[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 352187 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
सान्नानी
Posted on 02-13-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli i'm fine ... timi ke ma bz ni?


sathi, tei ta kasto hawa chalya... ani lahare le ke bhanya timlai testo? sachchi ho ta? kathai.....


filim heram bhanera tyo surje le deko hall agadi baseko jatikhera ni tei gopi krishna hall bhanne matra aairanchha kati bera akha jhimikkai nagari base tara kei ni aaena ke bha ho surje?


lau cheli euta katha lekhana ta.


 
Posted on 02-13-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-13-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सबै साचै हो सान्नानी


केली न्ह्यामरु वामरु ब्याँ नै हो -


कस्तो भाको सैतान्नानी तिमी


 
Posted on 02-13-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल! माइली भाउजुलाई मेरो नि शुभकामना आजै देखि! बुढा-बुढी दुबैजना बेपत्ता, शुभकामना दिएर नि सुन्ने होइन होला त!!

सान्नानी दिदी, लेख्न त खोजेको हो नि तर के गर्नु ---

बोल्दैन उ मसँग नि लाटिएको छ कि क्या हो
कसैसँग मेरो कलम साटिएको छ कि क्या हो

साथी मेरो उही त थ्यो, मनका सारा कुरा खोल्न
कहिलेकाहिं रिसाउन, कहिले फेरि हाँस्न-बोल्न
मैं देखि पो उसको मन काटिएको छ कि क्या हो
कसैसँग मेरो कलम साटिएको छ कि क्या हो



 
Posted on 02-13-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को के कुरा गराइ भयो र ? कहाँ कस्को देखेर हो कुन्नी जस्का बुढी ले पनि बुढा लाई टाउका मा हान्छन भन्नि assumption छ अनी त्यही डर ले मायालु लहरी पाउदा पनि धोका दिएर ल्यायो नि
 
Posted on 02-13-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याउं क्याउं अली लामै भयो। खैर्‍या भाषा बुझ्न नि गाह्रो, बोल्न नि गाह्रो।



चेली, चिप्ले, पर्बते, रिट्ठे, सान्नानी आदी इत्यादी लाई पहिलो राउण्डको तारेमाम ।



भोक लाग्यो, धेरै थोक भन्ने मूड छैन। पहिला काजु भात र कोक भजाऔं।
भोकाएका, कोकाएका कोइ छन भने ५ $ लिएर तल टरक मा आउनु, काजु भात ४ डलर , १ ड्लर कमिशन । 


 
Posted on 02-13-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई।
ठुल्दाइ, यो काजु टरक भात भन्ने त महिनौं देखी सुनिरहेको हो तर के हो बुझ्न सकिनँ। स्पष्टिकरण अथवा क्लारिफिकेसन जे भए पनि दिनुहोस् न।
चेली, उपहार के दिने भयौ त हाम्रा ज्वाँईंसापलाई?
 
 

 
Posted on 02-13-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी अरुलाई उपहार दिनुपर्छ भन्ने कुरा मा विश्वास गर्दैनौं रे क्या !! दिने ले दिए भने चैं नाईँ नि भनिदैन!!
 
Posted on 02-13-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी स्कुलमा हुँदा "गुरुआमा नमस्ते" भनेर नमस्ते गर्ने चलन थियो । हाम्री एकजना गुरुआमा भने अलि कस्ती कस्ती हुनुहुन्थ्यो ( psycho भन्दा उहाँको अपमान होला त्यसैले अलि कस्ती कस्ती भनेको नि) !!

एकदिन हामी साथी साथी हुलै बाँधेर घुम्दै थियौं स्कुलमा उहाँ आउनुभो, हामी सबैले  "गुरुआमा नमस्ते" भन्यौं तर एउटी साथीले भनिनछे ! हामी नमस्ते गरिसकेर अलि पर पुगेपछि उहाँले "कार्कीजी" भनेर ठूलो स्वरमा कराउनु भो, त्यही साथीको थरमा जी को फुर्को नि जोडेर !! हामी सबैजना पछाडी फर्कियौं, उहाँले दुवै हात जोडेर नमस्कार गर्नु भो, त्यो साथीको गालामा गर्हो थप्पड हाने जस्तो गरी, बिचरा निल्ल परी! त्यसदिन देखि हामी उहाँलाई जहिले जहाँ भेटेपनि नमस्ते गर्न भने बिर्संदैनथ्यौं !

अर्को दिन म कतै जाँदै थिएं उहाँ फेरि भेट हुनुभो ! "गुरुआमा नमस्ते" भने मैले टाढैबाट, "चेली तिमी यहाँ आउ" अलि कडा स्वर पारेर भन्नु भो । म पनि उहाँको अगाडी गएँ । उहाँले स्वर अझ कडा बनाउँदै सोध्नु भो - " तिमी अहिले भर्खर स्कुल आ'को हो ? मलाई भर्खर भेटेको हो स्कुलमा?"
"होइन" भनें मैले
"अनि तिमी अब घर लान ला'को हो?" फेरि सोध्नु भो !
"होइन, भर्खर त हाफ टाइम भयो" भनें
"अनि किन नमस्ते गरेको त ? नमस्ते नि दिन मा दश चोटी गर्छन् ? त्यति नि थाह छैन, शुरुमा भेट्ने बित्तिकै र घर जाने बेलामा मात्र नमस्ते गर्नु पर्छ भन्ने" साफ झाँट्नु भो उहाँले मलाई, म वाल्ल परेर हेरिरहें !! 

हाम्री गुरुआमा चौतारीमा हनुभा भए के भन्नु हुन्थ्यो होला, पहिलो, दोस्रो, तेस्रो राउन्डका जदौ त तारेमाम ठोकिएका देख्दा!!
 
Posted on 02-13-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ NST अनुसार को प्रणय दिवस को शुभकामना। अनी सेकन्ड राउन्ड को तारेमाम है सबै लाई

 
Posted on 02-13-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा द्स्रो राउण्डको जदौका साथमा तारेमाम।



जदौ र तारेमाम जती राउण्ड हाने नि थप्पड चाँही भेटिदैन होला नि चेली?
चिप्ले टरक मा काजु भात भन्नाले हाम्रो पाठशाला को कम्पाउण्डमा थुप्रो फुड ट्र्क हरु हुन्छन, लन्च डिनर चिया नास्ता बेच्ने। तिनै ट्रकमा क्याशियोनट चिकेन खाने भनेको। सस्तो मिठो ४ डलर मा टन्न।


हाम्रा नि एक जना गुरु थिए, हफ्ता १ दिन डस्टर को बुस्टर् नखाएको कसैले हुँदैनथ्यो। कहिले होमवर्क पुरा नगरेको, कहिले पुस्तक नल्याको, कहिले किलासमा चक चक गरेको, कहिले मास्टर छिरी सकेपछी छिरेको। होमवर्क नि अती हुन्थ्यो ज्यामिती को । साध्य सजिलो खालको भए ५ पल्ट, अली गाह्रो टिरिक चाहिने भए १० पल्ट, अनी गाह्रो खालको भए १५ पल्ट लेखेर ल्याउनु पर्ने। जती पल्ट पुगेन त्यती नै डस्टर खानु पर्थ्यो।



एक दिन हामी भन्दा सिनियर ब्याच को एस् एल सी को रिजल्ट भाको केही दिनमा एक जना विद्यार्थीले सर लाई बाटो मा भेटे छ र बडो प्रफुल्ल मुद्रा मा नमस्कार ठोकेछ। सर ले नि नमस्कार फर्काए र कस्तो भयो रिजालट भनेर सोधे छ। विद्यार्थी त झन के कम फस डिभिजन जो ल्याको थियो- फास्ट डिभिजन ल्याएं सर- गर्ब का साथ जवाफ फर्काए छ।


सर ले "डिभिजन सोधेको होइन म्याथ मा कती आयो भालुमान" ( सरले नाम कसैको याद नगर्ने र सबैलाई भालुमान थेगो लगाउनु हुन्थ्यो। )।


" बडा राम्रो भो म्याथ मा, ९० आयो सर "।
यती के भन्याथ्यो सरले पालाई पालो दुई गाला मै डाम को सिग्नेचर ठोक्दिनु भयो।


"९९ ल्याउने त ९ जना छन , ९५ ल्याउने ५० जना, तं भालुमानले ९० ल्याएर म खुशी हुन्छु होला भनेर सान का साथ नमस्ते ठोकेको? लाज छैन तं लाई ?"


सर को त्यो थप्पड को गुन्जन कालन्तर सम्म गुन्जी रह्यो ।


पछी हाम्रो ब्याच को रिजल्ट् हुंदा, रिजल्ट् भाकै दिन झन्डै त्यस्तै सिग्नेचर भेटएको मैले पनि, अरु गुरुबा गुरु आमा हरी साथ भएर बचियो।
"तं भालु मान , क्लास छोडेर निबन्ध प्रतियोगिता, हाजिर जवाफ मा जानु पर्ने? बोर्ड फस ल्याउनु पर्ने ले बोर्ड को लास्ट लास्ट तिर ल्याउने?"
गजब को गुरु बा, बोर्ड को यो लास्ट मा झुण्डिन त क्या सकस भाथ्यो, त्यसमा बधाई सधैं दिनु छैन, झन्डै झापु।
  


 
Posted on 02-13-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचराले ९० ल्याउँदा पनि !!
 
Posted on 02-13-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त । तर सत्य चाँही तो ब्याच मा ९० भन्दा बढो ल्याउने 100  जना भन्दा बढी थिए। सरले पेल्नु पनि अती पेल्नु हुन्थ्यो नि। तोरी भाको भए तेल त के तेल को पनि तेल निस्किसक्थ्यो होला। त्यसै को करामत थियो त्यो। फेल हुने ( अन्य १-२ बिषयमा आलु खाएका) २०-२५ जना को समेत् म्याथ मा ९९ थियो।
 
 
Posted on 02-13-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अर्को पानोमा पुगीसको होला भन्दै छिरेको त जहाँको त्यहीं रछ त!! तयारी खतरा जाँदै छ जस्तो छ सबैको!!


 
Posted on 02-13-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को तयारी चेली ?
भ्यलेन्टाइन डे को?
हाम्रो जमाना मा त्यो भेलेण्टाइन डे को नामै सुन्या थिएन। सुन्या भए उहिलेइ मनाउनु हुन्थ्यो। अब के को भ्यालेन्टाइन ? जिन्दगी भरी प्रेम बन्धन मा बाँधिए पछी कहिले कही हुने प्राकृतिक घोचपेच पेचघोच बाहेक सधैं भ्यालेन्टाइन डे नि कसो, चेली? मखुला?


अब चिने सम्म बौचा को एकजना को भ्यालेन्टाइन लरकी को आवश्यकता देख्दछु। कत्ती को त छोराछोरी ले भ्यालेन्टाइन डे मनाउने बेला भैसक्यो जस्तो बिस्टे, बिर्खे , चिप्ले को।


 
Posted on 02-13-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खला दाइ खला!!

दाइको कुरो नि कहिल्यै मखुला हुन्छ र?

 
Posted on 02-13-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मखुला को उल्टो त खुला हुनु पर्ने होइन र? खला कसरी भयो? हँ ठुल्दाइ?
 
Posted on 02-13-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मखुला ? अर्थात होइन र ? भनी सोध्दा , मात्र ख: भने पुग्छ।
ख:= हो ।
ख: दाई ख: चेली कै स्टाइलमा राम्रो हुन्छ।

 
Posted on 02-13-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुँला गरेपनी हुन्छ


जस्तै रिट्ठे खुँला  भनी सोधेपछी


ख: भन्नु पर्छ


कि कसो रिट्ठे सान


 
Posted on 02-13-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे खुलाँ? रे


लहरे मुँला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters