeeee gaamleeeeeeeeeeeeee sathi taaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 07-03-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!!

एउटा कुरा सुनाउन मन लागेर कस्तो! कुरा के भने नि? हाम्रो चौतारीका पात्रहरुपनि निकै पपुलर भइ सकेछन्। आज मलाई दुइवटा इमेलहरुमा हाम्रो चौतारीका कम्पाउन्डर श्री मदनवाको कविता फरवाड गरेर पठाइएको थियो।

सायद मदनवाले पनि पाए होलान् आफ्नै कविता लेखिएको इमेल। :D

अनि मैले यसो सोचेँ के, अब आफ्नै कविता आफैँलाई फरवाड गरेर आइपुग्यो भने के गर्ने? "वाह! क्या दामी लेखेछ यार, को होला त्यस्तो लेख्ने?" भनेर उत्तर पठाउने? हा हा हा!! मलाई सम्झी सम्झी हाँस उठ्या छ। अब आफुँ हो भनेर नि भन्न नमिल्ने नत्र Anonymity को मज्जा लिन नपाइएला फेरि।

मदनवा! गार्हो हुन्छ, हैन त? ;-)
 
Posted on 07-03-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हरि, ग्वाँचे, ठूली जदौ!

ग्वाँचे, आहा कति राम्रो फोटू टाँस्या, जरामुनीको हो?

छङ्छङ् बज्यो हातका चुरा
गरौं अब मीठा मीठा कुरा
सलक्क मिलेका मोती झैं दाँत
जिन्दगी हो यो फूल र पात

मंगलबारे पहिलो जदौ यो चित्रबहादुर मुखियाको!
 
Posted on 07-03-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा के छ हालखबर? मदनवाको कविता तिमीलाइ ईमेलमा आयो रे?
 
Posted on 07-03-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HELLO HI chha hai sabailai!!!

..... jimmal baale atti hasaunu bha rechha maachha khane tarika ra teska reasons bhanera..
thuli, kumle howdy?

la ma lage aba thangna ferna chhoriko (LOL kasto sunido rechha )
 
Posted on 07-03-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, ग्वाचे, थुलि, चित्रे, कुमलवा, सान्नानि के छ हो? सबैलाई नमस्कार् गरे है मैले।
ल रमाइलो गर्दै गरम्। म चियाउंदै गर्ने छु।
 
Posted on 07-03-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा कुम्ले ब्रो ले हसायो ।

उता एउटा गाममा कोसैले केटी खोजेको सुचना टाँसेछन, मैले हाम्रो मदनवा को सुपर हिट कविता "हमिले लरकि पाएन" डेडिकेट गरेर पेस्टेको थिए, तेइ कविता त परेन ?

सान्नानि, चित्रे, नेप्चि दि, थुलि सबैलाइ आरामै ? भात भान्सा तयार भओ होला के रे,
 
Posted on 07-03-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्

के छ कुम्ले उर्फ सुबिर बहादुर मुखिया???? लौ तिम्रो नाम मैले सार्वजनिक गर्दियाँ! :) रिसानी माफ होस्!
अनि यी मदनवा को परे हँ? कसका छोरा? कसका नाति? खै, आजकलका ठिटाहरुलाई कसरी चिनियोस् गाँठे! देख्न पा'छैन हुर्लुक्क बढेर आकास छुन्छन्!!!!

ईति:॥
 
Posted on 07-03-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
मंगालबारे जदौ, बिर्खे माइलाको।
आज त एकाबिहानै हल्ला हो कि सल्लाह् सुरु भो। हिजो मशान कुरे झै सुनसान थियो
। के छ ठुली? चिया खायौ?
चित्रे आज त बिहानै मूड् अन? हिजो कै बाकि थियो, झम झम्? लरकि न पाउनेहरुलाई मात्र पठाको रे मदनवाले तो इमेल। लरकि हुने कहाँ पनि पुगेछ, हाअह्हाअ।
गालब गुरु आक्कल् झुक्कल् मात्र झुल्किने भन्या। चना ब्रो नि फुर्सद् दुर्लभ भा जस्तो छ। सान्नानी, फुच्चुलाई कस्तो छ? हर्लक्क बढेकी होली अब त।
 
Posted on 07-03-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो समय मुना चियाको हो
टुँ टुँ टुँsssssssssssssss

नमस्कार,

ध्रुव थापाबाट समाचार सुन्नुहोस। सबभन्दा पहिले प्रमुख समाचार।

कुमलवा भन्ने कुम्लेको एक हप्ते गुप्तवास समाप्त।
हरितालिकेलाई अझै पनि दिनमा फुर्सत मिल्न गाह्रो।
पुन्टेदाईको चुनाव अभियान तिव्र।
सान्नानिको थाङ्गना सुकाउने क्रममा छिमेकिलाई लागेको पुरानो पिनास निको।
तितौरीको खोजखबर अभियान तिब्र, अझै नफर्केकोले चौतारिबासि चिन्तित्!
ठुलिको ठुला ठुला कुराले चौतारिमा रौनक।
यसका साथै हामि ठुल्दाईको हालैको नायाग्रा फल्स भ्रमणको बारेमा वहाँ संग हाम्रा सहकर्मिले लिनुभएको अन्तरवार्ता पनि प्रस्तुत गर्ने छौ!

अब सुन्नुहोस पुरा समाचार।
चौतारीको मर्मत सम्हार ईन्चार्ज कुम्लेको करिब एक हप्ते गुप्तवासको दौरान चौतारिमा मिश्रित प्रतिकृयाहरु आएको एक हप्ता पनि बित्न नपाउँदै कुम्लेको पुन: चौतारिमा आगमन भएको छ। कुम्ले केहि दिन बेपत्ता हुन पुग्दा चौतारिलाई माया मारेको, केहि समयको लागि शायद चौतारि बारेको, बुढाबुढि कतै घुम्न गएर मायाप्रिती सारेको वा मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको; जे भएता पनि कुम्लेको आगमनमा सम्पूर्ण चौतारीबासिहरु प्रफूल्लित भएका छन्।

चौतारिका मेन इन्जिनियर तथा गित संगित टाँसटुस शाखाका महाप्रबन्धक हरितालिकेको व्यस्तताले आज दोश्रो हप्ता पनि प्रभावित रह्यो। कहिले बाँस जति अग्लो पंखा ठिक पार्ने र कहिले हप्ताभरिको काम सप्ताहन्तमा सार्ने उनको परिपाटिले गर्दा यो हप्ता पनि खासै फुर्सद नमिल्ने कुरा वहाँले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। जति बेफुर्सदि भएता पनि परेको खण्डमा नयाँ चौतारि निर्माण गर्ने तथा लुकि लुकि चौतारि चिहाउन भने वहाँले नछोड्ने बताउनुभयो।

चौतारिका बयोबृद्ध चिल्ला नेता पुन्टे दाईको मनको राजनितीमा पोलिटिक्स घुसेकोले वहाँ आजकला चुनावि चहलपहलमा हुनुहुन्छ। चुनाव अभियानमा लागेका पुन्टेदाईलाई हामिले अमेरिखर्कको नयाँओक्रे गाउँमा फेला पारेका थियौँ। चुनाव अभियानको बारेमा हामिले जिग्यासा राख्दा वहाँले आफु चुनाव जित्नेमा १५० प्रतिशत ढुक्क रहनुभएको कुरा उल्लेख गर्नुभयो, र साथ साथै बताउनुभयो कि वहाँ को प्रतिशत जहिले पनि ५०० मा समाप्त हुन्छ। अत्यन्तै समयामयिक भ्याक्सिन काण्डको बारेमा प्रश्न गर्दा भने वहाँले यो नितान्त अफवाह भएको र वहाँको बिजय संग डराउने बिरोधिहरुले गरेको ठुलो खडयन्त्र हो भनेर पन्छिन खोज्नुभयो।

बाँकि समाचार एक कमर्शियल ब्रेक पछि…

 
Posted on 07-03-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guysssssssssssss next ANA 2008 baltimore, MD ma hudai cha re. lu sathiharu sanailai mero tarfa bata ahile dekhi nai nimto didai chu laaaaaaaaaaaaaaa.

birkhe da, hari, kumle dadu + bhauju, poonte dai + bhauju, sanani + bhinaju, tiru, nemchi, nemche, rahul da, chiplu + bhauju, galab, gwache, madanwaa u guys better come la. opsssssssss chana da ra bhauju, chitre laai ta bolaunu pardaina holani khit khitkhi t
 
Posted on 07-03-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक बर्ष जति पुरानो चौतारीबाट-------

Poonte
Send Poonte an emailEmail Posted on 06-30-06 1:56 AM Reply | Notify Admin
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

आबु, रातको तीन बजे, भोली सखारै फेरुन् तो के जाती कामलाई उठ्न छ! यति राती त बोक्सो मात्रै उठ्छ भुन्थे, ऐना हेर्दा आफू नि बोक्सो बोक्सोऽऽऽ जस्तै ला’गो।

क्यार्नु? भाराभुरीले सम्झेचन् के रे! बुढो खोकी थाम्दै भे नि ख्यास्सेको स्वर सुनाम्नै परो!

अन्फेरुन्, यो चौताराँ आयो कि मुलाई त मेरी धोबिनी कै झलझली सम्झना आम्च, गाँठे! तै धोबिनी कै च्यात्त्या पेटीकोटको कस्सम्! बेला बेलाँ दाबिलोले खप्पर ताकेर च्याठेनि निर मुया भुनेको निर मुयई हो के रे! भउते काजी हराको, सालीलाई भगा’र, सिरे नि हरायो, धोबिनीसंगै! बज्जेले ताल मारो जस्तो ला’गो। लु, गाम्ले हो! पञ्चे भेला अरेर कुरोको टुँगो लाम त!

तन्नेरी छँदा हुँदो बारै मास चौताराँ सुर्लेर बित्थो के रे। दुई बीस छुनै ला’को खुईले भएसि जान परिवारको ख्याल अर्नै परो! काम कुरो एकातिर कुम्लो बोकी चौतारीतिर अर्न भे’न। बरु भनम् को को गाम्ले यसपालाओ यन्ये (ANA) मा आम्छौ? आम्नि हो भुने हेरम के रे मुईले तयार पारेको फिलमहुर नि। फिलम सकेसि बसेर मज्जाले दोहोरी पड्काम्ला के रे नि!

लु, दैवले साँचे, नमरी बाँचे, फेरि अर्को पाला मौका पारेर आम्ला के रे। आस अरे, भर चईं नपरे। यस्तै छ अचेल यो पुन्टे बाजेको हालत! मुया चईं मुईले नि मार्ने छैन, तिमेरुले नि नमारे!

रामो राम, सीताऽ पोई!

Amrikane
Send Amrikane an emailEmail Posted on 06-30-06 7:34 AM Reply | Notify Admin
चित्रे जि,

म पनि भुगोल को बिध्यर्थि परे, भुगोल मा इन्ट्रेस्ट् भयेका साथि हरु को गुगल गुरुप् सुरु गरम कि भन्नि सोचे, के छ तपै को बिचार्

uptowngal
Send uptowngal an emailEmail Posted on 06-30-06 7:49 AM Reply | Notify Admin
:D :D

Dada_Giri
Send Dada_Giri an emailEmail Posted on 06-30-06 8:27 AM Reply | Notify Admin
-


world_map
Send world_map an emailEmail Posted on 06-30-06 8:48 AM Reply | Notify Admin
:D पून्टे दाई आएर खूब हसाउनु भो। तपैंको फिलिम हेर्न आउन त मन लाग्या हो तर म टाढा परें। :(

हो तितौरी, मैले हिजो पून्टे दाईलाइ अर्कै ठाममा देख्याथें, अनि याँ बोलाएँ, आउनुभो, खुशी लाग्यो।

दादाले हिजो असार १५ राम्ररी मनाउनु भो जस्तो छ नि।

मास्टर्नी दिदी, अब ईस्कूल कहिले देखि खुल्छ?

अम्रिकाने, म भूगोलको विद्यार्थी नभएनि मलाई भूगोल बच्चै देखि मन पर्थ्यो, त्यसैले भूगोलको गुगल ग्रुप बनाउने भए म खुशीसाथ सहभागी हुनेछु।

ठूल्नानीऽऽ, अब एक घण्टामा त भकुन्डो शुरू हुन्छ। याऽऽहूऽऽ :)

Dada_Giri
Send Dada_Giri an emailEmail Posted on 06-30-06 8:52 AM Reply | Notify Admin
ए चित्रे कल्लाई सपोर्ट गरुम् हँ? आज त अब सुकबार भओ केरे म नि हेर्छु भकुन्डो।

अनि १७ लम्बरको चौपारो चिनुम् न दाजुभाइ मिलेर। ल जम्मै आओ कसैले माटो लेउ कसैले ढुगां लेऊ।

uptowngal
Send uptowngal an emailEmail Posted on 06-30-06 8:54 AM Reply | Notify Admin
चित्रे तिमी कति भाग्यमानी । भकुन्दो नि हेर्न पाको छौ । आफुलै नि कत्ति भकुन्दो हेर्ने मन् च तर आफ्नो तो कर्मै फुतेको। जहिलेनि भकुन्दो हेर्ने बेलमा काम् म हुन्चु।

दादा धरै हिलोमा नखेल्नु होला मस्तेर्नि दिदि ले थाहा पाउनु भो भेने तपैको कान् को जरा उखेल्नु हुन्च।

world_map
Send world_map an emailEmail Posted on 06-30-06 8:57 AM Reply | Notify Admin
दादा, पहिलो खेलमा अर्जेन्टिनालाई सपोर्ट गर्नुस्, दोस्रो खेलाँ युक्रेनलाई। म त त्यही गर्छु। :)

अब १७ लम्बरको चौतारो बनाउनु त पर्ने हो, तर कहिले काम कहिले भकुन्डोले गर्दा नभ्याईरा', लौ यसपाली दादाले नै बनाउने हो कि?


समय कति चाँडो उड्छ है?

समय पंछि हो खुल्ला यसको बन्धन
बाँधेर बाँधिदैन उड्छ हर प्रहर
दिन रातको पंख सेतो कालो
चालेर आकाशैमा उड्छ हर प्रहर
 
Posted on 07-03-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwww chitre u r so right. time biteko ta kasto pattai na nahuneko. thanks for posting this :D
 
Posted on 07-03-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, हामी त होस्ट जस्तै नै भयौं नि बाल्टिमोरको जात्राको लागि। होप अर्को साल नि यतै हुनेछु, तैपनि स्योर छैन, जता पनि हुन सक्छु। तर जुन इस्टेटाँ भए नि आउने टराइ गर्छु। के गर्नु समयको बाढीले बगाएर कता लान्छ था' नै छैन। पोहोर साल खोला पारी थिएँ, यसपाली वारी आइपुगें।

त्यो माथिको पोहोर सालको चौतारीको अंशमा छ नि, नयाँ ओक्रेमा ANA convention हुने पून्टेदाइले भन्दैहुनुहुन्छ। Time does Fly!

सान्नानी, नेउची ज्यू, राहुलदाइ, जिम्माल बा, चनादाइ, गाले र अरू सबैलाइ जदौ!
 
Posted on 07-03-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्दे दिल, दर्दे जिगर
दिलमे जगाया आपने
पहिले तो मे शायर था
आशिक बनाया आपने।

दोश्रो चरण को तारेमाम्।
 
Posted on 07-03-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले सारै हसाउंनु भो अब चैं। हांस्दा हांस्दा भोक् लागिरा नै गाएब।

चौतारीमा ज्यादै चहलपहल बढेको रैछ, खुसि लाग्यो। कोइ गुप्तवासमा, कोई चुनाब अभियानमा, कोई पत्रकार सम्मेलनमा, कोई नाअयाग्रा भ्रमणमा अनि कोई समाचार् वाचन का लागि रेडियो नेपाल मा भर्ति। चौतारीबासी हरुको महिमा अपरम्पार।

कमर्शियल ब्रेक पछि तपाईंहरुलाइ पुन: स्वागत् छ। अब बांकि समाचार बिस्तार मा, ..............
 
Posted on 07-03-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: स्वागत छ कमर्शियल ब्रेक पछि।

सान्नानिलाई पुत्री लाभ भए यता उनको छिमेकिहरुमा खुसिको लहर छाएको छ। दैनिक सानि आर्याको थाङ्ना सुकाउने क्रममा वरिपरिका छिमेकिहरुको पुरानो पिनासहरु निको भएको तथा बच्चा किल्किलाएको मधुर आवाज सुन्दा छिमेकिका पुराना डिप्रेसनहरु सबै हराएको कुरा खुल्न आएको छ। यो खबर थाहा पाउना साथ जोन हप्किन्स बिश्वबिध्यालयाका डिप्रेस्स्ड साइनटिस्टहरुले डिप्रेसन, थाङ्ग्ना र बच्चाको आवाजको अन्तरसम्बन्धको बारेमा एक अनुशंधान गर्नको लागि हिजै ५ सदस्सिय टोलि केनडाँडा तर्फ पठाएको समाचार प्राप्त भएको छ।

चौतारीलाई नै कयौँ :D हाँसोहरुले तथा नया शब्दहरु रोटिफल, ईखिँखिँखिँ इत्यादीले परिचित गराउने तितौरीको बिगत केहि समय देखिको भुमिगत अवश्थाले गर्दा सम्पूर्ण चौतारी स्तब्ध भएको छ। खोजभियानमा लागेका चौतारिबासिहरुका अनुसार पछिल्लो पटक बल्खु गावँमा बुढो हजुरबाको याद गर्दै गरेको अवश्थामा देखा परेपछि उनि चौतारिबाट एकाएक गायब भइन्। अनेक चर्चाहरु बजारमा आइरहेकोमा कतै प्राकृतिक स्थानमा बसेर पुस्टकारि खाँदै चित्र बनाइरहेकि हुनु पर्ने सम्भावनालाई सबैले परोक्ष रुपमा स्विकारेका छन्।

यसका साथै समाचार समाप्त हुन्छ, नमस्कार।

श्रोताहरु हामि तपाईँहरुलाई केहि छिन पछि हाम्रो स्टुडियोमा लाँदै छौँ जहा हुनुहुन्छ भर्खरै नायाग्रा फल्स को भ्रमण सकाएर फर्किएका ठुल्दाई! वहाँकै मिठो शैलिमा वहाँले दिनुभएको अन्तरवार्ताको लागि केहि क्षण धैर्यधारण गरिदिनुहोला। धन्यवाद्!


 
Posted on 07-03-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जासुस्, कता हरायो फेरि?
त्यो अर्को गाम मा सरु भक्त भन्ने गोत्र पीडित हाम्रै गाम्ले त होइन? लौ जासुसी गर्नु पर्‍यो।
 
Posted on 07-03-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, सान्नानीको छोरीको नाम त आर्ना हो। आर्या त गोतामे ज्यूकी छोरीको नाम हो।

राहुलदाइ, त्यो सरूभक्त भन्ने गोत्र पिडीत हाम्रो गाम्ले चैं होइन कि जस्तो लाग्यो। एकजना हाम्रै गाम्ले सरूभक्त नामबाट त आउने गर्थे तर saru_bhakta बाट हैन, Sarubhakta II बाट।
 
Posted on 07-03-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचार्य थर को गोत्र सोध्दै थ्यो, शंका गर्ने ठाउं भएर, एक पटक् चेक गर न चित्रे?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters